कोशी, नारायणी र कर्णाली नदीमा जलमार्गको सम्भावना रहेकोः ऊर्जामन्त्री पुन
काठमाडौ९ ,असोज। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालका प्रमुख नदीमा जलमार्गको सम्भावना देखिएको बताएका छन् ।
मंगलबार कृषि समितिमा जानकारी गराउँदै मन्त्री पुनले कोशी, नारायणी र कर्णाली नदीमा जलमार्गको सम्भावना रहेको अध्ययनले देखाएको जानकारी गराएका हुन् ।
‘सरकारको प्राथमिकतामा जलमार्ग पनि छ । कोशी, नारायणी र कर्णालीमा जलमार्गको सम्भावना छ,’ उनले भने, ‘विभिन्न अध्ययनले त्यो सम्भावना देखाएको छ र पूर्वाधार निर्माण सुरु भएका छन् ।’
अहिले कोशी र नारायणीमा जलमार्गका लागि भारततर्फ पूर्वाधार निर्माण सुरु भइसकेको जानकारी समेत दिए । ‘कोशी र नारायणीमा जलमार्ग निर्माणका लागि भारततर्फ पूर्वाधार निर्माण सुरु भइसकेका छन् । हाम्रोतर्फ पनि पूर्वाधार निर्माण सुरु गर्दैछौं,’ मन्त्री पुनले जानकारी दिए ।
जल सम्बन्ध बिस्तारका लागि भारतसँग विभिन्न चरणमा छलफल भएका थिए । केही समयअघि मात्रै भारततर्फ निर्माण भइरहेका पूर्वाधार निर्माणको अध्ययन गरिएको थियो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












