प्रतिकेजी चिनीको मुल्य ७० रुपैयाँ हुँदा भाटभटेनीले कसरी बेचिरहेछ ५९ रुपैयाँमा ?
काठमाडाैँ ९,असोज । बजारमा चिनीको मूल्य ७० रुपैयाँभन्दा माथि पुगेको बेला भाटभटेनी सुपर मार्केटले भने ५९ रुपैयाँ प्रतिकेजीमा विक्री गरिरहेको छ ।
बजारमा उपलब्ध मूल्यभन्दा प्रतिकेजी ११ रुपैयाँ सस्तोमा भाटभटेनीले कसरी चिनी बेचिरहेको छ भन्ने प्रश्न पनि उठेको छ ।
तर, भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ भने चाडपर्वमा उपभोक्तालाई सहज होस भनेर आफूले यस्तो भाटभटेनीले यस्तो ब्यवस्था गरेको बताउँछन् ।
चाडपर्वको बेलामा चिनीको माग बढी हुने र यही समयमा मुल्य पनि बढ्ने विगतको अनुभव रहेकोले आफूले केही समय अगाडि नै प्रसस्त मात्रामा चिनी किनेर अहिले उपभोक्तालाई सस्तो विक्री गर्न सकेको उनको भनाइ छ ।
‘हामीले सिधै उत्पादकसँग २०/३० ट्रक चिनी किनेर राखेका छाँै, चाडपर्वमा उपभोक्ताले महंगी खेप्नु नपरोस् भनेर चाडपर्व अवधिभर बजारको भन्दा सस्तो मूल्यमा चिनी बिक्री गर्ने गरी तयारी गरेका छौं,’ गुरुङले क्लिकमाण्डूसँग भने ।
एक जना ग्राहकले २ केजीभन्दा बढी चिनी किन्न नपाउने गरी यस्तो चिनीको दुरुपयोग हुन पनि रोकिएको उनले बताए ।
चाडपर्व नजिकिँदा प्रत्येक वर्ष चिनीको मूल्य बढ्ने प्रचलन रहेको भन्दै उनले उपभोक्तालाई राहत दिन भाटभटेनीमा सस्तो मूल्यमा चिनी बिक्री वितरण गरिएको बताए ।
अब छठ पर्वसम्म १ सय १८ रुपैयाँमा २ केजी चिनी विक्री वितरणका गरिने उनले जानकारी दिए ।
चिनी आयातमा सरकारले परिमाणात्मक बन्देज लगाएको ७ दिनमै चिनीको मूल्य बढेको छ । केही चिनी आयातकर्ताहरु तथा व्यापारीहरुले चिनीको मूल्य प्रतिकेजीमा ५ देखि ६ रुपैयाँको दरले वृद्धि गरेका हुन् ।
गत भदौ ३१ गते मन्त्रिपरिषदको निर्णयले चिनीको आयातमा परिमाणात्मक बन्देज लगाएको थियो । नेपालमा चिनीको वार्षिक खपत २ लाख मेट्रिक टन छ । यस्तो मागको अत्याधिक खपद दशै, तिहार, छठ जस्ता पर्वमा हुने गरेको छ ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












