डलरको विनिमयदर अहिलेसम्म कै उच्च, विलासी बस्तुको आयातमा रोक लगाउन सरकारलाई विज्ञको सुझाव
काठमाडाैँ २३,असोज । डलरको तुलनामा नेपाली मुल्य कमजोर हुने क्रम रोकिएको छैन । १ डलरको विनिमय दर आज १ सय १८ रुपैयाँ ८० पैसा कायम भएको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च विनिमय दर हो । व्यापार हिस्सा सबैभन्दा वढी ओगोटेको भारतसँगस्थिर विनिमय दर भएपनि डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परिरहेको छ ।
डलरको मूल्य पनि बढ्दै जाने र आयत समेत उच्च भएपछि चालु आर्थिक वर्षको पहिलो महिनामै व्यापार घाटा १ खर्व १४ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । चरम व्यापार घाटाले भुक्तानीमै समेत असर गर्ने भएपछि विलासी समामानको आयत रोक्न सरकारले कठोर कदम चाल्नुपर्ने बेला आएको अर्थविद् केशव आचार्यले बताउनुभयो, उहाँले भन्नुभयो, महंगा गाडी तथा अन्य विलासिताको सामान आयतमा बढी कर लगाउने वा रोक्ने सम्वन्धी कुनै विकल्प रोज्ने हो भने व्यापार घाटा नियन्त्रण गर्न सकिन्छ । भुक्तानी सन्तुलनमै असर पर्न थालेपछि भारतले विभिन्न १८ वटा सामानको आयतमा बन्देज लगाएको छ ।
यस्तै श्रीलंकाले पनि विलासी गाडी तथा फर्निचरको आयतमा परिमाणात्मक बन्देज लगाएको छ । राष्ट्रिय अर्थतन्त्र नै धरापमा पर्ने भएपछि विलासी वस्तुको आयतमा वन्देज लगाउनु विश्व व्यापार संगठन र खुला बजार नीति विपरित नहुने आचार्यको तर्क छ । अर्थविद् पोषराज पाण्डेले पनि व्यापारमा चरम घाटा नियन्त्रण गर्न वढ्दो आयत नियन्त्रण गर्नु पर्नेमा जोड दिनुभयो । सन् २०१८ सुरु भएपछि निरन्तर रूपमा डलर बलियो बन्दै गएको छ । यही क्रममा मंगलबार एक अमेरिकी डलरको विनिमय दर करिब एक सय १९ रुपैयाँ नजिक पुगेको हो । पछिल्ला दिनहरूमा डलरको विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ । सोमबार एक सय १८ रुपैयाँ ३३ पैसा पुगेको डलर मंगलबार एक सय १८ रुपैयाँ ८० पैसा पुगेको हो । राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको (खरिद दर) एक सय १८ रुपैयाँ २० पैसा तोकेको छ । यो पनि हालसम्मकै उच्च हो ।
किन बढ्दै छ डलर ?
१ जनबरी २०१८ मा एक अमेरिकी डलरसँग नेपाली मुद्राको सटही दर एक सय दुई रुपैयाँ ५० पैसा थियो । त्यसपछिका महिनाहरूमा नेपाली मुद्रा डलरसँग निरन्तर रूपमा कमजोर बनिरहेको छ । यसको अर्थ डलर बलियो बन्दै गएको छ भने नेरु कमजोर । जानकार भन्छन्, ‘भारतीय अर्थतन्त्रको प्रभावका कारण नेपाली मुद्रा पनि डलरको तुलनामा कमजोर हुँदै गएको हो ।’ यो अवधिमा डलरको तुलनामा भारतीय मुद्रा (भारु) कमजोर बन्दै गएको छ । भारुसँग नेपाली मुद्रा (नेरु) को स्थिर विनिमय दर छ । यही कारण भारु अवमूल्यन हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेरुमा पनि परेको हो ।
नेपालमा वार्षिक करिब साढे १२ खर्ब रुपैयाँ बराबरको आयात हुन्छ । तर, निर्यात करिब ८१ अर्ब मात्र छ । कुल वैदेशिक व्यापारको ६४.७ प्रतिशत अंश भारतसँग छ । डलरको तुलनामा भारु कमजोर भयो । स्थिर विनिमय दरका कारण भारुको असर नेरुमा पर्यो । भारत र अन्य मुलुकबाट आयात गर्दा अधिकांश भुक्तानी डलरमा दिनुपर्छ । यसकारण डलर महँगो हुन्दा स्वत: विदेशबाट भित्रिने सामान पनि महँगो हुन्छ । अहिले पनि त्यही भइरहेको छ । यसकारण डलरको मूल्यवृद्धिमा संर्वसाधारणको चासो बढ्नु स्वाभाविक हो ।
भारु किन कमजोर ?
