ओली र प्रचण्ड मुलुकबाहिर हुदा नेकपा बन्यो नेतृत्व विहिन,किन तोकिएन कार्यवाहक अध्यक्ष ?
काठमाडाैँ ११,असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)का दुबै अध्यक्ष मुलुकबाहिर छन् ।
नेकपामा यसअघि अध्यक्ष देश बाहिर जाँदा कार्यबाहक अध्यक्षको जिम्मेवारी तोक्ने गरिएको थियो । तर, यसपटक यो परम्परा तोडिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वत अध्यक्षको जिम्मेवारी पाएका थिए ।
तर, अध्यक्ष प्रचण्ड पनि धर्मपत्नी सीता दाहालको उपचार गर्न बुधबार बेलुका सिङ्गापुर गएका छन् ।
ओली र प्रचण्ड दुबै अध्यक्ष देश बाहिर भएको बेलामा कार्यवाहक अध्यक्षको जिम्मेवारी कसले पाएको छ भन्ने नेकपाका धेरैजसो नेताहरुलाई समेत थाहा छैन ।
यसअघि दुबै अध्यक्ष बाहिर गएका बेला वरिष्ठ नेता माधव कुमार नेपालले कार्यवाहकको जिम्मेवारी पाएका थिए । तर, यसपटक नेता नेपाललाई कार्यबाहक नदिएको नेकपा उच्च स्रोतले बताएको छ ।
महासचिव विष्णु पौडेलले कार्यवाहकका विषयमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
यस्तै माधबकुमार नेपालको सचिवालयले पनि नेता नेपाललाई कार्यवाहक दिएको कुनै जानकारी नभएको बताएको छ ।
‘कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी आएको छैन’ वरिष्ठ नेता नेपाल निकट श्रोतले भन्यो, ‘यसअघि अध्यक्ष ओली चीन र अर्का अध्यक्ष प्रचण्ड सिङगापुर जाँदा ओलीले नेता नेपाललाई कार्यवाहक जिम्मेवारी दिनुभएको नजिर छ तर, यसपटक कसलाई दिइयो थाहा छैन ।’
यद्यपी, नेकपा केन्द्रीय कार्यलयका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले नेता नेपाललाई नै कार्याबहाक दिएको दाबी गरेका छन् ।
‘अध्यक्ष प्रचण्डले मौखिक रुपमा नेता नेपाललाई जिम्मेवारी दिनुभएको छ’ सचिव श्रेष्ठले बताए ।
केही दिनअघि गरिएको सात प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गर्दा आफ्नो पक्षलाई वेवास्ता गरेको भन्दै वरिष्ठ नेता नेपाल लगायतले चर्को असन्तुष्टि जनाउदै आएका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












