सामाजिक सुरक्षा भत्तामा व्यापक भ्रष्टाचार
रौतहट २४, असोज। अपरिचित मानिसहरु आएर ‘राजपति देवीसँग भेट्नु छ, बोलाइदिनुस् न’ भनेपछि गौर नगरपालिका ४ का वडाअध्यक्ष भुवनेश्वरकुमार शाही छक्क परे । नपरुन् पनि किन ? उनकी आमा राजपतिको निधन भएको पनि १२ वर्ष भइसकेको थियो ।
शाहीले ठट्टा गर्दै भने, ‘उहाँलाई भेट्न त माथि जानुपर्छ ।’ उनले आमा बितेको १२ वर्ष भएको भन्दै मृत्युदर्ताको प्रमाणपत्र देखाए । त्यही प्रमाणले खुल्यो, नगरपालिकाको बदमासी ।
शाही घरमा गएर राजपति देवीलाई खोज्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी थिए । ‘अख्तियारका कर्मचारीहरु दैलोमा आएर राजपति देवीसँग भेट्नु छ भने’ शाही भन्छन्, ‘१२ वर्षअघि निधन भएको आमासँग कसरी भेटाइदिनू ?’
शाहीका अनुसार राजदेवीको नाममा जेष्ठ नागरिक भत्ता बुझेको देखिएपछि अख्तियारको टोली आएको रहेछ । राजपतिको नामबाट आफूहरुले समाजिक सुरक्षा भक्ता नबुझेको भन्दै वडाध्यक्ष शाहीले नगरपालिकाकै कर्मचारीले रकम बुझेको दाबी गरे ।
नगरपालिकाका कर्मचारीले वडा नम्बर ४ मा मात्र २५९ जना व्यक्तिको नाममा फर्जी लगत तयार गरेर बर्षौंदेखि सामाजिक सुरक्षा भक्ता बुझेको पाइएको छ ।
हेटौंडा कार्यालयमा उजुरी परेपछि अख्तियारका कर्मचारीले भत्ता बाँडिएको भनिएका व्यक्तिहरुको घरघरमा पुगेर अध्ययन गर्दा भ्रष्टाचारको पोल खुलेको वडाध्यक्ष शाहीले बताए । उनका अनुसार उमेर नपुगेकालाई समावेश गर्नेदेखि मृत्यु भइसकेकाहरुको नाममा रकम निकासा गरेरको पाइएको छ ।
समाजिक सुरक्षा फाँटका अधिकृत तथा कर्मचारीको बदनीयतपूर्ण कार्यका कारण नगरपालिकाको एउटा वडामा २५९ जनाको भत्तामा अनियमितता भेटिएको छ ।
गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले सामाजिक सुरक्षाको रकममा अनियमितता भएको स्वीकार गर्दै अहिले सच्याउने काम भइरहेको बताए ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












