बजेट बक्तव्यविपरित ४ करोड छर्ने अधिकार फेरी पनि सांसदलाई
आफैँले ल्याएको बजेट विपरित सरकारले ल्यायो निर्देशिका, ३२ वटासम्म कार्यक्रम सञ्चालन गर्न सक्ने
काठमाडाैँ १७,असोज । चालु आर्थिक वर्षको बजेट बक्तव्य विपरित सरकारले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ सञ्चालनको निर्देशिका स्वीकृत गरेको छ। बजेट वक्तव्यमा एउटा निर्वाचन क्षेत्रमा ५ वटासम्म कार्यक्रम सञ्चालन गर्ने गरी ४ करोड रुपैयाँ विनियोजन गरिएपनि मन्त्रिपरिषदले ३२ वटासम्म कार्यक्रम सञ्चालन गर्न सक्ने गरी निर्देशिका स्वीकृत गरेको हो।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरी असोज ५ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको निर्देशिकाअनुसार ४ करोड रुपैयाँबाट बढिमा ३२ वटा कार्यक्रम सञ्चालन गर्न सकिन्छ। निर्देशिकामा भएको व्यवस्थाअनुसार कार्यक्रम अघि बढ्ने हो भने दुईवटा आयोजना ५०/५० लाख रुपैयाँका हुनेछन्। बाँकी ३ करोड रुपैयाँ १० लाखका दरले ३० वटा आयोजनामा छर्न सकिन्छ।
चालु आर्थिक वर्षको बजेट बक्तव्यको बुँदा नं १८० मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको प्रस्ताव गरिएको छ। बजेटमा भएको व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय जनप्रतिनिधिको समन्वय र सहजीकरणमा कार्यान्वयन हुने गरी प्रदेश तथा स्थानीय तहको समेत लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
यस कार्यक्रमअन्तर्गत एउटा निर्वाचन क्षेत्रमा तीन वर्षभित्र सम्पन्न हुने गरी सडक, खानेपानी, सिँचाई र नदी नियन्त्रणसम्बन्धि बढिमा ५ वटा आयोजना सञ्चालन गर्ने उल्लेख छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले सबै आयोजना टुक्रे किसिमका नहुन् भन्नकै लागि दुईवटा ठूला आयोजना अनिवार्य गरिएको दावी गरे। ‘दुई वटा आयोजना कम्तिमा ५० लाख रुपैयाँको र बाँकी आयोजना न्यूनतम १० लाख रुपैयाँ बजेटसहितको हुनुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ,’ उनले भने, ‘यसपटक निर्देशिकामार्फत धेरै कुरा नियमन गर्न खोजिएको छ, पहिलेभन्दा राम्रो भएको छ भन्ने हाम्रो विश्वास हो।’
कार्यक्रम छनौटमा सांसदलाई तजबिजी अधिकारी
यसरी कार्यान्वयन हुने कार्यक्रम छनौटमा प्रत्यक्ष निर्वाचित सांसदको तजबिजी अधिकार रहने व्यवस्था निर्देशिकामा छ। सांसदहरु मार्फत कार्यान्वयन गरिने कार्यक्रम प्रभावकारी नहुने र अति राजनीतिकरणको शिकार हुने भन्दै आलोचना भइरहेका बेला खुकुलो व्यवस्थासहितको निर्देशिका मन्त्रिपरिषदले स्वीकृत गरेको हो।
यद्यपि मन्त्रालयले भने स्थानीय तहले कार्यक्रम कार्यान्वन गर्ने भुक्तानीको अधिकार राख्ने भएकाले पहिलेजस्तो दुरुपयोग नहुने दावी गरेको छ। ‘सांसदहरुको भूमिका कार्यक्रम छनौटमा मात्रै हो, बाँकी सबै काम कार्यक्रम कार्यान्वन हुने स्थानीय तहले नै गर्नेछ,’ नेपालले बिजमाण्डूसँग भने।
निर्देशिकाको व्यवस्थाअनुसार प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा त्यही निर्वाचन क्षेत्र रोजेका समानुपातिक तथा राष्ट्रिय सभाका सांसदसमेतको प्रतिनिधित्वमा आयोजना छनौट समिति बन्नेछ। आयोजना छनौट समितिले सकेसम्म सहमति र त्यो संभव नभए प्रत्यक्ष निर्वाचित सांसदको अन्तिम निर्णयका आधारमा कार्यक्रम छनौट गरी कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहलाई दिनेछ।
सांसदको संयोजकत्वमा हुने समितिले छानेको आयोजनाको विवरण जिल्ला समन्वय समितिमार्फत संघीय मामिला मन्त्रालयमा पठाउनुपर्नेछ। मन्त्रालयले तलबाट प्राप्त भएको कार्यक्रमको सूची लाइन मिनिष्ट्री बजेट इन्फर्मेसन सिस्टम (एलएमबिआइएस)मार्फत अर्थ मन्त्रालयमा पठाउनेछ। एलएमबिआइएसमा कार्यक्रम प्रवृष्ट गरेपछि संघीय मामिलाले भूक्तानीको अख्तियारी स्थानीय तहलाई दिनेछ।
स्थानीय तहले यसरी कार्यान्वयन गर्ने कार्यक्रमका लागि शशर्त अनुदानका रुपमा संघीय सरकारबाट बजेट पाउँछ। संघीय सरकारबाट पाउने बजेटबाट एउटा निर्वाचन हुने जिल्लाबाट जिल्ला समन्वय समितिमा ४ लाख र १० वटा हुनेमा ८ लाख रुपैयाँ पैसा हस्तान्तरण हुन्छ। यो रकमबाट समन्वय समितिले जिल्लामा कार्यक्रम संयोजन तथा व्यवस्थापनको काम गर्नेछ।
सांसदको दबाबपछि खुकलो व्यवस्था
सामान्य प्रशासन मन्त्रालयले सांसदहरुलाई आफू अनुकूलका कार्यक्रम कार्यान्वयन गर्न सक्ने गरी निर्देशिका प्रस्ताव गरेको थियो। त्यही निर्देशिका अर्थ मन्त्रालय समेतको सहमतिमा मन्त्रिपरिषदबाट स्वीकृत भएको हो।
‘सांसदहरुले आफू अनुकूलका कार्यक्रम कार्यक्रम साञ्चालन गर्न नपाएको भन्दै विरोध गरिरहेका थिए, यो निर्देशिका खुकुलो बनाउन प्रधानमन्त्रीलाई पनि उनीहरुले दबाब दिएका थिए,’ संघीय मामिला मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसैअनुसार सांसदको तजबिजीमा खर्च गर्न पाउने गरी दबाबमा निर्देशिका तयार गरिएको छ।’
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












