मधेशको विकास जरुरी
धनुषा। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताउनुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ ।”
मन्त्री महासेठले चार वर्षभित्र मधेशका सम्पूर्ण गल्ली गल्लीका सडकलाई मुख्य सडकसम्म जोड्ने र गाउँ गाउँलाई सदरमुकामसँग जोड्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी डिसेम्बरदेखि जयनगरदेखि जनकपुरसम्म रेल सेवा नियमित रुपमा सञ्चालन हुने र आगामी चार वर्षभित्र पूर्व पश्चिम रेल सञ्चालन हुने बताउनुभयो ।
हुलाकी सडक निमार्णको कार्य पनि अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चलाउने जनतासँग गरेको प्रतिबद्धता पनि आगामी एक वर्षभित्र पूरा हुने धारणा व्यक्त गर्नुभयो ।
मधेशको अधिकारका लागि राजपा प्रतिबद्ध : भण्डारी
राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले मधेश र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राजपा नेपालले आज जनकपुरमा आयोजना गरेको शुभकामना कार्यक्रममा उहाँले भन्नुभयो, “मधेशको हकअधिकार प्रवद्र्धनका लागि अहिले संविधान संशोधनका लागि दबाब दिनुपर्ने आवश्यक्ता छ । ”
नेता भण्डारीले मधेशी जनताको चाहना बमोजिम संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै यसको लागि सरकार आनाकानी गरिरहेको गुणासो गर्नुभयो ।
प्रदेश नं २ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायले मधेशको स्वाभिमान, सम्मान र अधिकारका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राजपाका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रियसभाका सदस्य वृषेशचन्द्र लाल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रीता झा, हंसपुर नगरपालिकाका उपप्रमसख रेणु झालगायतले मधेशलाई अधिकार सम्पन्न बनाउन राजनीतिक नेतृत्वले गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । ९रासस०
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












