सार्कको मन्त्रीस्तरीय बैठक छोडेर भारतीय बिदेशमन्त्री स्वराज हिडेपछि……
सार्कको प्रगतिमा भारत बाधक रहेको पाकिस्तानको टिप्पणी
न्युयोर्क । भारतकी विदेश मन्त्री सुष्मा स्वराज सार्कको परराष्ट्र मन्त्रीहरुको वैठकबाट बीचमै उठेर हिँडेकी छिन् ।
संयुक्त राष्ट्र संघको ७३ औँ साधारण सभाको साइडलाइनमा सार्कको मन्त्रीस्तरीय अनौपचारिक बैठक बसेको थियो । बिहिबार न्यूयोर्कमा भएको बैठकमा नेपालका विदेश मन्त्री प्रदीपकुमार ज्ञवालीले अध्यक्षता गरेका थिए ।
पाकिस्तानमा आयोजना गरिने भनेको सार्क सम्मेलन हाल हुन नसकेकाले नेपालले अहिले पनि सार्कको अध्यक्षता गरिरहेको छ । पछिल्लो पटक शिखर सम्मेलन आयोजना गर्ने राष्ट्र सार्कको अध्यक्ष हुने प्रचलन रहेको छ ।
बैठकमा आफ्नो कुरा राखिसकेर सुष्मा छिट्टै निष्किकी थिइन् । यसमा पाकिस्तानी विदेश मन्त्री महमुद कुरेसीले असन्तुष्टी जनाए ।
“उनीसँग मेरो कुनै कुरा हुन पाएन । उनी बीचमै बैठक छाडेर हिँडिन् । सायद उनलाई सञ्चो थिएन होला,” पछि रिपोर्टरहरुसँगको कुराकानीमा व्यङ्ग्य मिश्रित स्वरमा कुरेसीले भने ।
भारतीय कुटनीतिक स्रोतले भने वहुपक्षीय बैठकमा आफ्नो देशको मन्तव्य राखिसकेपछि छिट्टै उठेर हिँड्नु सामान्य प्रचलन भएको बतायो ।
स्रोतका अनुसार उक्त बैठक छाड्ने स्वराज पहिलो नेता नभएको बतायो । उनी अघिनै अफगानीस्तान र बंग्लादेशका समकक्षीहरुले बैठक छाडिसकेका थिए ।
सोही स्रोतले स्वराजको अन्य भेटघाट भएकाले उनी उठेकी तर भारतीय विदेश सचिव विजय गोख्ले भने सार्क वैठक अवधिभरी त्यहाँ उपस्थित रहेको जानकारी दिए ।
पाकिस्तानका विदेशमन्त्री कुरेसीले पछि भारतको सार्क प्रतिको रवैयाप्रति प्रश्न गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरे । “यदी हामीले यो मञ्चबाट केही हासिल गर्ने हो भने हामी अगाडि बढ्नुपर्छ । अब अगाडि बढ्ने बाटो के हो त ? त्यो भनेको हामीले अर्को कदमबारे निर्णय गर्नुपर्छ । तर सार्कको प्रगति र सफलता अझ क्षेत्रीय सम्पर्क र सम्बृद्धीमा एउटै मात्र अवरोध छ ।”
भारततर्फ संकेत गर्दै कुरेसीले भने,“एउटा देशको मानसिकताले सार्कको ‘स्पिरिट’लाई असफल बनाउँदै छ ।”
भारतीय कुटनीटिक स्रोतले कुरेसीको सार्कको विकासमा भारत अवरोध रहेको टिप्पणीको जवाफ स्वराजले बैठकमा बोलेको मन्तव्यले दिएको बतायो ।
बैठकमा स्वराजले ‘निर्वाध भौतिक सम्पर्कको विकासनै क्षेत्रीय विकास, रोजगारी र सम्बृद्धीको साँचो भएको’ बताएकी थिइन् ।
सामान्यतया दुई वर्षमा बस्ने सार्कको शिखर सम्मेलनमा पछिल्लो समय सन् २०१४ मा काठमाडौँमा आयोजना भएदेखि भएको छैन ।
Comments
अरु समाचार
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...











