काठमाडौंमा २१औं अन्तर्राष्ट्रिय बीमा सम्मेलन शुरु
सेयरको समेत बीमा हुनुपर्छः अर्थमन्त्री खतिवडा
९ असोज, काठमाडौं । २१औं अन्तर्राष्ट्रिय बीमा सम्मेलन काठमाडौंमा शुरु भएको छ । दुइदिन सम्म चल्ने सम्मेलनको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरे । उद्घाटन शत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले अब सेयरको समेत बीमा हुनु पर्ने धारणा व्यक्त गरे ।
अर्थमन्त्री खतिवडाले नाफा कमाउने भन्दै बीमा कम्पनीहरुले पुँजी बजारमा प्रवेश गर्नु भन्दा पनि पुँजी बजारमा भएको पुँजीको समेत बीमा कम्पनीहरुले बीमा गर्नु पर्ने बताए । ‘पुँजी बजारमा जोखिम पनि छ’, अर्थमन्त्री खतिवडाले भने, ‘जोखिम बोक्ने बीमा कम्पनीको काम नै हो यसर्थ पुँजी बजारमा भएको पुँजीको समेत बीमा गरिनु पर्छ ।’ अन्तर्राष्ट्रिय स्तरमा पनि सेयरको बीमा हुने गरेको उनले बताए ।
पछिल्लो समय विश्वमै साइबर अपराध बढ्दै गएको भन्दै उनले बीमा क्षेत्रमा हुने साइबर अपराधलाई रोक्ने किसिमको प्रविधि भित्राउने पर्ने समेत बताए । बीमा सम्मेलन नेपालमा आयोजना हुनु खुसीको कुरा भएको भन्दै अर्थमन्त्री खतिवडाले सम्मेलन सफलताको कामना गरे ।
उद्घाटन शत्रमा समापन मन्तव्य राख्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईले लामो धेरै लामो समय पछि नेपालमा अन्तर्राष्ट्रिय बीमा सम्मेलन आयोजना गर्न पाएको भन्दै खुसी व्यक्त गरे । २१ औं सम्मेलनले एआईआरडीसीमा आवद्ध मुलुकहरुको बीमा बजार सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने दावी गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंका गभर्नर डा. चिरञ्जीवि नेपाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की समेतको उपस्थिति थियो । सम्मेलनमा बीमा तथा पुनर्बीमा क्षेत्रका समस्या र समाधानका विषयमा विविध छलफल हुने बताइएको छ ।
सम्मेलनमा सहभागी हुन १८ मुलुकका ३ सय बढी प्रतिनिधिहरु काठमाडौं आएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै बुधबार समापन हुने आयोजकले जनाएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












