६३ औं प्रहरी दिवस मनाइँदै, हेडक्वार्टरमा प्रधानमन्त्री जाने
काठमाडौं २५,असोज। नेपाल प्रहरीले बिहीबार विशेष समारोहको आयोजना गरी ६३ औं प्रहरी दिवस मनाउँदैछ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।
दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले विशेष समारोहको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।
बिहान ७ बजेदेखि सुरु हुने कार्यक्रममा १३ वटा विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई पनि पुरस्कृत गरिँदैछ । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सिभिलियनतर्फ प्रहरीलाई सहयोग गर्ने दाता र साहित्यकार एवं लेखकलाई पनि पुरस्कृत गरिनेछ ।
‘संगठनभित्रबाट सर्वोत्कृष्ट ट्राफिक प्राविधिक, व्यवस्थापक, प्रशिक्षक, खेलाडी, अनुसन्धानकर्ता, आन्तरिक तथा बाह्य प्रशिक्षक, दैविक प्रकोप उद्धारक, उत्कृष्ट सामदायिक प्रहरी लगायत सम्मानित हुनेछन्’, उनले अनलाइनखबरसँग भने, ‘यही अवसरमा योगेन्द्र स्मृति सहासिक पुरस्कार पनि प्रदान गरिनेछ ।’
उनका अनुसार समारोहमा प्रहरीका उच्च अधिकारीहरुदेखि लिएर विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको पनि उल्लेख्य सहभागिता रहनेछ ।
सोही अवसरमा पूर्वउच्च प्रहरी अधिकारीहरुबीच पनि पुनर्मिलन कार्यक्रम राखिएको छ । ‘पूर्वप्रहरी महानिरीक्षकहरुदेखि अन्य उच्च अधिकारीहरुसँग भेटघाट र छलफलसहितको अन्तरक्रियात्मक कार्यक्रम पनि राखिएको छ’, क्षेत्रीले थपे, ‘त्यसअघि श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम छ । जहाँ प्रधानमन्त्रीज्यू पनि सरिक हुनुहुनेछ ।’
दिवसको अवसरमा विभिन्न जिल्लाका प्रहरी कार्यालयले पनि विविध कार्यक्रम आयोजना गरेका छन् । रक्तदानदेखि सरसरफाइ कार्यक्रमसम्म गरेर यो दिवस भव्यताका साथ मनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
तीन दिनसम्म जारी रहने यो दिवस बुधबारबाट मनाउन सुरु गरिएको भए पनि बिहीबारलाई मुख्य दिन मानिन्छ । दिवसको अवसरमा ३ दिनै विभिन्न प्रहरी कार्यालयले हरेक साँझ दिपावली पनि गरिरहेका छन् ।
त्यसैगरी नेपाली सेनाले पनि आज दशैंको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम राखेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा कार्यक्रम हुन लागेको हो ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











