नेता नेपालको ‘असहमति पत्र’ नेकपाको सचिवालयमा पेश, बुधवार छलफल हुने
काठमाडौं २२,असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको लिखित असहमति पत्रमाथि छलफल हुने भएको छ ।
सोमबार बसेको सचिवालय बैठकले एजेण्डाहरु तय गरेको हो, जसमा नेता नेपालको असहमति पत्र पनि छ । प्रदेश इन्चार्ज-सहइन्चार्ज र अध्यक्ष-सचिव मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले लिखित असहमति नै दर्ता गरेका छन् ।
सचिवालयबाट नभई स्थायी कमिटीबाट निर्णय गर्नुपर्ने, आफू र अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाश विदेश भ्रमणमा भएका बेला निर्णय गरेको र मापदण्डअनुसार पनि नभएको भन्दै नेता नेपालले महासचिवलाई असहमति पत्र दिएका थिए ।
त्यसलाई सचिवालय बैठकको एजेण्डा बनाएको र पर्सी त्यसमाथि छलफल हुने एक नेताले बताए ।
सोमबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अमेरिका भ्रमण, अर्का अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले चीन भ्रमणबारे ब्रिफिङ गरेका छन् । साथै पर्सीको बैठकका थप एजेण्डासमेत तय गरेको छ ।
पर्सी सचिवालयको बैठकमा स्थायी कमिटी बैठकको एजेण्डा र मितिबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।
Comments
अरु समाचार
-
इजरायलका राजदूतलाई परराष्ट्रमन्त्रीले भनिन्- विपिनको रिहाइका लागि पहल गरिदिनू
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायलका राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका...
-
सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा
काठमाडौं । कास्की जिल्ला अदालत क्षेत्रमा फेरि निषेधाज्ञा लगाइएको छ । सूर्य दर्शन सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेका...
-
कार्टरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा
काठमाडौं । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा लगिएको छ...
-
राजदूत तुम्बाहाम्फेद्वारा कोरियाली राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र
काठमाडौं । गणतन्त्र कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले त्यहाँ कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी...
-
अञ्जनीकुमार र दीपेन्द्रको चलखेल फेल, अन्ततः चारजना डीआईजीको पदावधि थप
काठमाडौं । ठूलो चलखेललाई किनारा लगाउँदै अन्ततः सरकारले सशस्त्र प्रहरी बलका चार जना डीआईजीको पदावधि एकवर्ष थप गरिदिएको छ ।...
-
चार जना डीआईजीको एक वर्ष पदावधि थपियो
काठमाडौं। सशस्त्र प्रहरी बलका चार जना डीआईजीको पदावधि एक वर्ष थपिएको छ । । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले कमल...
-
सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय लिन मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आकस्मिक...
-
संविधान संशोधन ०८७ मा मात्रै हुने ओलीको खुलासा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय...
-
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आइतबारदेखि सुरु भएको बैठक आज मंगलबार...