बूढीगण्डकी बारे न्यूयोर्कबाटै प्रधानमन्त्री ओलीले भनेः गेजुवालाई दिँदा विवाद छैन, अरू आए राम्रा योजना छन्
काठमाडौँ १०,असोज । प्रधानमन्त्री केपीशर्मा ओलीले बूढीगण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिनेबारे कुनै पनि विवाद नभएको बताएका छन्। गेजुवाले आयोजना निर्माणका लागि पुनः निवेदन दिएपछि परामर्शमा नै आयोजना दिइएको प्रधानमन्त्रीले बताएका हुन्।
न्यूयोर्कमा एसिया सोसाइटीले गरेको शान्ति, लोकतन्त्र र विकास सम्बन्धी अन्तरकृयामा सहभागी हुँदै प्रधानमन्त्रीले ओलीले नेपालसँग धेरै आकर्षक जलविद्युत आयोजना भएकाले लगानीकर्तालाई स्वागत गर्न तयार रहेको बताए।प्रधानमन्त्रीले ओलीले भने ‘बुढीगण्डकीको बारेमा तपाईँले सोध्नुभयो। हामीले अध्ययनपछि गेजुवालाई दिन निर्णय गरेका हौँ। गेजुवाले फेरि निवेदन दियो। काम गर्ने इच्छा देखायो। हामीले अध्ययन गर्यौँ। कम्पनीसँग कुरा गर्यौँ। यो राष्ट्रको पक्षमा छ। कुनै पनि विवाद छैन। यदि अन्य कुनै मुलुक लगानी गर्न चाहन्छ भने उनीहरू लगानी गर्न सक्छन्। हामीसँग धेरै आकर्षक परियोजना छन्। कुनै देश र कम्पनी लगानीका लागि तयार भए हामी स्वागतका लागि तयार छौँ।’
प्रधानमन्त्री ओलीले अन्य देशका लगानीकर्ताका लागि पनि नेपालसँग आकर्षक योजना रहेको बताए। उनले लगानीकर्तालाई स्वागत गर्न सरकार तयार रहेको बताए।प्रधानमन्त्रीले केही महिना पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा अरुण तेस्रो आयोजना संयुक्त रूपमा शिलान्यास गरेको पनि स्मरण गराए। बिम्स्टेकका दौरान भएको क्रस बोर्डर ट्रान्समिसन लाइनबारेको समझदारीले विद्युत् बिक्रीको बाटो खोलेको पनि उनले बताए।
१२ सय मेघावाटको बुढीगण्डकी जलाशययुक्त आयोजना चिनियाँ कम्पनीले गेजुवालाई दिने निर्णय हालै भएको थियो। यसअघि उक्त आयोजना नेपालले आफैँ बनाउने भन्दै उक्त कम्पनीसँग खोसिएको थियो। पुरानो सम्झौता रद्दपछि प्रधानमन्त्री न्यूयोर्क जानुअघि बसेको मन्त्रिपरिषद् बैठकले आयोजना कम्पनीलाई दिने निर्णय गरेको थियो।
प्रश्नोत्तर सेसनमा काठमाडौँका अश्विन जोशीले चिनियाँ रेल्वेका विषयमा जनता उत्साहित भए पनि चीनको डेब्ट ट्रयापबारे सरकारको धारणा सोधेका थिए। तर, प्रधानमन्त्रीले डेब्ट ट्रयापको अर्थ आफूले नबुझेको जवाफ दिए। तर, जोशीकै प्रश्नमा ओलीले सरकारले अन्य कुनै पनि देशले नेपालको प्राथमिकता र आवश्यकताभन्दा फरक रूपमा गरेको सहयोगलाई पनि स्वीकार नगर्ने बताए।
प्रधानमन्त्रीले ओलीले सार्क र बिम्स्टेकजस्ता क्षेत्रीय फोरममा नेपालले महत्त्वपूर्ण भूमिका खेलेको बताए। प्रजातान्त्रिक मूल्य र मान्यता, तथा आधारभूत अधिकारमा सरकारले कुनै पनि सम्झौता नगर्ने बताए। संविधान जारी गर्दा ९२ प्रतिशत रहेको स्वामित्व चुनावसम्म सबैले स्वीकार गरेको ओलीले बताए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












