सर्वाधिक पुरस्कार राशीको चौथो रुकुम कप नकआउट फुटबल आयोजना सहिद स्मृति रुक्मिणी रंगशालामा
रुकुम(पुर्ब) १८,असोज । रुकुम पुर्व सिस्ने गाउँपालिकाको सहिद स्मृति रुक्मिणी रंगशाला रुकुमकोटमा वार्षिक रुपमा समृद्ध समाज नेपालको आयोजना हुँदै आएको रुकुम कप फुटबलको चौथो संस्करण आगामी कार्तिक १० गतेबाट १४ गते सम्म संचालन हुने भएको छ ।
रुकुम पश्चिम, दाङ, जाजरकोट, रोल्पा, सल्यान रुकुम पुर्व लगायतको जिल्लाका क्लबहरुले सहभागी जनाउँदै आएको यस प्रतियोगितामा यस वर्षबाट नेपाली सेना सशस्त्र प्रहरी जनपद प्रहरीले समेत सहभागी जनाउन सक्नेछन । रुकुम कप फुटबल पहाडी जिल्लामा नियमित रुपमा आयोजना भैरहेको एक मात्र व्यबस्थित प्रतियोगिता हो । २०७२ मा पहिलो संस्करण सुरु गर्दा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए जसमा रुकुम पश्चिमको चर्चित फुटबल क्लब सिद्धगुफा युथ क्लब च्याम्पियन भएको थियो भने पेनाल्टी सुटआउटमा पराजीत हुँदै युवाहरुले भरिएको माछिमी युनाइटेड उपबिजेता बनेको थियो । तर दोस्रो र तेस्रो संस्करण भने पहिलो संस्करणको उपबिजेता माछिमी युनाइटेडले आफ्नो पोल्टामा पारेको थियो । गत वर्षहरुको भन्दा अझ व्यबस्थित ढंगले खेल संचालनको तयारी गरिरहेको समृद्ध समाज रुकुम पुर्वका खेल संयोजक तिलक रेउले ‘भाष्कर’ का अनुसार आयोजकले सबै तयारीहरु तिव्र रुपमा गरिरहेको बताए ।
तेस्रो संस्करणबाट सिस्ने गाउँपालिका समेत आर्थिक सहयोग गर्ने निकायको रुपमा सहकार्य गरिरहेकोले आयोजना गर्नका लागि ठूलो टेवा पुगिरहेको रेउलेले बताए । हामीलाई स्थानीय सरकारले सहयोग गरिरहेको छ अन्य सहयोगीहरुले समेत हाम्रो हौसला बढाइरहनु भएको छ । नियमित प्रतियोगिता संचालन गर्न चुनौती रहे पनि विश्वमै लोकप्रिय फुटबलको बिकासमा रुकुम पुर्वका युवाहरु र स्थानीयको समेत सक्रिय सहभागितामा नियमित रुपमा कार्यक्रम गर्न हामी सफल भैरहेका छौं रेउलेले थपे ।
फुटबल,भलिबल, क्रिकेट चेस मार्शलआर्ट लगायत प्रतियोगिता संचालन गरि जिल्लाको प्रतिभावान खेलाडी उत्पादनमा समेत विषेश ध्यान दिइरहेको छ । साधनस्रोतको अभाब बिच पहाडी जिल्लामा नियमित रुपमा फुटबल लगायत विभिन्न खेलकुद गतिविधि भैरहनाले युवाहरुमा उत्साह पैदा गर्ने र प्रतिस्पर्धाको लागि सबैको ध्यान केन्द्रित हुने तेस्रो संस्करणका बिजेता टिमका कप्तान समेत मनोहर ढकालले बताए । यसरी नियमित रुपमा आयोजना हुने प्रतियोगिताहरुलाई राज्यले सहयोग गर्नुपर्छ स्थानीयहरुको भनाइ छ । चौथो संस्करणमा प्रतियोगिता संचालन गर्ने सबै रेफ्रीहरु राष्ट्रिय र क्षेत्रीय स्तरको प्रतियोगिता खेलाइसकेका दक्ष रेफ्रीहरुको सहभागीताको लागि आयोजकको कुरा भैरहेको छ ।
यसले खेललाइ व्यबस्थित र अझ मर्यादित बनाउने अपेक्षा हामीले लिएका छौँ । आयोजक संस्थाका सचीव सुगन्धा मल्लले बताइन । प्रतियोगीताबाट जिल्लाको फुटबल टिम छनौट गरि २ आगामी आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत प्रदेश छनौटको लागि प्रशिक्षण समेत संचालन गर्ने भएकोले रुकुम पुर्वका सबै गाउँपालिकालाई प्रतियोगितामा सहभागिताको लागि पत्र नै पठाइएको छ, समृद्ध समाज नेपालका कार्यालय प्रमुख तथा जिल्ला खेलकुद बिकास रुकुम पुर्वका सदस्य नामेन्द्र सुनारले जानकारी दिए ।
चौथो रुकुमकप बिजेताले कप,मेडल, प्रमाणपत्र सहित नगद रु.८०,००० प्राप्त गर्नेछ भने प्रतियोगिताको उपबिजेताले कप,मेडल, प्रमाणपत्र सहित नगद रको४०,००० प्राप्त गर्नेछ । प्रतियोगिताको सेमीफाइनलबाट बाहिरीने दुई टिमले मायाको चिनो प्रमाणपत्र सहित नगद रु.१५,०००/१५,००० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुशाशीत क्लबले रु. १०,००० सहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगीता अबधीभरभर उत्कृष्ट प्रदर्शन गर्ने चौथो रुकुम कप नकआउट फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद मायाको चिनो प्रमाणपत्र सहित नगद रु ७,००० पाँउनेछन । त्यसैगरी गोलकिपर,डिफेन्डर, मिडफिल्डर, फर्वाडले मायाको चिनो प्रमाणपत्र सहित नगद रु. ५,०००/५,००० हजार प्राप्त गर्नेछन । यस बर्षबाट उत्कृष्ट प्रशिक्षक पुरस्कार समेत दिइनेछ । उत्कृष्ट प्रशिक्षकले मायाको चिनो प्रमाणपत्र सहित नगद रु ५,००० प्राप्त गर्नेछन् ।
गत संस्करणका फोटोफिचर
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












