गुलियो चिनीमा अमिलो चलखेलः दशैँको मुखैमा यसरि सेकिदैछ जनताको ढाड
सरकारले सुपथ मूल्य पसलमा चिनी विक्रीमा रोक लगाएको छ । सरकारी अनुदान लिएर पनि बजार भाउभन्दा पनि प्रतिकेजी १७ रुपैयाँ महंगोमा ‘सुपथ मूल्य पसल’मा चिनी बेचेपछि सरकारले रोक लगाएको हो ।
भाटभटेनी सुपर मार्केटले प्रतिकेजी ५९ रुपैयाँमा चिनी विक्री गरिरहेको छ । साल्ट ट्रेडिङले प्रतिकेजी ७६ रुपैयाँमा चिनी विक्री गरिरहेको छ । सरकारले संचालन गरेको सुपथ मूल्य पसलमा ६ रुपैयाँ सस्तो गरी प्रतिकेजी ७० रुपैयाँमा बेचेको साल्ट ट्रेडिङको भनाइ छ ।
सरकारी लगानीको संस्थाले सरकारी अनुदान पाएर पनि बजार भाउभन्दा महंगोमा चिनी बेचेपछि सुपथ मूल्य पसलमा चिनी विक्री रोकिएको बाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
‘बजारमा प्रतिकेजी ५९ रुपैयाँमा चिनी उपलब्ध छ, सरकारले संचालन गरेको सुपथ मूल्य पसलमा अनुदान दिएर पनि प्रतिकेजी ७० रुपैयाँ मूल्य तोकिएको छ, यसको बारेमा मन्त्रीज्यू (उद्योग बाणिज्य आपूर्तिमन्त्री मातृका यादब) सँग नै छलफल गरेपछि नयाँ मूल्य तय गर्ने, अनिमात्र चिनी विक्री गर्ने भनेर रोक लगाइएको हो,’ महानिर्देशक गौचनले भने ।
साल्ट ट्रेडिङले भने आफूले महंगोमा किनेको कारण चिनीको मूल्य बढी भएको दाबी गरेको छ । तर, चिनी उद्योगीले भने साल्ट ट्रेडिङले दाबी गरेको मूल्य भन्दा सस्तोमा चिनी उपलब्ध गराउने बताएका छन् ।
आफ्नो उद्योगमा गएर कसैले चिनी किन्न चाहेमा भ्याट सहित प्रतिकेजी ६५ रुपैयाँका दरले चिनी दिन आफूहरु तयार रहेको चिनी उद्योग संचालक संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए ।
‘भ्याट वा प्यानमा दर्ता भएको कुनै फर्म वा कम्पनी ट्रक लिएर हाम्रो उद्योगमा चिनी किन्न आउँछ भने भ्याटसहित प्रतिकेजी ६५ रुपैयाँका दरले जति पनि चिनी दिन तयार छौं, चिनीको अभाव छैन, मागेजति चिनी यो मूल्यमा बेच्न हामी तयार छौं,’ अध्यक्ष अग्रवालले भने ।
सरकारले नै सुपथ मूल्य पसलमा चिनी बेच्न रोकेको साल्ट ट्रेडिङका उपमहानिर्देशक तथा प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए ।
केही समयलाई सुपथ मूल्यमा चिनीको मूल्य तोकिएको र त्यो चिनीको मूल्य बजारमा भएको चिनीको मूल्य भन्दा महंगो भएको भन्दै विक्री गर्न नदिएको उनले बताए ।
राजभण्डारीले चिनीको मूल्यमा ३० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिबृद्ध कर (भ्याट) सहित ४३ प्रतिशत रकम सरकारले लिने गरेकोले आफूहरुलाई नै महंगो परेको दाबी गरे ।
सरकारले चाडपर्वको समयमा चिनी आयात गर्दा भन्सारमा सहुलियतको व्यवस्था गर्ने गरेको भएपनि यो पटक त्यो कटौती गरेको उनले गुनासो गरे ।
आफूहरुले पहिला नै किनेको चिनी महंगो परेकोले पनि अहिले महंगोमा बेच्नु परेको साल्ट ट्रेडिङले बताउँदै आएको छ । तर, केही समय अगाडिदेखि चिनीको मूल्य अन्तराष्ट्रिय बजारमा अति सस्तो भएको र नेपालमा डम्पिङ हुने खतरा बढेको भन्दै केही साता अगाडि मात्रै मन्त्रिपरिषदले चिनी आयातको बार्षिक कोटा नै तय गरेको छ ।
साल्ट ट्रेडिङले एकातिर आफूले महंगोमा चिनी किनेको भनेर दाबी गरिरहेको छ । चिनी महंगो भएको बेलामा भन्सार दर १५ प्रतिशत थियो । भन्सार दर ३० प्रतिशत चालु आर्थिक बर्षको बजेटले बनाएको हो । साल्ट ट्रेडिङले महंगोमा चिनी किनेको हो भने उसले ३० प्रतिशत भन्सार तिरेको छैन । र, ३० प्रतिशत भन्सार तिरको भए उसले महंगोमा चिनी किनेको छैन । तर, साल्ट ट्रेडिङ परस्पर विरोधी कुरा गरेर चिनीमा राजनीति गरिरहेको छ ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












