प्रचण्ड र ओली विदेशमा रहेको मैकामा नेकपामा नेता नेपाल के चल्दैछन् यस्तो आन्तरिक चाल……
माधव नेपालको रहस्यमय चियापानले नेकपा भित्र मच्चायो तरङ्ग
काठमाडाैँ १२,असोज । बिहीवार संसद अधिवेशन समापन बैठकमा आफ्नै पार्टीको सरकारविरुद्ध कडा अभिव्यक्ति दिएका नेकपाका नेता माधवकुमार नेपालले गुटगत सक्रियता बढाएका छन् ।
आफ्नो दल नेकपाले दुईतिहाइ बहुमतको सरकार सञ्चालन गरिरहेका बेला सरकारको काम कारवाही चित्त नबुझ्दो रहेको भन्दै संसदमा उनले गरेको भाषणलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र राजेन्द्र महतो समेतले संसदमा प्रशंसा गरेका थिए भने सामाजिक सञ्जालहरूमा पनि माधव नेपालको भनाइलाई समर्थन गर्नेको संख्या बढेको छ ।
देशमा बलात्कार, भ्रष्टाचार लगायतका घटनामा वृद्धि भएपनि सरकार मौन रहेको भन्दै उनले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकारको आलोचना गरेका हुन् ।
सरकारले परिणाममुखी काम गर्न नसकेको भन्दै नेपालले संसद बैठकमा भने, ‘भ्रष्टाचार व्याप्त छ, रोक्ने र नियन्त्रण गर्ने कुनै अंग छ कि छैन ?’ प्रश्न गर्दै नेता नेपालले भने, ‘कोही अहिलेसम्म गिरफ्तार भएको छ कि छैन, मुद्दा चलिरहेको छ कि छैन ? मान्छे काम हेर्न चाहन्छन्, परिणाम दिएपछि हाम्रो पनि शिर ठाडो हुने थियो ।’
उनले राष्ट्रियतादेखि बलात्कार र भ्रष्टारसम्मका घटनामा वृद्धि भएपनि सरकार मौन रहेको भन्दै आपत्ति जनाएका थिए । नेता नेपालले राष्ट्रियतामाथि प्रश्न उठिरहेको र भौगोलिक अण्डतामाथि चुनौती आइरहेको भन्दै गृह प्रशासनको चर्को आलोचना गरे ।
‘हाम्रा मन्त्रीज्यूले देख्नुभएको छ कि छैन ?’ नेता नेपालले प्रश्न गरे, ‘गृहमन्त्रीज्यू कहाँ हुनुहुन्छ थाहा छैन । उहाँहरूलाई जानकरी हुन्छ कि हुँदैन थाहा छैन । गृह प्रशासन नामको चिज छ कि छैन थाहा छैन ।’
स्वभाविक आक्रोश
सामान्यतया आफ्नै दलको सरकार भएको समयमा सांसद तथा उक्त दलका नेताले सरकारको बचाउ गर्ने गरेका छन् । तर नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको एकीकृत पार्टी नेकपामा दुई अध्यक्षपछिको वरीयतामा रहेका नेता नेपालको बिहीवारको संसद बैठकको सम्बोधनलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । सम्बोधनका क्रममा उनले सरकारको विपक्षी दलले भन्दा पनि कडा रूपमा सरकारको आलोचना गरे ।
दुईतिहाइको सरकारसँग जनताको अपेक्षा धेरै भएपनि सरकारले त्यस रूपमा काम गर्न नसकेपछि जनतामा आक्रोश र निराशा छाएको छ, जसको प्रतिनिधित्व नेता नेपालले गरेका हुन् । उनको अभिव्यक्ति स्वभाविक भएको नेकपाका एक नेताले बताए ।
हेपिएको महसुस
नेकपा एकीकरणदेखि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साथ र समर्थन दिएका नेता नेपाल पछिल्लो समय अध्यक्षको हरेक काममा साथ र समर्थन गर्नुपर्ने विचार राख्थे । तर पार्टीका विभिन्न निर्णयहरूमा दुई अध्यक्षले आफूसँग सल्लाह नगरेको र आफ्ना पक्षका नेतालाई छानीछानी बाइपास गर्न खोजेको भन्दै नेता नेपाल नेतृत्वसँग चिडिएका छन् ।
विदेश भ्रमणमा रहेको समयमा प्रदेश इञ्चार्ज, सहइञ्चार्ज तथा अध्यक्ष र सचिवको चयन गरेको भन्दै नेता नेपाल असन्तुष्ट भएका हुन् । एक व्यक्ति एक पदको निर्णय भएपनि केपी ओली पक्षधर नेताहरूले एक व्यक्ति दुई पद पाएको तर आफू पक्षधर नेतालाई बेवास्ता गरिएको भन्दै नेता नेपालले असन्तुष्टि जनाउँदै आएका छन् ।