नयाँ अंग्रेजी वर्षको सुरुआतदेखि सेप्टेम्बरसम्म भारतीय रुपैयाँ डलरसँग १२ प्रतिशत बढीले अवमूल्यन भएको छ । सोमबारको सटही दरअनुसार एक डलर किन्न भारु करिब ७४.२ रुपैयाँ खर्चिनुपर्छ । जनबरी १ मा एक डलरबराबर भारु ६३.८ रुपैयाँ थियो । उक्त अवधिमा डलरको भाउ निरन्तर बढिरहेको छ भने भारुको घटिरहेको छ । आखिर किन अवमूल्यन भइरहेको छ भारु ? यसको एउटै उत्तर छैन तर विश्लेकषकहरू भन्छन्, ‘यसमा भारतभित्र र बाहिरका विभिन्न प्रभाव र कारणले काम गरिरहेको छ ।’
भारतीय बजारमा बढ्दो इन्धन खपत र विश्ब बजारमा इन्धनको बढ्दो मूल्य पनि हो । भारतले आफ्नो ८० प्रतिशत कच्चा तेल विभिन्न देशसँग आयात गरिरहेको छ । यसको कारोबार डलरमै हुन्छ । इन्धनको माग बढ्दा आयात बढ्नु र इन्धनको मूल्य बढ्दा आयात भुक्तानीका लागि तिर्नुपर्ने रकम पनि बढ्छ । भारतबाट यो वर्षअघिल्लो वर्षभन्दा बढी डलर बाहिरिएको छ । यसको अर्थ हो भारतलाई इन्धन खरिदका लागि पहिलेभन्दा बढी डलर चाहिएको छ । अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार माग बढी भए त्यसको मूल्य स्वत: बढ्छ । भारतीय सञ्चार माध्यमहरूले प्रकाशित गरेको तथ्यांकअनुसार भारतमा दैनिक खपत हुने इन्धन अघिल्लो वर्षको भन्दा दोब्बर हुने प्रक्षेपण छ । भारतमा अघिल्लो वर्ष दैनिक ९३ हजार ब्यारेल इन्धन खपत भएको थियो । यो वर्ष औसत दैनिक खपत दोब्बर बन्दै एक लाख ९० हजार ब्यारेल पुग्ने अनुमान छ ।
पहिलो, पेट्रोलियम प्लानिङ एन्ड एनालाइसिस सेल (पीपीएसी) ले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतले इन्धन आयातमा हुने खर्च यो वर्ष २४ प्रतिशतले बढ्ने अनुमान छ । भारतले वर्ष २०१७/१८ मा इन्धन आयातमा ८८ अर्ब डलर खर्चिएको थियो । यो खर्च वर्ष २०१८/१९ मा एक सय ९ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । केहीअघि भारतमा भएको आर्थिक सर्वेक्षणले पनि इन्धनको मूल्य बढ्दा भारतीय अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने निष्कर्ष निकालेको थियो । उक्त सर्वेक्षणअनुसार प्रतिब्यारेल १० डलर कच्चा तेलको भाउ बढे भारतीय अर्थतन्त्र ०.२ देखि ०.३ प्रतिशतले घट्छ । तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक) को तथ्यांकअनुसार सन् २०१७ भर प्रतिब्यारेल कच्चा तेलको मूल्य करिब ५१ डलर थियो ।
सन् २०१८ को अहिलेसम्म प्रतिब्यारेल कच्चा तेलको मूल्य करिब साढे ६९ डलर छ । यो वर्ष कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब १८ रुपैयाँले बढेको छ । भारतीय आर्थिक सर्वेक्षणको निष्कर्षलाई आधार मान्ने हो भने तेलमा बढेको मूल्यका कारण भारतीय अर्थतन्त्रलाई असर गरेको छ । पछिल्ला दिनहरूमा भारतको व्यापार घाटा र चालु खाता घाटा निरन्तर फराकिलो बन्दै जानुले पनि यो पुष्टि हुन्छ । दोस्रो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ व्यापार नीतिले पनि भारतीय अर्थतन्त्रलाई प्रभावित पारेको छ । ट्रम्पको चीन लक्षित नीतिले भारतीय बजार पनि प्रभावित भएको हो । अमेरिकाले मार्चदेखि क्यानडा र मेक्सिकोबाहेक अन्यत्रबाट आफ्नो देश छिर्ने स्टिल र आल्मुनियममा क्रमश: २५ र १० प्रतिशत भन्सार शुल्क लगाएको थियो । तथ्यांकअनुसार भारतले अमेरिकामा वार्षिक डेढ अर्ब डलर बराबरको स्टिल र आल्मुनियम निर्यात गर्छ ।
