राजपा नेतालाई प्रधानमन्त्रीले भने – संविधान संशोधनका विषयमा गम्भीर छु
काठमाडाैँ २३,असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका सम्बन्धमा आफू गम्भीर रहेको बताएका छन्।
आज राष्ट्रिय जनता पार्टी (राजपा)को ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधान संशोधनका विषयमा म गम्भीर छु। यस सम्बन्धमा थप छलफल गरी तपाईंहरुलाई आगामी २७/२८ गतेतिर पुनः बोलाउँछु।’
संविधान संशोधन गर्ने सहमतिमा सरकारको समर्थन गरेपनि सरकार सो विषयमा गम्भीर नदेखिएको भन्दै राजपाले प्रधानमन्त्रीसामू ज्ञापनपत्र बुझाएको हो। आजै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि सो दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।
सो क्रममा राजपाले सरकारले आफ्नो शैलीमा परिवर्तन नल्याए सरकारको समर्थनका विषयमा सोच्न बाध्य हुने प्रष्टसँग राखेको राजपा अध्यक्ष मण्डलका नेता महेन्द्र राय यादवले बताए। ‘हामीले प्रधानमन्त्रीज्यूलाई यसअघि भएका सहमति र त्यसको कार्यान्वयनका सम्बन्धमा सरकारबाट गम्भीरता नदेखाइएको विषयमा आफ्ना कुरा राख्यौं। उहाँले थप छलफलका लागि बोलाउने आश्वासन दिनुभएको छ।’,उनले थपे, ‘यदि छठसम्म पनि सरकारको शैली यस्तै रहेमा सरकारलाई दिइएको समर्थनका विषयमा सोच्न बाध्य हुनेसमेत प्रष्ट पारेका छौं।’
उता ज्ञापनपत्रमा सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा नारामा मात्रै सिमित रहन पुगेको उल्लेख गरिएको थियो। प्रमुख जिल्ला अधिकारी मार्फत र केन्द्रमा एउटै व्यहोराको पत्र बुझाइएको राजपाले जनाएकाे छ।
राजपा नेता शरतसिंह भण्डारी तथा राजेन्द्र महतो राजधानी बाहिर रहेकाले ज्ञापनपत्र बुझाउँदा अध्यक्ष मण्डलका बाँकी सदस्य तथा अन्य केन्द्रीय नेताहरुको मात्रै उपस्थिति रहेको थियो।
संविधान संशोधन गर्ने सार्वजनिक प्रतिबद्धता जनाएकाले सरकारलाई समर्थन गरेको तर त्यसका लागि कुनै पहल नगरेको, बहुमतको सरकार भए पनि सबै क्षेत्रमा असफल भएको, राजपाका सांसद रेशम चौधरीलाई सपथ ग्रहण नगराएको, कालोबजारीलाई नियन्त्रण गर्न नसकेको, बलात्कारीलाई समात्न नसकेको, प्रदेश सरकारलाई सामर्थ्यवान बनाउन अपेक्षाकृत सहयोग नगरेकोको आरोप राजपाको छ।
‘यदि दुई तिहाइ बहुमतको सरकारले सांसद रेशम चौधरीको सपथ, आन्दोलनकारी माथिको झुठा मुद्दा फिर्ता बन्दीहरुको रिहाइ गरी पार्टीले उठाउँदै आएका राजनीति र जनताको जनजीवनसँग जोडिएका मुद्दाहरुका साथै संविधान संशोधनको कुरालाई गम्भीरतापूर्वक लिँदैन र तत्काल संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउँदैन भने राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिन बाध्य हुनेछ’, प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘र, एकपटक फेरि यो देश संघर्ष र आन्दोलनको बाटोमा धकेलिन बाध्य हुनेछ, जसले सम्पूर्ण जिम्मेवारी यहाँ नेतृत्वको सरकारको नै हुनेछ।’
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











