बाहिरियो विद्यार्थी नेताको यस्तो पाराकाष्टः त्रिबिको प्रबेश परिक्षा पास गर्न १ लाख दाम
३० हजार एड्भान्स, पास गर्न जम्मा १ लाख !
काठमाडौं १७,असोज । त्रिभुवन विश्वविद्यालयले लिएको प्रवेश परीक्षाको प्रश्नपत्र विद्यार्थी नेता र शिक्षकको मिलेमतोमा ‘लिक’ हुने गरेको खुलासा भएको छ ।
गत ११ असोजमा त्रिवि अन्तरगतको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी–सीएसआईटी) विषयको प्रवेश परीक्षाको प्रश्नपत्र लिक भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गराउन शिक्षक र विद्यार्थी नेता नै सक्रिय भएको पाइएको हो ।
उनीहरुले एउटा समूह नै बनाएर प्रवेश परीक्षामा सेटिङ मिलाउने गरेको खुलेको हो । समूहमा केही इन्स्टिच्यूट र त्यहाँ कार्यरत शिक्षकहरु पनि संलग्न रहेको प्रहरीको आशंका छ । यद्यपि, उनीहरुको प्रहरीले पहिचान गरिसकेको छैन ।
ब्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक (डिआईजी) नारायणसिंह खड्काले थप अनुसन्धान भइरहेको बताए ।
‘हामीलाई गोप्य सूचना आएपछि यहाँबाट टोली खटाएका थियौं’, उनले भने, ‘परीक्षा केन्द्रमा पुग्दा त्यहाँ कतिसम्मको लापरबाही हुँदो रहेछ भन्ने खुल्यो ।’
३० हजार एड्भान्स, पास गर्न जम्मा १ लाख !
त्रिविको प्रवेश परीक्षामा कसलाई पास गराउने, कसलाई नगराउने भन्ने समते चलखेल हुन्छ भन्ने सूचना प्रहरीका विभिन्न इकाइमा यसअघि पनि आउने गरेका थिए ।
तर, प्रहरीले प्रमाण भेट्न सकेको थिएन । पहिलो पटक रंगेहात दुई विद्यार्थी नेता पक्राउ परेका छन् ।
बीएससी–सीएसआईटी पढ्नका लागि सरकारी कलेजमा नाम निस्किए २ लाख रुपैयाँमा अध्ययन गर्न सकिन्छ । तर, निजी क्याम्पसमा अध्ययन गर्दा कम्तिमा १० लाख रुपैयाँसम्म खर्च हुन्छ ।
त्रिविको प्रवेश परीक्षामा एउटै मोडलका प्रश्न सबैलार्इ दिँदा पनि प्रश्नपत्र ‘आउट’ गराउन विद्यार्थीलाई सहज भएको प्राध्यापक स्वयम् बताउँछन्
त्यसैले सरकारीमा नाम निकाल्न विद्यार्थी जुनसुकै हदसम्म पनि जान तयार हुन्छन् । त्यसको फाइदा उठाउँदै संगठित रुपमा वषौंदेखि प्रश्नपत्रको व्यापार हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरी अपरेशनका क्रममा पक्राउ परेका दुई नेताको समूहले बीएससी–सीएसआईटीको प्रवेश परीक्षा सहजै पाश गराइदिने लोभ देखाएर १६ जना विद्यार्थीबाट असुली गरेका थिए ।
‘ती विद्यार्थीहरुसँग उनीहरुले ४० हजार रुपैयाँ एड्भान्स रकम लिएको खुलेको छ’, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘परीक्षा सकिइसकेपछि जम्मा १ लाख रुपैयाँ दिने गरी सहमति भएको थियो ।’
आफ्ना अग्रजहरुले पनि यसैगरी प्रश्नपत्र बाहिर ल्याउन गरेको उनीहरुको बयान छ ।
