नेकपा प्रवक्ता नारायणकाजीको राजीनामा अस्वीकृत
कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेकपा केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले प्रवक्ताबाट श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको हो ।
डा.गोविन्द केसीको अनसन प्रकरण र त्यसपछि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले गरेका कतिपय निर्णयमा नीतिगत असहमति जनाउँदै श्रेष्ठले यसअघि सचिवालय समक्ष राजीनामा दिएका थिए । उनको राजीनामा लामो समयदेखि अनिणिर्त अवस्थामा थियो ।
सोमबारको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिदेखि प्रवक्ता श्रेष्ठले उठाएका नीतिगत विषयमा समेत लामो छलफल भएको स्रोतले जनाएको छ ।
सोमबारको बैठकमा नेताहरूका असन्तुष्टि र नीतिगत रूपमा उठाएका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिने र आगामी दिनमा सच्याउँदै अघि बढ्ने प्रतिवद्धता अध्यक्षद्धयले व्यक्त गरेका थिए । बैठकमा विशेषतः अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति नेताहरुको असन्तुष्टि थियो ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












