महंगी, भ्रष्टाचार नियन्त्रण र शान्ति सुरक्षामा सरकार पुर्ण रुपमा असफल भएको कांग्रेसको ठहर
काठमाडौं २२,असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वर्तमान सरकार शान्ति सुरक्षा कायम गर्न, मुल्यबृद्धि र भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको आरोप लगाएको छ ।
आइतबारको बैठकका निर्णय सोमबार सार्वजनिक गर्दै काँग्रेसले आम नागरिकको मुख्य चासो बनेको शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकार असफल बनेको तथा सुपथ मूल्यमा उपभोग्य वस्तु प्राप्त गर्ने जनताको अपेक्षालाई सरकारले पुरा गर्न नसकेको काँग्रेसको ठहर छ ।
उसले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अढाई महिना पुगीसक्दा पनि कार्वाहीको दायरामा नल्याउनु दुःखद भन्दै यसले वर्तमान सरकार विषयको गम्भीर्यताप्रति असंवेदनशील र असक्षम प्रमाणित भएको उल्लेख गरेको छ ।
सरकार असफलताका सूचक
‘चाडपर्वको मुखमा उपभोग्य वस्तुहरुको मूल्यमा अचाक्ली वृद्धि हुँदा सर्वहाराका नाममा सत्तामा पुगेको नेतृत्वले त्यसमा हस्तक्षेप गर्नु त परै जाओस्, सरकारकै रवैयाका कारण चिनी लगायतका वस्तु तथा दशैको बेलामा गाडी भाडामा मूल्यवृद्धि हुन पुगेको छ ’ सोमबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ ।
काँग्रेसले नेपाली जनतामाथि बढ्दै गएको पीडाप्रति गम्भीर हुँदै त्यसविरुद्ध सबै जिल्ला प्रशासन मार्फत तत्कालै ज्ञापन पत्र बुझाउने र केन्द्रमा पनि सरकारलाई सचेत गराउने निर्णय गरेको छ ।
काँग्रेसले वाइड वडी जहाज खरीद प्रकरण अपारदर्शी रहेको र ठूलो आर्थिक अनियमितता भएको विवरणहरु सार्वजनिक भइरहेकाले छानविन गरी जनसमक्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
काँग्रेसले बुढी गण्डकी जलविद्युत परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने भएपनि चिनियाँ कम्पनीलाई सुम्पेकोमा आश्चार्य व्यक्त गरेको छ । उसले स्वदेशी लगानीमै उक्त आयोजना निर्माण गर्न आफ्नो नेतृत्वको सरकारका पालामा सुरुवात समेत भएको भन्दै अरबौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णय आउनुलाई अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको जनाएको छ ।
‘कुनै पनि परियोजना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यस सम्बन्धी स्थापित विधि एवं प्रकृया हुन्छन् र छन् । तर कुनै प्रकृया नअपनाई विना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा गलत मनसाय साथ पुगी हामी आफैले बनाउन सक्ने परियोजना अरुलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम हो भन्ने हाम्रो ठहर छ’ काँग्रेसले भनेको छ ।
काँग्रेस बैठकले बुढी गण्डकी परियोजनाबारेमा सरकारले लिएको अपरिपक्व निर्णय भन्दै यसको सुनिश्चित हुँदै गएको भविष्यलाई अनिश्चित बनाउने षडयन्त्रप्रति आम जनसमुदायमा सुसूचित गर्दै सजग रहन अपील गरेको छ ।
निजगढ बिमानस्थलमा ढिलाई
काँग्रेसले निजगढमा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणप्रति पनि चासो देखाएको छ । उसले एक दशक पुरानो संकल्पको राष्ट्रिय गौरवको सपना सफल कार्यान्वयन गर्न जरुरी भन्दै त्यसका लागि आवश्यक पर्ने जग्गा प्रबन्ध गर्ने प्रक्रिया अघि बढाउन ढिलाई नगर्न सरकारलाई सुझाव दिएको छ ।
तर विमान स्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाका रुख काट्ने प्रस्तावप्रति नेपाली कांग्रेसको गम्भीर विमति जनाएको छ । ‘आवश्यक पर्ने जग्गा, उत्पन्न विवाद प्रकरण, लगानी सुनिश्चितता तथा निर्माणको मोडालिटीका बारेमा राष्ट्रिय रुपमा गम्भीर छलफल गरेर निर्णयमा पुग्न, यसलाई विवादित बनाउनबाट रोक्न र समयमा नै निर्माण सम्पन्न गर्ने गरी गति बढाउन काँग्रेस सरकारलाई अपील गर्दछ’ काँग्रेसले भनेको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












