कुरा सामान्य, परिणाम असामान्य
विशेष लेख

गोकुल पोखरेल/८३ वर्षको उमेरमा स्वस्थ रहने प्रयत्न निकै चुनौतीपुर्ण हुन्छ । त्यसमाथि दम , रक्तचाप र चिनीका रोगीहरूले अतिरिक्त सावधानी अपनाउनुपर्ने हुन्छ । नियमित रूपमा विभिन्न थरिका ट्याब्लेट र क्याप्सुले आयु लम्बाउन केहि हदसम्म मदत गर्दछन् । किनकी खानपानमा चिल्लो कम भएको शाकाहारी भोजनले पाचन शक्तिलाई मदत गर्दछ । मासांहारमा वोसोयुक्त पदार्थ बढी पाइने हुनाले रगतलाई बाक्लो बनाएर समस्या पैदा गर्न सक्छ ।
उचित आहारका साथै नित्य केहि समय पैदल भ्रमण अथवा १० मिनेट सम्मको व्यायाम गर्नाले शिथिल हुदै गएका मांशपेशी र अंगमा पुनर्ताजगीको संचार हुन्छ । स्वस्थ रहेर सामान्य दिनचर्या चालु राख्न मदत पु¥याउछ । आयु लम्याउन र स्वस्थ रहेर जीवन व्यतीत गर्ने पद्धतिको अनुसरण धेरै जसो आत्म संयम, उचित र सन्तुलित आहारमा भर पर्दछ । भने अनुशासनमा रहन चाहने व्यक्तिहरू नाना थरीका रोगको रोगको शिकार बन्ने गर्दछन् ।
मानिसले आफ्नो आयु लम्याउन सक्ने जानकारी र साधनहरू आजको विज्ञान प्रविधिको युगमा प्रसस्तै विकसित भएका छन् । त्यसैले होला ६० वर्ष अघिको तुलनामा अहिले नेपालमा मानिसको औसत आयु ७० वर्ष नाघेको छ । ८० वर्ष कटाउने दीर्घजीविहरूको संख्या दिनानुदिन बढ्दै छ । तर केहि वर्ष यता मुलुकमा शहरी क्षेत्रमा मानव सिर्जित र नियन्त्रण गर्न पनी नसकिने कार्वन ग्यास ठूलो उत्सर्जन स्वास्थ्य चुनौती बन्दै गएको छ । खास गरेर ४० लाख आवारी भएको काठमाडौँ उपत्यका जनस्वास्थ्यका दृष्टिमा सर्वाधिक जोखिममा परेको छ । उपत्यकामा दिनभर करिब १० लाख ठूला साना सवारी साधनहरू बन्दछन् । त्यसमाथि थप मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएको त्यो पनि घना आवारीको ज्यादै निकट रहेकाले उपत्यकामा वायु मण्डलमा प्रदुषणको मात्रा धेरै बढाएको छ । ५०० गाडीबाट निस्कने हानीकारक कार्वनमोनोअक्साइड एउटा हवाइजहाजको उडान र अवतरणबाट थप धेरै वायु प्रदूषण बढाएको छ । दुई वर्ष अघि गएको भूकम्पपछि पुन:निर्माण र नयाँ घर निर्माणले धेरै गति लिएको देखिन्छ । उपत्यकामा खालि जग्गा दुर्लभ हुदैछन् भित्री क्षेत्रबाट वरिपरीका पहाडी इलाकाको फेदीतिर जनसंख्या वृिद्धको चाप बढ्दै गएको छ । यसमा बाहिरी वाहिरी रिङ रोडको विकासले जनघनत्व अझ धेरै गुणा बढाउनेछ ।
अनियन्त्रित रूपमा प्रर्ती जग्गाको उपयोगमा चाप बढेको अवस्थामा आउँदा दस वर्षमा वरिपरिका डाडापाखाहरूमा कंक्रीटका जंगल बढनेछन् । र, बचे खुचेको हरियाली पनी खुम्चिएर जानेछन् । विगत पाँच वर्षभित्र मुलुकमा महान ऐतिहासिक परिवर्तन भएका छन् । नयाँ संविधान मार्फत मुलुकमा संघीय संरचनामा रूपान्तरित भएको छ । संविधान केन्द्र, प्रदेश र स्थानीय तहमा राज्य सत्ताको बाँडफाँड र शक्तिको विकेन्द्रीकरण भई आमनिर्वाचन मार्फत् ती निकायहरू हाल क्रियाशील हुन थालेका छन् ।
