६३ औं प्रहरी दिवस मनाइँदै, हेडक्वार्टरमा प्रधानमन्त्री जाने
काठमाडौं २५,असोज। नेपाल प्रहरीले बिहीबार विशेष समारोहको आयोजना गरी ६३ औं प्रहरी दिवस मनाउँदैछ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।
दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले विशेष समारोहको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।
बिहान ७ बजेदेखि सुरु हुने कार्यक्रममा १३ वटा विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई पनि पुरस्कृत गरिँदैछ । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सिभिलियनतर्फ प्रहरीलाई सहयोग गर्ने दाता र साहित्यकार एवं लेखकलाई पनि पुरस्कृत गरिनेछ ।
‘संगठनभित्रबाट सर्वोत्कृष्ट ट्राफिक प्राविधिक, व्यवस्थापक, प्रशिक्षक, खेलाडी, अनुसन्धानकर्ता, आन्तरिक तथा बाह्य प्रशिक्षक, दैविक प्रकोप उद्धारक, उत्कृष्ट सामदायिक प्रहरी लगायत सम्मानित हुनेछन्’, उनले अनलाइनखबरसँग भने, ‘यही अवसरमा योगेन्द्र स्मृति सहासिक पुरस्कार पनि प्रदान गरिनेछ ।’
उनका अनुसार समारोहमा प्रहरीका उच्च अधिकारीहरुदेखि लिएर विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको पनि उल्लेख्य सहभागिता रहनेछ ।
सोही अवसरमा पूर्वउच्च प्रहरी अधिकारीहरुबीच पनि पुनर्मिलन कार्यक्रम राखिएको छ । ‘पूर्वप्रहरी महानिरीक्षकहरुदेखि अन्य उच्च अधिकारीहरुसँग भेटघाट र छलफलसहितको अन्तरक्रियात्मक कार्यक्रम पनि राखिएको छ’, क्षेत्रीले थपे, ‘त्यसअघि श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम छ । जहाँ प्रधानमन्त्रीज्यू पनि सरिक हुनुहुनेछ ।’
दिवसको अवसरमा विभिन्न जिल्लाका प्रहरी कार्यालयले पनि विविध कार्यक्रम आयोजना गरेका छन् । रक्तदानदेखि सरसरफाइ कार्यक्रमसम्म गरेर यो दिवस भव्यताका साथ मनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
तीन दिनसम्म जारी रहने यो दिवस बुधबारबाट मनाउन सुरु गरिएको भए पनि बिहीबारलाई मुख्य दिन मानिन्छ । दिवसको अवसरमा ३ दिनै विभिन्न प्रहरी कार्यालयले हरेक साँझ दिपावली पनि गरिरहेका छन् ।
त्यसैगरी नेपाली सेनाले पनि आज दशैंको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम राखेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा कार्यक्रम हुन लागेको हो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












