नेपालका भेट्रान क्रिकेटर शक्ति गौचन घरेलु क्रिकेटबाट सन्यास लिने मनस्थितिमा
शक्तिका दुर्लभ कीर्तिमान
काठमाडौं २५, असोज । नेपालका भेट्रान क्रिकेटर शक्ति गौचन घरेलु क्रिकेटबाट पनि सन्यास लिने मनस्थितिमा पुगेका छन् । उनले गत साउनमा गत साउनमा अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यास लिएका थिए ।
३४ वर्षीय शक्ति अहिले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटका लागि तयारी गरिरहेका छन् । तर, छिट्टै घरेलु प्रतियोगिताबाट सन्यास लिने सोच बनाएका छन् ।
‘म अहिले पीपीएलको तयारीमा छु । अन्तिम निर्णय त गरिसकेको छैन तर, घरेलु क्रिकेटमा यो मेरो अन्तिम सिजन हुनसक्छ’ शक्तिले अनलाइनखबरलाई भने ।
अब क्रिकेटबाटै थाक्नुभएको हो ? भन्ने प्रश्नमा शक्तिले भने, ‘थाकेको होइन, झन् जाँगर लागेको हो । खेल्नेभन्दा पनि बढि हामीले अब क्रिकेट विकासतर्फ ध्यान दिनुपर्छ ।’
उनले अघि भने, ‘खेल्ने खेलाडी सीमित भइसकेका छन् । खेलको विकास कसले गर्ने ? त्यो जिम्मेवारी कसरी लिने ? भन्ने प्रश्नले म सन्यासको मनस्थितिमा पुगेको हुँ ।’
नेपाली क्रिकेट पछिल्लो केही वर्षयता अभिभावकविहीन छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेपछि ग्रास रुटदेखि नेपाली क्रिकेटको विकास ठप्प भएको छ ।
हुन त त्यसअघि पनि नेपाली क्रिकेटको अवस्था राम्रो थिएन । क्यानभित्रको विवाद, खिचतानीलगायत राजनीतिक पक्षबाट नेपाली क्रिकेट खेलाडी निराश नै थिए ।
क्यान निलम्बन भएकै बेला क्रिकेट खेलाडीको आफ्नै बलबुताले नेपालले इतिहास रच्दै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो । यसमा शक्तिको पनि ठूलो योगदान छ ।
तर, सीमित खेलाडीले पाएको यो उपलब्धी कति दिनसम्म टिकाई राख्ने ? यो प्रश्न शक्तिको दिमागमा घुमिरहेको थियो । यही प्रश्नको जवाफ खोज्दै गर्दा उनले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यास लिने निर्णय गरेका थिए ।
गत साउन १६ र १८ गते नेदरल्यान्ड्ससँग उसैको भूमिमा २ खेलको एक दिवसीय क्रिकेट सिरिज खेल्न जानुअघि शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरे ।
शक्तिले आफु अनफिट भएर सन्यास घोषणा गरेका थिएनन् । उनको योजना र आकांक्षा अर्को थियो । उनले भने, ‘पारस, ज्ञानेन्द्र, शरद, बसन्तहरु पनि केही समयमा विदा हुन्छन् । उनीहरूको सट्टामा दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछानेलगायत अन्य खेलाडी छन्, तर जुन लेभलमा हामी माथि आउन खोजिरहेका छौं, त्यो लेभलको खेलाडी उत्पादन गर्न सकिरहेका छैनौं । के आउने ५-१० वर्षमा त्यो सम्भव छ त ? यो सोचेर मैले सन्यास लिएको थिएँ ।’
जिल्ला, प्रदेश र राष्ट्रलाई नै नेतृत्व गर्ने क्रिकेट विकासको योजना लिएर अघि बढ्ने शक्तिको लक्ष्य छ ।
खेलाडी जीवनबाट सफल शक्ति ब्यवस्थापन र नेतृत्वकर्ताको भूमिकाबाट पनि सफल हुन चाहन्छन् । भन्छन्, आफ्नै क्रिकेट एकेडेमी मात्रै हैन कि पहिला जिल्ला, प्रदेश र राष्ट्रलाई नै सहयोग गर्ने खालको मेरो योजना छ । यसलाई म दुई वर्षभित्र कार्यान्वयनमा ल्याउने छु । फ्रेन्चाइज लिगहरू भए पनि नेपाली क्रिकेटको विकास गर्नकै लागि ग्रासरुटको कार्यक्रमहरु भएको छैन । त्यसलाई लक्षित गर्दै म वान डे क्रिकेटहरु आयोजना गर्ने छु ।’
‘एक हिसाबले यो सोचे हुन्छ कि शक्ति गौचनले क्रिकेट विकासको लागि आफ्नो खेल जीवन त्यागेको हो । खेल्ने रहर बाँकी छ, तर…’, शक्तिले भने ।
शक्तिका दुर्लभ कीर्तिमान
सन् २०१२ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोरअन्तर्गत मलेसियाविरुद्ध शक्ति गौचनले कीर्तिमान राखेका थिए । १० ओभर बलिङ गरेका शक्तिले ८ मेडन ओभर राख्दै २ रन मात्र खर्चेर ३ विकेट लिएका थिए । जुन बेस्ट इकोनोमीको कीर्तिमान अहिलेसम्म नेपालका कुनै पनि खेलाडीले तोड्न सकेका छैनन् ।
त्यसो त, शक्तिले सिनियर टिमबाट ह्याट्रिक विकेट पनि लिएका छन् । उनले आईसीसी टी-२० छनोटको खेलमा डेनमार्कविरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।
शक्ति ब्याटिङमा पनि त्यतिकै सशक्त थिए । उनले अहिलेसम्म २ शतक बनाएका छन् । सन् २००१ मा माल्दिभ्सविरुद्ध उनले यू-१९ टिमबाट शतक प्रहार गरेका थिए । त्यो कुनै पनि नेपाली ब्याट्सम्यानले अन्तर्राष्ट्रिय म्याचमा बनाएको दोस्रो शतक थियो । त्यस्तै, उनको नाममा सिनियर राष्ट्रिय टिममा पनि शतक छ । सन् २००५ मा इटालीविरुद्ध शक्तिले शतक बनाएका थिए ।
शक्ति गौचन त्यस्ता खेलाडी हुन्, जसले राष्ट्रिय टिमबाट सबैभन्दा पहिले १००० रन बनाएका थिए ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












