दसैंको मुखमा आकासियो खाद्यान्नको मूल्य,उपभोक्ता मारमा
इन्धनको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा बढेकाले खाद्यान्नको मूल्य पनि बढेको व्यवसायीको भनाइ छ ।
काठमाडाैँ ११,असोज । दसैको मुखमा आएर दैनिक उपभोग्य वस्तु खाद्यान्नको मूल्य वृद्धि भएको छ । सार्वजनिक यातायातको भाडा बढेसँगै तेल, मैदा, आँटा, चिनी, चामललगायतका खाद्यवस्तुको मूल्य प्रतिकेजीमा ५ देखि १५ रूपैयाँसम्म बढेको हो । चाडपर्वको मुख खाद्यान्नको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तालाई परेको छ । इन्धनको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा बढेकाले खाद्यान्नको मूल्य पनि बढेको व्यवसायीको भनाइ छ ।
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले तेल, मैदा, आँटा, चिनी, चामललगायतका खाद्य वस्तुको मूल्य बढेको बताए । ठूला होलसेल व्यापारीले मूल्य बढाएकाले पनि मूल्य बढाउनुपरेको उनको भनाइ छ । “डलरको मूल्य बढेकाले आयातित तोरीको तेलको मूल्य प्रतिलिटरमा १० देखि १५ रूपैयाँ बढेको छ,” उनले भने, “खरिद मूल्य बढेर आएकाले स्थानीय बजारमा समेत त्यसको प्रत्यक्ष असर पर्छ ।”
संघका अनुसार आटा, मैदा र तेल प्रतिलिटरमा १० देखि १५ रूपैयाँसम्म मूल्य बढेको छ । यस्तै चिनी प्रतिकेजीमा पाँच रूपैयाँ बढेको छ । सरकारले चिनी आयातमा प्रतिबन्ध लगाएपछि बजारमा मूल्य बढ्न गएको हो । स्वदेशी उत्पादनको तुलनामा बाहिरबाट आयात हुने चिनी सस्तो पर्ने गर्छ । स्वदेशी उत्पादनको लागत महंगो पर्न गएकाले पनि बजार मूल्य बढ्न गएको देखिन्छ । व्यवसायीका अनुसार ४५ रूपैयाँ प्रतिकिलो बिक्री हुँदै आएको मैदा बढेर प्रतिकिलो ५५ रूपैयाँ पुगेको छ ।
यस्तै आँटा १० रूपैयाँ बढेर प्रतिकिलो ५० रूपैयाँ पुगेको छ । तेलमा पनि व्यापारीले मूल्यवृद्धि गरेका छन् । भटमासको तेल, सूर्यमुखी तेल, तोरीको तेलमा प्रतिलिटर १५ रूपैयाँ बढेको छ । अहिले भटमासको तेल प्रतिलिटर १ सय ४०, सूर्यमुखी १ सय ५०, तोरीको तेल १ सय ६०, वनस्पती घ्यू १ सय ४० रूपैयाँ पुगेको संघले जानकारी दिएको छ ।
अमेरिकी डलरको भाउ अकासिएपछि आयातित सामानको मूल्य बढेको हो । सरकारले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न भन्दै चिनीको आयातमा कोटा तोकेपछि व्यापारीले मूल्य वृद्धि गरेका छन् । अहिले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७५ देखि ८० रूपैयाँ पुगेको छ । यसअघि स्वदेशी चिनीको मूल्य ७५ रूपैयाँसम्म थियो । बजारमा आयातित चिनी ६५ देखि ६८ रूपैयाँसम्ममा पाइन्थ्यो । तर आयात रोकिएसँगै व्यापारीले चिनीको मूल्य ८० रूपैयाँसम्म पु¥याएका हुन् ।
राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले दसैंको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेर उपभोक्तालाई असर परेको बताए । “चाडपर्वमा उपभोक्तालाई राहत दिने ठाउँमा सरकार आफैंले यातायातको भाडा बढाएर प्रत्यक्ष मार परेको छ,” उनले भने, “व्यवसायीले मूल्य बढेर आएको भन्दै मनपरी मूल्य बढाउँदा त्यसको असर उपभोक्ताले खेप्नुपरेको छ ।” चाडपर्वको बेला बजारमा वस्तु तथा सेवाको खरिद बिक्री धेरै हुँदा व्यवसायीले कालोबजारीसमेत गर्ने गरेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न नियमितरूपमा अनुगमन गरिरहेको बताए । अत्यावश्यक वस्तुमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने कानुनी व्यवस्था भए पनि व्यवसायीले दोव्बर तेव्बर मूल्य लिई उपभोक्ता ठग्ने गरेका छन् ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












