चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम गर्न सरकारलाई लेखा समितिको निर्देशन
काठमाडाैँ १८,असोज । सार्वजनिक लेखा समितिले चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकार र व्यवसायीबीच यसअघि भएकै सहमतिअनुसार चिनीको खुद्रा मूल्य ६३ रुपैयाँलाई कार्यान्वयन गराउन निर्देशन दिएको हो।
समितिको बैठकमा बोल्ने अधिकांश सांसदहरुले सरकारले चिनी आयात बन्द गराउँदै सिन्डिकेट लगाएको आरोप लगाएका थिए। सरकार र व्यवसायीबीच भएका सहमतिमा गढबढ समेत भएको सांसद चन्दा चौधरीको आरोप थियो।
‘व्यवसायीले नै सरकार चलाएको जस्तो अनुभति भएको छ’, उनले भनिन्, ‘दैनिक उपभोग्य वस्तुमा जनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धिमा सरकार किन मौन बस्दैछ।’ सरकारसँग भएको सहमतिसँगै व्यवसायीले बैंक लोन लिए पनि उखु किसानले भुक्तानी पाउन नसक्नुमा मिलोमतो रहेको सांसदहरुको आरोप थियो।
समितिकै छलफलमा सांसद हृदयेश त्रिपाठीले दैनिक उपभोग्य वस्तुको मूल्यमा बजारमा अराजकता देखिँदा पनि सरकार मौन रहेको आरोप लगाए।
‘बजार अनुगमन र नियमन सुस्त छ। निगरानीमा सरकार चुकेको छ। जसका कारण उपभोग्य वस्तुको मूल्य बढेको छ,’ उनले भने। चिनी आयात बन्द गर्दै कृत्रिम अभाव सिर्जना गर्न सरकार नै लागिपरेको उनको भनाइ थियो। किसानलाई समेत सरकारले बन्धक बनाएको उनको आरोप छ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