नेकपाका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड विदेशमा रहँदा समेत पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नेपाललाई दिइएन । जसका कारण नेपालले आफू अपमानित भएको महसुस गरेको नेता नेपाल निकट एक नेताले बताए ।
‘संसदीय दलको उपनेता सुवास नेम्वाङलाई कार्यवाहक दलको नेताको जिम्मेवारी दिइएको छ तर सरकार सञ्चालन गरिएको पार्टीको अध्यक्षको जिम्मेवारी नेता नेपाललाई दिइएको छैन,’ उनी निकटका एक नेताले भने, ‘केही विपत आएको खण्डमा पार्टीले आपतकालीन निर्णय गर्नुपर्यो भने पनि बैठक बस्ने अवस्था छैन ।’
नेपाल पक्षधर नेताको जमघट
माधव नेपाल यतिबेला आफ्नो पुरानो गुटलाई ‘पूनर्जीवन’ दिन लागि परेका छन् । पार्टी एकतापछि अध्यक्ष ओलीसँग नेता नेपाल निकट भएपनि उनी अहिले टाढिएका मात्रै छैनन्, आफ्नो पुरानो गुटलाई सक्रिय बनाउन लागिपरेका छन् । स्रोतका अनुसार पार्टी एकताको समयमा ओली गुटमा रहेका नेता भीम रावलले पनि नेता नेपाललाई समर्थन गरिरहेका छन् ।
एमालेको पूर्व संस्थापन पक्ष एकलौटी हावि भएको नेपाल पक्षको आरोप छ । नेता नेपालले विदेश (घाना) जानुअघि मात्र तीन चारपटक गुटको भेला गरेका थिए । ‘कार्यविभाजन समान रूपमा होस्, कसैमाथि भेदभाव नहोस्, भन्नका लागि उहाँले विभिन्न चरणमा आफ्नो पक्षका नेतासँग छलफल गर्नुभएको थियो,’ नेता नेपालनिकट एक नेताले भने, ‘तर प्रदेश कमिटीहरू चयन गर्दा हामीलाई बायस गर्न खोजियो ।’
‘नेकपाको विधानअनुसार सचिवालले निर्णय गर्न सक्दैन, स्थायी कमिटीमा प्रस्ताव लगेर केन्द्रीय समितिमा लगेपछि मात्र निर्णय गर्ने विधानको व्यवस्था मिचिएको छ,’ असन्तुष्ट समूहका एक नेताले लोकान्तरसँग भने, ‘केन्द्रीय समितिबाट निर्णय भएपछि मात्र सचिवालयले अन्तरपार्टी सर्कुलर पठाउनेमा व्यक्तिहरू हावि भए । पार्टीभित्रको लोकतन्त्र मर्यो । कमिटी प्रणाली अन्त्य गरेर अमुक नेताले पार्टीलाई कब्जा गरे ।’
केही नेतालाई दोहोरो जिम्मेवारी दिइएको र केहीलाई भूमिकाविहीन बनाइएकोमा नेकपामा असन्तुष्टि चुलिएको छ । दुई पार्टी एकीकरण भएर ४ सय ४१ सदस्यीय केन्द्रीय समिति बनेको छ । तर केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।
आफू पक्षधर नेतालाई पाखा लगाइएको र पार्टीमा छलफल नगरी निर्णयहरू हुन थालेपछि नेपाल समूहमा समानान्तर कमिटीहरू निर्माण गर्ने विषयमा समेत छलफल भइरहेको छ । जसमा पूर्व माओवादीका केही असन्तुष्ट नेताको समेत साथ र समर्थन रहेको छ ।
यसै क्रममा नेता नेपालले आफू निकट नेताहरूसँग केही दिनयता छलफललाई तीव्रता दिइरहेका छन् ।
‘उहाँले पछिल्ला दिनमा नेताहरूसँग भेटवार्ता गरिरहनुभएको छ,’ नेता नेपालको सचिवालमा रहेका मोहन गौतमले भने, ‘तर यो स्वभाविक र नियमित प्रक्रियाअन्तर्गत भएको हो ।’
हाल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका र प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा छन् ।
Comments
अरु समाचार
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...











