नेकपाका नेता नेपालको सरकारलाई यस्तो पश्न- मुलुकमा आपराधिक घटना नियन्त्रण गर्ने कुनै निकाय छ कि छैन ?
काठमाडौं ११,असोज । नेपाल कम्युनिस्ट पार्टी माधवकुमार नेपाल मुलुकमा आपराधिक घटना नियन्त्रण गर्ने कुनै अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका छन् ।
संसद बैठकमा समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री नेपालले बलात्कार, हत्या, एसिड आक्रमणजस्ता घटना भइरहँदा त्यसलाई रोक्ने र नियन्त्रण गर्ने अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका हुन् ।
‘बलात्कार, एसिडबाट आक्रमण अनेकौं यस्ता घटना घटेका छन्, भ्रष्टाचार बढेको छ, रोक्ने, नियन्त्रण गर्ने अंग छ कि छैन, कोही गिरफ्तार भएका छन् कि छैनन्’ उनले भने ‘मान्छे हेर्न चाहन्छन् काम, मान्छे हेर्न चाहन्छन् परिणाम ।’
खुलेआम देश टुक्र्याउने अभिव्यक्ति दिँदा पनि सरकार चुप लागेको नेता नेपालले बताए । ‘गृहमन्त्री कहाँ हुनुहुन्छ ?, गृह प्रशासन छ कि छैन ?’ उनले प्रश्न गरे ‘खुलेआम देशलाई टुक्र्याउने व्यक्ति छन् । त्यस्तालाई देशभित्रैकाले साथ दिइरहेका छन् ।’
अहिले सांसदहरुले पनि लाज मानेर र शीर निहुराएर हिँड्नुपर्ने अवस्था रहेको उनले बताए । ‘बाटाघाटामा हिँड्दा, बसमा हिँड्दा के भन्लान्, पैदल हिँड्दा के भन्लान्, पसलमा छिर्दा के भन्लान् ?’ नेता नेपालले भने ‘ अर्को अधिवेशनमा आउँदा शीर ठाडो हुने गरी आउन पाइयोस् ।’
भ्रष्टाचार गर्ने र ठेक्कामा ढिलासुस्ती गर्ने र कालोसूचीमा परेकाहरु नै पुरस्कृत भइरहेको भन्दै उनले तिनीहरुलाई पटक पटक जिम्मेवारी दिनुको कारण के हो भन्ने प्रश्न उठेको बताए ।
अहिलेसरकारमाथि जनताको आशा र विश्वास रहेको र सरकारले काम गरोस् भन्ने चाहना रहेको नेता नेपालले बताए । ‘यो सरकारले राम्रो काम गरोस्, भ्रष्टाचार गर्दिन भनेर होइन नगरेर देखाउनुपर्छ । छोराछोरी, पीए नातेदार विभिन्न च्यानल मिलाएर यस्ता कहिँ कतै छन् भने अन्त्य होस्,’ उनले भने ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












