गुलियो चिनीमा अमिलो चलखेलः दशैँको मुखैमा यसरि सेकिदैछ जनताको ढाड
सरकारले सुपथ मूल्य पसलमा चिनी विक्रीमा रोक लगाएको छ । सरकारी अनुदान लिएर पनि बजार भाउभन्दा पनि प्रतिकेजी १७ रुपैयाँ महंगोमा ‘सुपथ मूल्य पसल’मा चिनी बेचेपछि सरकारले रोक लगाएको हो ।
भाटभटेनी सुपर मार्केटले प्रतिकेजी ५९ रुपैयाँमा चिनी विक्री गरिरहेको छ । साल्ट ट्रेडिङले प्रतिकेजी ७६ रुपैयाँमा चिनी विक्री गरिरहेको छ । सरकारले संचालन गरेको सुपथ मूल्य पसलमा ६ रुपैयाँ सस्तो गरी प्रतिकेजी ७० रुपैयाँमा बेचेको साल्ट ट्रेडिङको भनाइ छ ।
सरकारी लगानीको संस्थाले सरकारी अनुदान पाएर पनि बजार भाउभन्दा महंगोमा चिनी बेचेपछि सुपथ मूल्य पसलमा चिनी विक्री रोकिएको बाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
‘बजारमा प्रतिकेजी ५९ रुपैयाँमा चिनी उपलब्ध छ, सरकारले संचालन गरेको सुपथ मूल्य पसलमा अनुदान दिएर पनि प्रतिकेजी ७० रुपैयाँ मूल्य तोकिएको छ, यसको बारेमा मन्त्रीज्यू (उद्योग बाणिज्य आपूर्तिमन्त्री मातृका यादब) सँग नै छलफल गरेपछि नयाँ मूल्य तय गर्ने, अनिमात्र चिनी विक्री गर्ने भनेर रोक लगाइएको हो,’ महानिर्देशक गौचनले भने ।
साल्ट ट्रेडिङले भने आफूले महंगोमा किनेको कारण चिनीको मूल्य बढी भएको दाबी गरेको छ । तर, चिनी उद्योगीले भने साल्ट ट्रेडिङले दाबी गरेको मूल्य भन्दा सस्तोमा चिनी उपलब्ध गराउने बताएका छन् ।
आफ्नो उद्योगमा गएर कसैले चिनी किन्न चाहेमा भ्याट सहित प्रतिकेजी ६५ रुपैयाँका दरले चिनी दिन आफूहरु तयार रहेको चिनी उद्योग संचालक संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए ।
‘भ्याट वा प्यानमा दर्ता भएको कुनै फर्म वा कम्पनी ट्रक लिएर हाम्रो उद्योगमा चिनी किन्न आउँछ भने भ्याटसहित प्रतिकेजी ६५ रुपैयाँका दरले जति पनि चिनी दिन तयार छौं, चिनीको अभाव छैन, मागेजति चिनी यो मूल्यमा बेच्न हामी तयार छौं,’ अध्यक्ष अग्रवालले भने ।
सरकारले नै सुपथ मूल्य पसलमा चिनी बेच्न रोकेको साल्ट ट्रेडिङका उपमहानिर्देशक तथा प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए ।
केही समयलाई सुपथ मूल्यमा चिनीको मूल्य तोकिएको र त्यो चिनीको मूल्य बजारमा भएको चिनीको मूल्य भन्दा महंगो भएको भन्दै विक्री गर्न नदिएको उनले बताए ।
राजभण्डारीले चिनीको मूल्यमा ३० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिबृद्ध कर (भ्याट) सहित ४३ प्रतिशत रकम सरकारले लिने गरेकोले आफूहरुलाई नै महंगो परेको दाबी गरे ।
सरकारले चाडपर्वको समयमा चिनी आयात गर्दा भन्सारमा सहुलियतको व्यवस्था गर्ने गरेको भएपनि यो पटक त्यो कटौती गरेको उनले गुनासो गरे ।
आफूहरुले पहिला नै किनेको चिनी महंगो परेकोले पनि अहिले महंगोमा बेच्नु परेको साल्ट ट्रेडिङले बताउँदै आएको छ । तर, केही समय अगाडिदेखि चिनीको मूल्य अन्तराष्ट्रिय बजारमा अति सस्तो भएको र नेपालमा डम्पिङ हुने खतरा बढेको भन्दै केही साता अगाडि मात्रै मन्त्रिपरिषदले चिनी आयातको बार्षिक कोटा नै तय गरेको छ ।
साल्ट ट्रेडिङले एकातिर आफूले महंगोमा चिनी किनेको भनेर दाबी गरिरहेको छ । चिनी महंगो भएको बेलामा भन्सार दर १५ प्रतिशत थियो । भन्सार दर ३० प्रतिशत चालु आर्थिक बर्षको बजेटले बनाएको हो । साल्ट ट्रेडिङले महंगोमा चिनी किनेको हो भने उसले ३० प्रतिशत भन्सार तिरेको छैन । र, ३० प्रतिशत भन्सार तिरको भए उसले महंगोमा चिनी किनेको छैन । तर, साल्ट ट्रेडिङ परस्पर विरोधी कुरा गरेर चिनीमा राजनीति गरिरहेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












