सर्वाधिक पुरस्कार राशीको चौथो रुकुम कप नकआउट फुटबल आयोजना सहिद स्मृति रुक्मिणी रंगशालामा
रुकुम(पुर्ब) १८,असोज । रुकुम पुर्व सिस्ने गाउँपालिकाको सहिद स्मृति रुक्मिणी रंगशाला रुकुमकोटमा वार्षिक रुपमा समृद्ध समाज नेपालको आयोजना हुँदै आएको रुकुम कप फुटबलको चौथो संस्करण आगामी कार्तिक १० गतेबाट १४ गते सम्म संचालन हुने भएको छ ।
रुकुम पश्चिम, दाङ, जाजरकोट, रोल्पा, सल्यान रुकुम पुर्व लगायतको जिल्लाका क्लबहरुले सहभागी जनाउँदै आएको यस प्रतियोगितामा यस वर्षबाट नेपाली सेना सशस्त्र प्रहरी जनपद प्रहरीले समेत सहभागी जनाउन सक्नेछन । रुकुम कप फुटबल पहाडी जिल्लामा नियमित रुपमा आयोजना भैरहेको एक मात्र व्यबस्थित प्रतियोगिता हो । २०७२ मा पहिलो संस्करण सुरु गर्दा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए जसमा रुकुम पश्चिमको चर्चित फुटबल क्लब सिद्धगुफा युथ क्लब च्याम्पियन भएको थियो भने पेनाल्टी सुटआउटमा पराजीत हुँदै युवाहरुले भरिएको माछिमी युनाइटेड उपबिजेता बनेको थियो । तर दोस्रो र तेस्रो संस्करण भने पहिलो संस्करणको उपबिजेता माछिमी युनाइटेडले आफ्नो पोल्टामा पारेको थियो । गत वर्षहरुको भन्दा अझ व्यबस्थित ढंगले खेल संचालनको तयारी गरिरहेको समृद्ध समाज रुकुम पुर्वका खेल संयोजक तिलक रेउले ‘भाष्कर’ का अनुसार आयोजकले सबै तयारीहरु तिव्र रुपमा गरिरहेको बताए ।
तेस्रो संस्करणबाट सिस्ने गाउँपालिका समेत आर्थिक सहयोग गर्ने निकायको रुपमा सहकार्य गरिरहेकोले आयोजना गर्नका लागि ठूलो टेवा पुगिरहेको रेउलेले बताए । हामीलाई स्थानीय सरकारले सहयोग गरिरहेको छ अन्य सहयोगीहरुले समेत हाम्रो हौसला बढाइरहनु भएको छ । नियमित प्रतियोगिता संचालन गर्न चुनौती रहे पनि विश्वमै लोकप्रिय फुटबलको बिकासमा रुकुम पुर्वका युवाहरु र स्थानीयको समेत सक्रिय सहभागितामा नियमित रुपमा कार्यक्रम गर्न हामी सफल भैरहेका छौं रेउलेले थपे ।
फुटबल,भलिबल, क्रिकेट चेस मार्शलआर्ट लगायत प्रतियोगिता संचालन गरि जिल्लाको प्रतिभावान खेलाडी उत्पादनमा समेत विषेश ध्यान दिइरहेको छ । साधनस्रोतको अभाब बिच पहाडी जिल्लामा नियमित रुपमा फुटबल लगायत विभिन्न खेलकुद गतिविधि भैरहनाले युवाहरुमा उत्साह पैदा गर्ने र प्रतिस्पर्धाको लागि सबैको ध्यान केन्द्रित हुने तेस्रो संस्करणका बिजेता टिमका कप्तान समेत मनोहर ढकालले बताए । यसरी नियमित रुपमा आयोजना हुने प्रतियोगिताहरुलाई राज्यले सहयोग गर्नुपर्छ स्थानीयहरुको भनाइ छ । चौथो संस्करणमा प्रतियोगिता संचालन गर्ने सबै रेफ्रीहरु राष्ट्रिय र क्षेत्रीय स्तरको प्रतियोगिता खेलाइसकेका दक्ष रेफ्रीहरुको सहभागीताको लागि आयोजकको कुरा भैरहेको छ ।
यसले खेललाइ व्यबस्थित र अझ मर्यादित बनाउने अपेक्षा हामीले लिएका छौँ । आयोजक संस्थाका सचीव सुगन्धा मल्लले बताइन । प्रतियोगीताबाट जिल्लाको फुटबल टिम छनौट गरि २ आगामी आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत प्रदेश छनौटको लागि प्रशिक्षण समेत संचालन गर्ने भएकोले रुकुम पुर्वका सबै गाउँपालिकालाई प्रतियोगितामा सहभागिताको लागि पत्र नै पठाइएको छ, समृद्ध समाज नेपालका कार्यालय प्रमुख तथा जिल्ला खेलकुद बिकास रुकुम पुर्वका सदस्य नामेन्द्र सुनारले जानकारी दिए ।
चौथो रुकुमकप बिजेताले कप,मेडल, प्रमाणपत्र सहित नगद रु.८०,००० प्राप्त गर्नेछ भने प्रतियोगिताको उपबिजेताले कप,मेडल, प्रमाणपत्र सहित नगद रको४०,००० प्राप्त गर्नेछ । प्रतियोगिताको सेमीफाइनलबाट बाहिरीने दुई टिमले मायाको चिनो प्रमाणपत्र सहित नगद रु.१५,०००/१५,००० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुशाशीत क्लबले रु. १०,००० सहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगीता अबधीभरभर उत्कृष्ट प्रदर्शन गर्ने चौथो रुकुम कप नकआउट फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद मायाको चिनो प्रमाणपत्र सहित नगद रु ७,००० पाँउनेछन । त्यसैगरी गोलकिपर,डिफेन्डर, मिडफिल्डर, फर्वाडले मायाको चिनो प्रमाणपत्र सहित नगद रु. ५,०००/५,००० हजार प्राप्त गर्नेछन । यस बर्षबाट उत्कृष्ट प्रशिक्षक पुरस्कार समेत दिइनेछ । उत्कृष्ट प्रशिक्षकले मायाको चिनो प्रमाणपत्र सहित नगद रु ५,००० प्राप्त गर्नेछन् ।
गत संस्करणका फोटोफिचर
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












