सरकारलाई जनताले थुकिराखेका छन् : गजुरेल
काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले जनताले यो सरकारलाई थुकिराखेको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने ‘कहिलेकाहीँ कम्युनिष्ट भन्नपनि हामीलाई लाजै लाग्छ । जनताले यो सरकारलाई थुकिराखेका छन् ।’
‘ओली सरकारको यो ७ महिनाको क्रियाकलाप र गतिविधि हेर्दाखेरि पूर्ण रूपमा असफल भयो । यसलाई सफल भन्ने केही पनि आधार छैन् गजुरेलले भने, ‘ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेदेखि पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ । त्यसको असर खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुमा परेको छ । दशैंअघि १२० रूपैयाँ पर्ने च्याउ दशैंको मुखमा २२० पर्यो, यसमा १०० प्रतिशत मुल्यवृद्धि भएको छ ।’
नेता गजुरेलले साँढे ३३ केजी सुन प्रकरणको बारेमा सरकारले केही समय हल्लीखल्ली मच्चाएपनि अहिले त्यो सुन नै गायब भएको आरोप लगाए । उनले भने,‘शान्ति, सुरक्षाको अवस्था त्यस्तै छ । निर्मला पन्तको बलात्कारप िहत्या भएको यत्तिका दिन भयो । तर, अहिलेसम्म बास्तविक अपराधी पत्ता लगाउन सकेको छैन । प्रधानमन्त्री ओलीले अपराधी पत्ता लगाउन १२ वर्ष लाग्न सक्छ भन्नुभयो । उहाँले यतिका वर्ष भैसक्यो मदन भण्डारीको हत्यारा पत्ता लगाउन सकिएको छैन भन्दै उदाहरण दिनुभयो ।’
मुलुकको राष्ट्रिय स्वाधिनता रक्षा गर्न पनि सरकार चुकेको उनले आरोप लगाए । उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा जनकपुरमा ओली र मोदीले लगाएको पोशाक हेर्नुभए पुग्छ, मोदी आउँदा २५० जना स्पेशल कमाण्डहरूले हिमालदेखि तराईसम्म परेड खेले । नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा अहिले भारतमा परेका छन् । त्यही नक्शा प्रधानमन्त्री कार्यालयमा झुण्डाएर राखिएको छ । ७ वटा प्रदेशमा प्रत्येक प्रदेशको १००१९ वर्ग किलोमिटर क्षेत्रफल पुग्दैन् । कहाँ हरायो ? भन्नेबारे सरकारलाई केही थाहा छैन् ।’
चिकित्सा क्षेत्रको सुधारको लागि २७ दिनसम्म अनशन बसेर डाक्टर गोविन्द केसीले सरकारसँग सम्झौता गरेको तर, सरकारले सदनमा त्योसम्बन्धी कुनै काम नगरेको उनको आरोप लगाए । उनले भने,‘सदनमा डाक्टर केसीको माग पूरा गराउन कुनै विद्येयक नै टेबुल भएन् । अहिले मेडिकल साईन्स पढ्ने प्रति विद्यार्थीबाट ३५ लाख बढि रकम असुली भैरहेको छ । भ्रष्टाचार त्यसैगरि मौलाएको छ । यी सबै कुरामा सरकार असफल भैसकेको छ।’
प्रधानमन्त्री ओलीले अब प्रत्येक नेपालीको घरको चुलोमा विजुलीको तार पुर्याउने भनेर हिजो सम्बोधन गरेकोप्रति टिप्पणी गर्दै गजुरेलले भने,‘विजुलीको तार त अहिलेपनि छ नि । जनताको आँखामा यसरी छारो हाल्ने काम गरिएको छ । योभन्दा हाँस्यस्पद अरू के हुन्छ?’ उनले वर्तमान सरकार दुई तिहाई बहुमतको भएको उल्लेख गर्दै अहिले संविधानतः सरकारलाई हटाउन नसकिने बताए ।
गजुरेलले भने,‘यो मन नपरेको र असफल भैसकेको सरकारलाई जनताले कति दिन र वर्ष बोकेर हिँड्नुपर्ने हो ? सरकारलाई हटाउनपनि सकिँदैन् । संविधानमा नै त्यस्तो प्रावधान राखेको छ । असफल सरकार बोकेर हिँड्नुपर्ने नेपाली जनताको नियती ? यो संविधानको असफलता हो । जनतालाई नै बोझ भएको सरकार हटाउन नपाउने ? संविधानमा त्यो अधिकार खोसिएको छ ।’
उनले अब यो सरकारलाई हटाउने एउटै उपाय अब सडक आन्दोलनमात्रै रहेको सुनाए । उनले भने,‘सडक आन्दोलनबाटमात्रै सरकार हटाउन सकिन्छ । हिजो सडक आन्दोलनबाट पञ्चायत ढल्यो। राजतन्त्र ढल्यो । ओली नेतृत्वको सरकारलाई संविधानतः हटाउनै सकिँदैन् । अब सडकबाटमात्रै हटाउन सकिन्छ । यो ७ महिनामा हामीले धेरै भोगिसकेका छौं । यो संविधान जनताको पक्षमा छैन् । खारेज गर्नुपर्छ । जनगणतन्त्र संविधान बनाउनुपर्छ । यो संविधान त्यस्तो छैन् ।’
सत्तामा नभएका वामपन्थीहरूसँग आफ्नो पार्टीले एकताको लागि वार्ता तथा छलफल गरिरहेको उनले सुनाए । उनले भने,‘एक राउण्ड छलफल हामीले विप्लवजीसँग पनि गर्यौं । मोहनविक्रम सिंहसँगपनि गर्यौं । ऋषि कट्टेलजीसँग वार्ता गर्यौं । अहिले वार्ता तथा छलफल परिपक्व भैसकेको छैन् । हामीसँग वैचारिक मतभिन्नताहरू छन् । तर, कार्यगत एकता गर्यौं । केही समय यता विप्लवसँग कार्यगत एकता अगाडि बढ्न सकेको छैन् । विप्लवका नेताहरूलाई सरकारले धरपकड गरेकोले अहिले हाम्रो सम्पर्क टुटेको छ।’
उनले आफ्नो तर्फबाट पार्टीले जनताको बिचमा कुराहरू राख्दै जाने पनि सुनाए । उनले भने,‘हामी देश र जनताविरूद्ध हुने सबै खाले षड्यन्त्र, राष्ट्रघात र जनघातहरूको भण्डाफोर गर्दै जान्छौं । अहिले हामी आन्तरिक रूपमा कमजोर छौं । संगठन बनाउन हामी लागिपरिरहेका छौं। सडक आन्दोलन त हामीले गरिरहेका छौं । तर, ठूलो आन्दोलन र आमसभा गर्ने स्थिति अहिले हाम्रो छैन् ।’ यद्यपी उनले आफ्नै पार्टीको शक्तिमा भरपर्दै अगाडि बढ्ने आफूहरूको रणनीति रहेको पनि सुनाए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