यसरी हुन्छ सेटिङ
कुल १ सय अंकको प्रवेश परीक्षामा गणित, अंग्रेजी, विज्ञान लगायतका विषयका वस्तुगत (अब्जेटिभ) प्रश्नहरु सोधिन्छ ।
प्रश्नको वैकल्पिक उत्तर पनि त्यहाँ समावेश हुन्छ । सही जवाफमा ‘टिक मार्क’ दिनु पर्छ । निजी शैक्षिक संस्थाहरुको प्रवेश परीक्षामा एउटै हलमा विभिन्न मोडलका प्रश्नहरु दिने गरिन्छ ।
तर, त्रिविको यो परीक्षामा एउटै मोडल दिँदा पनि प्रश्नपत्र ‘आउट’ गराउन विद्यार्थीलाई सहज भएको प्राध्यापक स्वयम् स्वीकार्छन् ।
बिहीबार भएको प्रवेश परीक्षा हलमा अनेरास्वियूका इकाइ अध्यक्ष बाहोरा (जो हाल फरार छन्) पनि सहभागी थिए । उनले प्रश्नपत्र पाउना साथ मोबाइलबाट फोटो खिचे । र, बाहिर रहेका अर्का नेता प्रविण अधिकारीलाई पठाए ।
‘बाहिर रहेका इन्स्टिच्यूटका विज्ञहरुबाट उत्तरसहित विवरणभित्र पठाउने तयारी थियो’, एक अधिकारीले भने, ‘त्यो हुन नपाउँदै प्रहरी टोलीले दुई जनालाई पक्राउ गर्यो ।’
ती अधिकारीका अनुसार उनीहरुले यसअघि प्रश्नपत्र नै बाहिर लगेर सही उत्तरमा चिन्ह लगाएर कक्षामा छिराउने गरेका थिए । तर, प्रहरी टोली परीक्षामा आउने सूचना पाएर केन्द्राध्यक्षले कडाइ गरेका कारण प्रश्न पत्र नै भने बाहिरिन पाएन ।
‘अब्जेटिभ प्रश्नहरु त जवाफ भएपछि १० मिनेटमै भर्न सकिने भइहाल्यो । त्यसरी वर्षौंदेखि सेटिङ हुँदै आएको रहेछ’, सीआईबीका एक अधिकारीले भनेका छन् ।
प्रश्नपत्र लिक प्रकरणमा प्रहरीले केही इन्स्टिच्यूटका शिक्षकहरुमाथि समेत निगरानी बढाएको छ । त्यस्तै, कलेजभित्रकै प्राध्यपक शिक्षकहरुको पनि संलग्नता हुन सक्ने आशंकामा सुक्ष्म अनुसन्धान जारी राखिएको स्रोत बताउँछ ।
प्रहरी अपरेशनले नतिजा प्रभावित
सीआईबीले परीक्षा केन्द्रमै अपरेशन चलाएर दुई विद्यार्थी नेतालाई पक्राउ गरेपछि परीक्षाको नतिजा समेत प्रभावित भएको छ ।
प्रहरी अनुसन्धान जारी रहेकाले नतिजा निकाल्ने विषयमा क्याम्पस अलमलमा परेको हो । प्रवेश परीक्षामा नाम निकाल्ने ६० जनाले अस्कल क्याम्पसमा भर्ना पाउँछन् ।
त्यस्तै, सानोठिमीमा ४६ देखि ४८ जनासम्मको कोटा रहेको जनाइएको छ । पाटन लगायतका अन्य क्षेत्रमा पनि सरकारी कोटामा पढ्न पाइने जनाइएको छ । ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराई भने सीआईबीले विद्यालयमा हुने विकृति सुधार्न पनि विशेष प्राथमिकताका साथ अपरेशन चलाएको बताउँछन् ।
पक्राउ परेका नेताहरुमाथिको कसुर प्रमाणित भए परीक्षाको मर्यादा भंग गरेको कसुरमा शिक्षा ऐनमा भएको व्यवस्था अनुरुप ६ महिना कैद वा जरिवाना वा दुवै सजाय हुनसक्छ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











