बुढीगण्डकी स्वदेशी पूँजीमै बनाउन र निजगढमा रुख नकाटन सरकारलाई कांग्रेसको आग्रह
काठमाडौं २२, असोज। नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी पूँजीमै बनाउन आग्रह गरेको छ । आइतबार राति अबेर सकिएको बैठकले उक्त आयोजना अपारदर्शी रुपमा चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई दिएको भन्दै कांग्रेसले उक्त निर्णय आपत्तिजनक भएको बताएको छ ।
‘नेपाली जनताको लगानी सहभागिताको प्रक्रियासमेत आरम्भ भई अर्बौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णय आउनुलाई नेपाली कांग्रेसले अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको छ’ कांग्रेसको निर्णयमा भनिएको छ ।
कुनै विधि प्रक्रिया नपुर्याई विना प्रतिस्पर्धा गलत मनसायले गेजुवालाई दिइएको भन्दै कांग्रेसले यो कदम राष्ट्रहित विपरीत भएको बताएको छ । ‘कुनै पनि परियोजना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यस सम्बन्धी स्थापित विधि एवं प्रक्रिया हुन्छन् र छन् । तर कुनै प्रक्रिया नअपनाई विना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा गलत मनसाय साथ पुगी हामी आफैले बनाउन सक्ने परियोजना अरुलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम हो भन्ने हाम्रो ठहर छ’ कांग्रेस बैठकको निर्णयमा भनिएको छ ।
सरकारको निर्णयले बुढीगण्डकी निर्माणको भविष्यलाई अनिश्चित बनाएको भन्दै कांग्रेसले विगतमा अध्ययन समितिले गरेको प्रतिवेदनको आधारमा स्वदेशी पूँजीमै बनाउन माग गरेको छ । ‘स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै परियोजना अघि बढाइनुपर्छ भन्ने नेपाली कांग्रेसको माग रहेको छ’ निर्णयमा भनिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले बुढीगण्डकी आयोजना स्वदेशी पूँजीमै बनाउने विषयमा अध्ययन गर्न योजना आयोगका तत्कालिन उपाध्यक्ष स्वर्णिम वाग्लेको नेतृत्वमा एक समिति बनाएको थियो । उक्त समितिले सरकारले मुआब्जा र पुनर्बासका लागि आवश्यक रकम अनुदान दिने र स्वदेशका विभिन्न निकायको रकममा आयोजना बनाउन सकिने सुझाव दिएको थियो ।
नेपाली कांग्रेसले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल बाराको निजगढमा जंगलको रुख तत्काल नकाट्न आग्रह गरेको छ । विमानस्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाको रुख काट्न लागिएको भन्दै कांग्रेसले यसमा आफूहरुको विमति रहेको बताएको छ ।
‘विमान स्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाका रुख काट्ने प्रस्तावप्रति नेपाली कांग्रेसको गम्भीर विमति छ । आवश्यक पर्ने जग्गा, उत्पन्न विवाद प्रकरण, लगानी सुनिश्चितता तथा निर्माणको मोडालिटीका बारेमा राष्ट्रिय रुपमा गम्भीर छलफल गरेर निर्णयमा पुग्न, यसलाई विवादित बनाउनबाट रोक्न र समयमा नै निर्माण सम्पन्न गर्ने गरी गति बढाउन नेपाली कांग्रेस सरकारलाई अपील गर्दछ’ कांग्रेसको निर्णयमा भनिएको छ ।
त्यस्तै कांग्रेसले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा नराख्न पनि सरकारलाई आग्रह गरेको छ । भौतिक पूर्वाधार नभएको, वातावरणीय दृष्टिले नमिल्दो ठाउँमा रहेको भन्दै कांग्रेसले राजधानी तोक्ने निर्णयमा पुनर्विचार गर्न माग गरेकोछ ।
‘यस निर्णयले उक्त स्थानमा भौतिक पूर्वाधारको निर्माण गर्न अरबौं लगानी हुन गई विकास निर्माणका सम्पूर्ण कार्य ठप्प हुने अवस्थामा छ । वातावरणीय दृष्टिकोणले वन क्षेत्र नास हुने तथा वन्यजन्तुको आवागमन अवरुद्ध भई पर्यावरणीय समस्या सिर्जना हुने विशेषज्ञहरुको राय छ’ कांग्रेसको निर्णयमा भनिएको छ ‘ …तसर्थ, उक्त राजधानी गोदावरी न.पा. २ र ४ मा बनाउने गरी गरिएको निर्णयमा पुनर्विचार गर्नुपर्दछ ।’
नेपाल वायुसेवा निगमको वाइड वडी जहाज खरिद प्रकरण अपारदर्शी रहेको र ठूलो आर्थिक अनियमितता भएको विवरणहरु सार्वजनिक भएको भन्दै कांग्रेसले यस विषयमा गहिराईपूर्वक छानविन गरी यथार्थ जानकारी गराउन माग गरेको छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ...
-
कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि, न्यूनतम ४० हजार
काठमाडौं । सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४०...
-
आज आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै सरकार, सुशासनलाई प्राथमिकता
काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक गर्दैछ । बजेटमा अनावश्यक खर्च कटौती र वित्तीय अनुशासनलाई...
-
आगामी आर्थिक वर्षको बजेट भोलि (शुक्रबार) प्रस्तुत गरिँदै
काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने...
-
अप्रिलमा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढ्यो
काठमाण्डौ । गएको अप्रिल महिनामा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढेको छ । अप्रिलमा चीनले २ लाख ७८ हजार...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तर्राष्ट्रिय सेफ सोसाइटी
पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको...












