कांग्रेसको झण्डामा चार ताराको विचमा रूख राख्न प्रस्ताव
काठमाडाैँ ९,असोज । विधान संशोधनमा जुटिरहेको कांग्रेसमा पार्टीको झण्डा परिमार्जन गर्न प्रस्ताव आएको छ। प्रस्तावमा चारतारे झण्डाका बीचमा रूख चिह्न राख्न सुझाइएको छ।
पार्टी स्थापनाकालदेखिको चारतारे झण्डा परिमार्जन र परिष्कृत गर्न भन्दै प्राध्यापक एवं झापाका कांग्रेस नेता डा. खगेन्द्र पाण्डव अधिकारीले कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुझाव पेस गरेका हुन्। उनले केही दिनअघि प्रस्ताव सुझावका रूपमा पेस गरेका छन्। उनले पुरानै झण्डामा रहेको चार ताराका बीचमा सेता भागभित्रै रूखलाई पनि राख्न सुझाएका छन्। ‘यसलाई झण्डा परिवर्तनका रूपमा लिनु हुन्न। रूख र चारतारा भएको छुट्टाछुट्टै झण्डा हुँदा आम नागरिकमा अन्योल देखिने भएकाले निर्वाचनको समयमा चिह्नको द्विविधा नहोस् भन्ने मेरो सुझाव हो’, उनले भने, ‘यसले झण्डालाई थप आकर्षक बनाउँछ।’
अधिकारी झापा ५ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार थिए। उनी प्रधानमन्त्री केपी ओलीसँग पराजित भएका हुन्। कांग्रेसको सिद्धान्त र आदर्शलाई चुनाव चिन्हको महत्व र भावनासँग जोड्न सकिने उनको दाबी छ। ‘निर्वाचनका बेला दुईवटा झण्डा बनाइराख्नुपर्दैन। र अरु बेला पनि एउटै झण्डाले पार्टीको प्रचार हुन्छ’, उनले परिमार्जित झण्डाका फाइदाबारे भने, ‘पार्टीले गर्ने विभिन्न आन्दोलन र अभियानमा रूखसहित एउटै झण्डा प्रयोग गर्दा आम नागरिकले सहजै पहिचान गर्न सक्छन्।’
नेपालका केही राजनीतिक दलसहित विदेशमा पनि पार्टीले एउटै झण्डामा चुनाव चिह्न राख्ने गरेको उनले उदाहरणसमेत दिए। ‘अमेरिकाको रिपब्लिकन पार्टीको झण्डामा चुनाव चिह्न हात्ती र डेमोक्रेटिक पार्टीको झण्डामा गधा राखिएको छ’, उनले भनेका छन्, ‘भारतमा भाजपाको झण्डामा कमलको फूल, कांग्रेस आईको झण्डामा हातको पन्जा, समाजवादी पार्टीको झण्डामा साइकल राखिएको छ।
प्रस्तावमा चारतारे झण्डाका बीचमा रूख चिह्न राख्न सुझाइएको छ।
कांग्रेसको माथिल्लो र तल्लो पाटोमा रातो रङ छ भने बीचमा सेतो भाग छ। सेतो भागमै चार वटा तारा छन्। कांग्रेसले पार्टीको माथिल्लो रातो भागलाई राजनीतिक क्रान्तिको प्रतीक, बीचको सेतोलाई शान्तिको प्रतीक र तल्लो रातो भागलाई सामाजिक, सांस्कृतिक र आर्थिक क्रान्तिको प्रतीकका रूपमा परिभाषित गरेको छ। यस्तै चार तारालाई राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताका सूचकका रूपमा लिँदै आएको छ।
हालको झण्डाभन्दा हरियो रङको रूखसहित झण्डा बढी बहुरंगी हुने भएकाले थप आकर्षक र चमकदार हुने सुझावमा उल्लेख गरेका छन्। उनले पार्टी कार्यालयमा दर्ता गराएको प्रस्तावबारे सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय कार्यसमितिका सदस्य र सबै जिल्ला सभापतिलाई जानकारी गराएका छन्।
यस्तै पार्टीद्वारा गठित केन्द्रीय विधान संशोधन समितिलाई पनि बुझाएका छन्। ‘सुझाव हामीले पाएका छौं, चारतारे झण्डामा रूख चिह्न राख्ने कुरा तर्कसंगत छ’, समितिका सदस्य रमेश लेखकले भने, ‘तर तत्काल कार्यान्वयनमै गइहाल्ने स्थिति छैन। ७० वर्ष पुरानो इतिहास बोकेको झण्डा परिमार्जन सजिलो छैन। अझै थप छलफल आवश्यक पर्छ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