अधिकार अक्सर र सुविधाहरूको विकेन्द्रीकरणको आशय राजधानीमा परेको अत्याधिक जनघनत्व अरू केन्द्रहरू तर्फ आकर्षित गर्नुपर्ने हो । तर पनि राजधानीमा बसोबास गरेमात्र सबै सुविधा पाइने, आवश्यक सीप सिकेर विदेश जान पाइने, रोजगारी व्यापारमा पँहुच हुने मानसिकतालाई अरू प्रदेश केन्द्रहरूले प्रतिस्पर्धा गर्न सकेका छैनन् । उपत्यकामा बढेको जनघनत्वलाई व्यवस्थित गर्नेतर्फ हाम्रा रणनीतिक सोचहरू त्रुटिपूर्ण, कमजोर र प्रभावकारी छैनन् । यसैले अब बस्तीको विस्तारभन्दा भइरहेका बस्तीहरूको योजनाबद्ध व्यवस्थापन गर्नुपर्दछ ।
पर्यावरण र जनघनत्वबिच वान्छनीय सन्तुलन ल्याउने र उपत्यकाभन्दा बाहिका सीमावर्ती इलाकामा वस्ती विकासलाई प्रोत्साहित गर्न आवश्यक रणनीति र कार्यक्रम तयार गरिनुपर्दछ । काठमाडौँ उपत्यकामा मोटर चल्ने मार्गका बिस्तारको साथै अन्य मुलुकमा जस्तो साइकल गुड्ने बाटो पनि विकास गर्नुपर्दछ । किनकी यसको जनस्वास्थ्यसँग गहिरो सम्बन्ध हुन्छ । जनस्वास्थ्यका दृष्टिले उपत्यकामा देखा परेका नैराश्यपूर्ण स्थितिमा सुधार ल्याउन नीति निर्माता र प्राविधिकहरूले देहायका सुझावहरूमा ध्यान दिनु उचित हुनेछ ।
(क) उपत्यकाका ५ वटै नगरका भित्री इलाका बाहेक वाहिरका क्षेत्रमा वस्ती विकास गर्नुपर्छ । अरू मुलुकहरूको जस्तै हल्का घर निर्माणका सामग्रीहरू प्रयोग गर्न प्रोत्साहित गरिनुपर्छ ।
(ख) वस्तीहरूको योजना गर्दा नै केटाकेटी खेल्ने पार्क, हरियाली मैत्री जग्गा विकासलाई प्रोत्साहित गरिनुपर्दछ ।
(ग) निजी आवास विकास गर्नेहरूले आफ्नो कम्पाउन्डभित्र खाली जग्गा राखेर तरकारी लगाउने, हरियाली बढाउन रूख विरूवा लगाउने काम गरेका त्यस्ता घरधनीहरूलाई प्रोत्साहन स्वरूप घर जग्गा करमा सहुलियत तथा अन्य छुटहरूको व्यवस्था हुन जरूरी छ । हाल भूकम्पपछि जताततै पुननिर्माणको लहर चलिरहेको अवस्थामा जनस्वास्थ्य र पर्यावरण मैत्री योजना र निर्देशिका तर्जुमा भई कार्यान्वयन गरिनुपर्छ ।
(घ)उपत्यकामा हुने अत्याधिक वायुप्रदूषण माथि नियन्त्रण गर्न हानीकारक शीशारहित
(leadfree) पेट्रोल महङ्गै भएपनि आयत गर्नुपर्छ । विदाका दिनमा जोर विजोर सवारीसाधन चलाउने व्यवस्था भएमा प्रदुषणको चाप केही कम हुन जानेछ र जनस्वास्थ्य पनि कम जोखिमयुक्त बन्नेछ ।
लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।
तस्बिर : रमेश दवाडी /न्युज–नेपाल
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












