प्रचण्ड र ओली फेसबुकमै ब्यस्त,ओलीका एक दर्जन आइडी प्रचण्डका तीन दर्जन
काठमाडाैँ ११,असोज । समाजिक सञ्जालहरुले बलात्कार तथा हिंसाका घटना बढाउनमा प्रोत्साहन गर्ने गरेको नेताहरुले बताउने गरेका छन् । अझ पोर्न साइटहरुले बलात्कारका घटना बढाउनमा निकै प्रोत्साहन गरेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले कतिपय पोर्न साइटहरु बन्द गर्न लगाएको छ ।
तर, नक्कली फेसबुक र ट्वीटरको भने विगविगी रहेको देखिन्छ । त्यतातिर भने उनी नेतृत्वको सरकारको ध्यान जान सकेको छैन । प्रधानमन्त्री ओलीकै नाममा करिब एक दर्जन फेक फेसबुक आइडीहरु रहेको देखिन्छ ।
केपी ओली नाम लेखिएका र प्रोफाइलमा उनकै फोटो राखिएका करिब एक दर्जन फेसबुक आइडी रहेका छन् । त्यस्तै उनकै नाम र प्रोफाइल पिक्चर समेत उनकै फोटो राखिएका ९ वटा ट्वीटर एकाउण्ट रहेका छन् । यी ट्वीटर एकाउण्ट र फेसबुक आइडीमा केपी ओली, खडकप्रसाद ओली लगायतका नाम लेखिएका छन् भने उनकै फोटोको प्रयोग गरिएको छ ।
त्यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा ३६ वटा फेसबुक आइडी रहेका छन् । र एक दर्जन भन्दा बढी उनको नामका ट्वीटर एकाण्टहरु रहेका छन् । यी एकाण्टहरुमा प्रचण्डकै फोटो र नाम प्रयोग गरिएको छ ।
त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा ८ वटा ट्वीटर एकाण्ट र ६ वटा फेसबुक आइडी रहेका छन् । ती एकाण्टहरुमा उनकै फोटो समेत प्रयोग गरिएको छ ।
त्यस्तै अन्य सेलिब्रेटीहरु रविन्द्र मिश्र, गगन थापा, सन्दिप लामिछाने पारस खड्का लगायतका नाम र फोटो प्रयोग गरेर दशौंको सँख्यामा नक्कली फेसबुक आइडी तथा ट्वीटर एकाउण्ट प्रयोग भएको देखिन्छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