भारतले आफूलाई पनि क्यानडा र मेक्सिकोजस्तै सुविधा दिन माग गर्दै आए पनि अमेरिकाले अस्वीकार गरेको छ । त्यसको जवाफस्वरूप भारतले अमेरिकाबाट आफ्नो देश आयात हुने बदाम, ओखर र स्वाउसहित दुई दर्जन सामानमा भन्सार महसुल बढाउन निर्णय गरेको सामाचारहरूमा उल्लेख छ । तेस्रो, जुलाई ३१ म अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१७ मा अमेरिकाले भारतसँग सामान व्यापारमा करिब २३ अर्ब डलरको घाटा बेहोरेको छ । सेवातर्फ भने अमेरिकी घाटा करिब साढे ४ अर्ब छ । अमेरिकी नीतिका कारण चर्किएको व्यापार द्वन्द्वले भारतीय बजारमा सामानको भाउ बढेको छ जसका कारण भारतबाट बाहिरिने डलर परिणाम पनि बढेको छ ।
भारतको कुल व्यापार घाटा पनि भारू अवमूल्यनको प्रमुख कारण हो । तथ्यांकअनुसार आर्थिक वर्ष २०१७/१८ मा भारतको व्यापार घाटना एक सय ५७ अर्ब डलर छ । यो सन् २०१२/१३ पछिको सबैभन्दा ठूलो व्यापार घाटा हो । सन् २०१६ मा भारतले एक सय १८ अर्ब डलर व्यापार घाटा बेहोरेको थियो । अन्तर्राष्ट्रिय व्यापारमा कारोबार डलरमा हुने भएकाले व्यापार घाटा हुनुको अर्थ देशबाट बढी डलर बाहिरिनु र कमडलर भित्रिनु हो । यस्तो अवस्थामा डलरको मागको तुलनामा आपूर्ति कम हुन्छ । त्यसले डलरको मूल्य बढाउँछ । अहिले भारतमा पनि त्यही भएको हो । त्यसको असर नेरुमा पनि पर्यो ।
चौथो, भारतमा रहेका विदेशी लगानीकर्ताले लगानी फिर्ता लैजानु पनि डलर बलियो बन्नुको अर्को कारण हो । भारतीय सञ्चार माध्यमका अनुसार यो वर्षको जनवरीदेखि जुनसम्मको अवधिमा कुल ४७ हजार करोडभन्दा बढी वैदेशिक लगानी भारतबाट फिर्ता भएको छ । यसरी फिर्ता हुने रकम लगानीकर्ताले डलरमै लैजाने हुनाले पनि डलरको भाउ बढ्छ । यो अवधिमा भारतबाट फिर्ता भएको विदेशी लगानी पछिल्लो एक दशककै उच्च हो ।
छोटो समयमा भारतबाट मात्रामा विदेशी लगानी बाहिरिनुको कारण त्यहाँको राजनीतिक अस्थिरता भएको भारतीय सञ्चार माध्यमहरूको विश्लेषण छ । आगामी वर्ष अप्रिल वा मेमा भारतमा आम चुनाव हँुँदै छ । पछिल्लो पटक भारतीय जनता पार्टी नेतृत्व सरकारको अलोकप्रियता बढ्दो छ । यसकारण आगामी चुनाव कसले जित्छ भन्ने अनुमान गर्न कठिन छ । आगामी चुनावबाट सरकारको नेतृत्व परिवर्तन भए सरकारले वैदेशिक लगानीको नीति परिवर्तन गर्न सक्ने भएकाले पनि विदेशी लगानीकर्ताले भारतबाट ठूलो मात्रामा लगानी फिर्ता लगिरहेको अनुमान छ । यी कारणले डलरको तुलनामा भारु अवमूल्यन भइरहेको छ । यसको सीधा प्रभाव नेपाली रुपैयाँमा पनि परेकाले भारुसँगै नेरु पनि अवमूल्यन हुँदै गएको हो ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












