पाँच दिनभित्र उखु किसानको रकम भूक्तानी नगर्ने उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय
काठमाडाैँ २३,असोज । सरकारले पाँच दिनभित्र उखु उत्पादक किसानको रकम भूक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी कारबाही गर्ने तयारी गरेको छ। सोमबार बसेको पाँच मन्त्रीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।
‘पाँच दिनभित्र उखु उत्पादनक किसानको रकम भुक्तानी गर्न निर्देशन दिइएको छ’ बैठकमा सहभागी समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने,‘पाँच दिनभित्र रकम भूक्तानी नगरे पक्राउ गरी कारबाहीको तयारी गरेका छौं।’
सिंहदरबारमा अर्थमन्त्री डा. युवराज खतिवडा, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल, उद्योग तथा आपूर्ति मन्त्री मातृका यादव, वन तथा वातावरण शक्ति बस्नेत, सामान्य प्रशासन मन्त्री पण्डित र सम्बन्धित मन्त्रालयका सचिवहरुबीच छलफल भएको थियो।
यसअघि प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पनि एक साताभित्र उखु किसानको बाँकी रकम उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारलार्इ निर्देशन दिएको थियो।
आइतबार मात्रै उखु किसानहरुले आन्दोलन गर्ने चेतावनी दिएका थिए। हालसम्म उद्योगीले २ अर्ब र नेपाल सरकारले अनुदान बापतको १ अर्ब २८ करोड रकम उखु किसानलाई भूक्तानी गर्नुपर्नेछ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












