महंगी, भ्रष्टाचार नियन्त्रण र शान्ति सुरक्षामा सरकार पुर्ण रुपमा असफल भएको कांग्रेसको ठहर
काठमाडौं २२,असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वर्तमान सरकार शान्ति सुरक्षा कायम गर्न, मुल्यबृद्धि र भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको आरोप लगाएको छ ।
आइतबारको बैठकका निर्णय सोमबार सार्वजनिक गर्दै काँग्रेसले आम नागरिकको मुख्य चासो बनेको शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकार असफल बनेको तथा सुपथ मूल्यमा उपभोग्य वस्तु प्राप्त गर्ने जनताको अपेक्षालाई सरकारले पुरा गर्न नसकेको काँग्रेसको ठहर छ ।
उसले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अढाई महिना पुगीसक्दा पनि कार्वाहीको दायरामा नल्याउनु दुःखद भन्दै यसले वर्तमान सरकार विषयको गम्भीर्यताप्रति असंवेदनशील र असक्षम प्रमाणित भएको उल्लेख गरेको छ ।
सरकार असफलताका सूचक
‘चाडपर्वको मुखमा उपभोग्य वस्तुहरुको मूल्यमा अचाक्ली वृद्धि हुँदा सर्वहाराका नाममा सत्तामा पुगेको नेतृत्वले त्यसमा हस्तक्षेप गर्नु त परै जाओस्, सरकारकै रवैयाका कारण चिनी लगायतका वस्तु तथा दशैको बेलामा गाडी भाडामा मूल्यवृद्धि हुन पुगेको छ ’ सोमबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ ।
काँग्रेसले नेपाली जनतामाथि बढ्दै गएको पीडाप्रति गम्भीर हुँदै त्यसविरुद्ध सबै जिल्ला प्रशासन मार्फत तत्कालै ज्ञापन पत्र बुझाउने र केन्द्रमा पनि सरकारलाई सचेत गराउने निर्णय गरेको छ ।
काँग्रेसले वाइड वडी जहाज खरीद प्रकरण अपारदर्शी रहेको र ठूलो आर्थिक अनियमितता भएको विवरणहरु सार्वजनिक भइरहेकाले छानविन गरी जनसमक्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
काँग्रेसले बुढी गण्डकी जलविद्युत परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने भएपनि चिनियाँ कम्पनीलाई सुम्पेकोमा आश्चार्य व्यक्त गरेको छ । उसले स्वदेशी लगानीमै उक्त आयोजना निर्माण गर्न आफ्नो नेतृत्वको सरकारका पालामा सुरुवात समेत भएको भन्दै अरबौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णय आउनुलाई अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको जनाएको छ ।
‘कुनै पनि परियोजना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यस सम्बन्धी स्थापित विधि एवं प्रकृया हुन्छन् र छन् । तर कुनै प्रकृया नअपनाई विना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा गलत मनसाय साथ पुगी हामी आफैले बनाउन सक्ने परियोजना अरुलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम हो भन्ने हाम्रो ठहर छ’ काँग्रेसले भनेको छ ।
काँग्रेस बैठकले बुढी गण्डकी परियोजनाबारेमा सरकारले लिएको अपरिपक्व निर्णय भन्दै यसको सुनिश्चित हुँदै गएको भविष्यलाई अनिश्चित बनाउने षडयन्त्रप्रति आम जनसमुदायमा सुसूचित गर्दै सजग रहन अपील गरेको छ ।
निजगढ बिमानस्थलमा ढिलाई
काँग्रेसले निजगढमा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणप्रति पनि चासो देखाएको छ । उसले एक दशक पुरानो संकल्पको राष्ट्रिय गौरवको सपना सफल कार्यान्वयन गर्न जरुरी भन्दै त्यसका लागि आवश्यक पर्ने जग्गा प्रबन्ध गर्ने प्रक्रिया अघि बढाउन ढिलाई नगर्न सरकारलाई सुझाव दिएको छ ।
तर विमान स्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाका रुख काट्ने प्रस्तावप्रति नेपाली कांग्रेसको गम्भीर विमति जनाएको छ । ‘आवश्यक पर्ने जग्गा, उत्पन्न विवाद प्रकरण, लगानी सुनिश्चितता तथा निर्माणको मोडालिटीका बारेमा राष्ट्रिय रुपमा गम्भीर छलफल गरेर निर्णयमा पुग्न, यसलाई विवादित बनाउनबाट रोक्न र समयमा नै निर्माण सम्पन्न गर्ने गरी गति बढाउन काँग्रेस सरकारलाई अपील गर्दछ’ काँग्रेसले भनेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












