बूढीगण्डकी बारे न्यूयोर्कबाटै प्रधानमन्त्री ओलीले भनेः गेजुवालाई दिँदा विवाद छैन, अरू आए राम्रा योजना छन्
काठमाडौँ १०,असोज । प्रधानमन्त्री केपीशर्मा ओलीले बूढीगण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिनेबारे कुनै पनि विवाद नभएको बताएका छन्। गेजुवाले आयोजना निर्माणका लागि पुनः निवेदन दिएपछि परामर्शमा नै आयोजना दिइएको प्रधानमन्त्रीले बताएका हुन्।
न्यूयोर्कमा एसिया सोसाइटीले गरेको शान्ति, लोकतन्त्र र विकास सम्बन्धी अन्तरकृयामा सहभागी हुँदै प्रधानमन्त्रीले ओलीले नेपालसँग धेरै आकर्षक जलविद्युत आयोजना भएकाले लगानीकर्तालाई स्वागत गर्न तयार रहेको बताए।प्रधानमन्त्रीले ओलीले भने ‘बुढीगण्डकीको बारेमा तपाईँले सोध्नुभयो। हामीले अध्ययनपछि गेजुवालाई दिन निर्णय गरेका हौँ। गेजुवाले फेरि निवेदन दियो। काम गर्ने इच्छा देखायो। हामीले अध्ययन गर्यौँ। कम्पनीसँग कुरा गर्यौँ। यो राष्ट्रको पक्षमा छ। कुनै पनि विवाद छैन। यदि अन्य कुनै मुलुक लगानी गर्न चाहन्छ भने उनीहरू लगानी गर्न सक्छन्। हामीसँग धेरै आकर्षक परियोजना छन्। कुनै देश र कम्पनी लगानीका लागि तयार भए हामी स्वागतका लागि तयार छौँ।’
प्रधानमन्त्री ओलीले अन्य देशका लगानीकर्ताका लागि पनि नेपालसँग आकर्षक योजना रहेको बताए। उनले लगानीकर्तालाई स्वागत गर्न सरकार तयार रहेको बताए।प्रधानमन्त्रीले केही महिना पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा अरुण तेस्रो आयोजना संयुक्त रूपमा शिलान्यास गरेको पनि स्मरण गराए। बिम्स्टेकका दौरान भएको क्रस बोर्डर ट्रान्समिसन लाइनबारेको समझदारीले विद्युत् बिक्रीको बाटो खोलेको पनि उनले बताए।
१२ सय मेघावाटको बुढीगण्डकी जलाशययुक्त आयोजना चिनियाँ कम्पनीले गेजुवालाई दिने निर्णय हालै भएको थियो। यसअघि उक्त आयोजना नेपालले आफैँ बनाउने भन्दै उक्त कम्पनीसँग खोसिएको थियो। पुरानो सम्झौता रद्दपछि प्रधानमन्त्री न्यूयोर्क जानुअघि बसेको मन्त्रिपरिषद् बैठकले आयोजना कम्पनीलाई दिने निर्णय गरेको थियो।
प्रश्नोत्तर सेसनमा काठमाडौँका अश्विन जोशीले चिनियाँ रेल्वेका विषयमा जनता उत्साहित भए पनि चीनको डेब्ट ट्रयापबारे सरकारको धारणा सोधेका थिए। तर, प्रधानमन्त्रीले डेब्ट ट्रयापको अर्थ आफूले नबुझेको जवाफ दिए। तर, जोशीकै प्रश्नमा ओलीले सरकारले अन्य कुनै पनि देशले नेपालको प्राथमिकता र आवश्यकताभन्दा फरक रूपमा गरेको सहयोगलाई पनि स्वीकार नगर्ने बताए।
प्रधानमन्त्रीले ओलीले सार्क र बिम्स्टेकजस्ता क्षेत्रीय फोरममा नेपालले महत्त्वपूर्ण भूमिका खेलेको बताए। प्रजातान्त्रिक मूल्य र मान्यता, तथा आधारभूत अधिकारमा सरकारले कुनै पनि सम्झौता नगर्ने बताए। संविधान जारी गर्दा ९२ प्रतिशत रहेको स्वामित्व चुनावसम्म सबैले स्वीकार गरेको ओलीले बताए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












