रिर्पोटरको डायरी : स्वर्ग हेर्न लिमी पुगे हुन्छ
नरजन तामाङ/हुम्ला । समय र घटना यति मूल्यवान हुन्छन् कि जसलाई हामीले कहिल्यै चाहेर किन्न सक्दैनौ । पाउन पनि सक्दैनौ । कहिलेकाहीँ जीवनमा रमाइला र अनौठा घटना हाम्रासामु खडा हुन्छन् । जसलाई हामीले न कल्पना गरेका हुन्छौं न सोचेका नै । जीवन भोगाइमा त्यही नै मज्जा आउने रहेछ । त्यसैलाई नै जीवन भोगाइको अमूल्य साधन मानिने रहेछ क्यार ! जीवनमा सुखै–सुख मात्र हुन्थ्यो भने सायद दुःख भन्ने जीन्दगीको शब्दकोशमा नै हुन्नथ्यो होला । त्यसैले त सुख र दुःख एक सिक्काको दुई पाटा भनेका हुन मान्छेले । जीवन भोगाइका क्रममा उकाली–उकाली झर्नु पर्ने रहेछ । जीवनमा भोगेका केही घटना अविस्मरणिय हु्न्छन् । सम्झनामा आइरहन्छन् । कामकै शिलशिलामा अनुभव, भोगाइले जीवनलाई अथ्र्याउने रहेछ । जीवनलाई बुझाउँदो रहेछ । यहाँ मैले भोगेको समस्या कोही कसैको लागि सामान्य हुन सक्छ, अचम्म लाग्न सक्छ, अपत्यारिलो लाग्न सक्छ । जे होस्, यो भोगाई कसैको लागि पाठ पनि हुन सक्छ । तसर्थ आज मैले यो तपाईहरूसाम’सार्वजनिक गरेको छु । भोगाइका ती पललाई मेरो स्मरणमा राख्नका लागि पनि यो लेखेको हो ।
२०७५ साल भदौ १६ गतेको दिन समाचार संकलनको लागि सिमकोट विमान स्थलबाट हुम्लाको उत्तरी चीनको सीमाना जोडिएको हिल्साको लागि हेलिकोप्टरमा विहान ९ बजे यात्रा सुरु गरेँ । हेलिकोप्टरको झ्यालबाट रमणीय दृश्यको फोटो र भिडियो खिच्न म व्यस्त थिएँ । त्यसबेला मसँग अपरिचित ३ जना साथीहरू पनि सोही हेलिकप्टरमा थिए । सिमकोट विमानस्थलदेखि १५ मिनेटको उडानपछि हिल्सामा अवतरण हुन सफल भयौ । हिल्सा हेलिप्याडमा झरेपछि फोटो र भिडियो खिच्न लागेँ । १० बजे खानाका लागि स्थानीय मानसरोवर होटेल एण्ड रेष्टुरेन्ट खाना खाने र त्यहीँ एकरात बाँस बस्ने निर्णय गरे । बास बसियो । होटेलका मालिक कार्मा लामासँग भेटघाट भयो । बेलुका ११ बजेसम्म कुराकानी गर्दे बसियो ।
भोलिपल्ट लिमी यात्राको लागि मनमा कुरा खेलाउँदै थिएँ । मालिक लामाले बिहान ६ बजे हिडियो भने मात्रै लिमीको तिल गाउँ पुगिन्छ भनेर जानकारी दिए । उनले बिचमा कुनै पनि बस्ती नभएको र खानेक’रामा समस्या पर्ने भएकाले विस्क’ट चाउचाउ बोक्न सुझाब दिए । मैले बिहान उठेर चाउचाउ र जुस किनेर झोलामा राखेँ । चीनको सीमाना हँदै लिमीको यात्रामा उकालो चढेँ । बाटोमा पर्ने रंगीन हिमाल, मानसरोवर कैलाशको मुहान भएर बग्ने कर्णाली नदीले यसको अझ सौन्दर्य बढाएको छ । त्यहाँ पुग्ने जो कोही पनि प्राकृतिक सौन्दर्यले आनन्दित हुन्छन् । कयौं फोटो र भिडियो खिचेँ ।
३ घण्टाको बाटोमा हिंड्दा कसैलाई भेटिएन । ३ घण्टापछि झयाम्पाले भन्ने स्थानमा मानिसहरू लिमीतिर हिंडदै थिए । लिमी उपत्यकामा सञ्चालन हुन लागेको लिमी महोत्सवका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूसँगै त्रिभुवनविश्व विद्यालयका उपप्रध्यापक डि.बी लिम्बु र गायिका झुमा लिम्बु लिमी जान हिंडेका रहिछन् । गायिका झुमा लिम्बु र सुरक्षामा खटिएका सुरक्षाकर्मी अगाडी हिंडिसकेका थिए । लिमीको तिल गाउँबाट २ जना महिलाहरू छेवाङ्ग साम्बु र छिरिङ्ग तामाङ ठुला–ठुला झोला बोकेर चीनको ताक्लाकोटमा व्यवसाय गर्न हिंडेका थिए । उनीहरू झाम्पाले भन्ने स्थानमा आफूसँग बोकेका भोटेचिया बनाउन थाले डि.बी लिम्बु सर र म हेरिका लागि बस्यौ । छेवाङ्ग साम्बु र छिरिङ्ग तामाङले ढुङ्गाको ओदान बनाएर चिया बनाउन थाले ।
हामी बिहानबाट चिया नास्तामा मात्रै खाएका थियो । उनी २ जना दिदी बहिनीहरूले हामीहरूलाई पनि खानुहोस् । यो भन्दा अगाडी बस्ने बाँस पनि छैन । खाना पनि पाइदैन भन्नुभयो । आफूसँग ल्याएको खानेकुरा दिनुभयो । हामीले पनि सँगै बसेर खायौँ । उनीहरूसँग कता जानुहुन्छ भनेर प्रश्न गर्न थाल्यो । नेपाली कुरा राम्रोसँग बुझदैन थिए । तर छेवाङ्ग सामुले अलिअलि बोल्न थालिन । चीनको ताक्लाकोट जान लागेको हो भनिन् । उनीले हामीलाई छिटो जानुहोस्, बिचमा कुनै बास बस्न ठाउँ छैन । ढिला गएपछि बेलुका बास पनि नपाइएला भनेपछि हामी लिमी तिर हिंड्यौ । उनीहरू चीनको ताक्लाकोट हिंडे । हामीसँगै हिंडेका सुरक्षाकर्मी र झुमा लिम्बु एक घण्टाको दुरीमा फरक परेको थियो ।
सुरक्षाकर्मी झुमा लिम्बुलाई कुनै हालतमा हामीले भेटेनौं । सुन्दर दृश्यका कारण थकाईको महसुस भएन । जब ४ हजार ५ सय उचाईको तिललेखमा पुगेको टाढाबाटै देखियो । म सँगको साथी डिबि लिम्बु सरलाई ४ हजार ५ मिटर उचाईको यात्रामा समस्या भयो । सिधा उकालोमा मेरो झोला र लिम्बु सरको झोला मैले तिल लेखसम्म बोकेर पु¥याए पनि उहाँ हिंड्न सक्नु भएन । तिललेखमा हामी दुवै जनाले उहाँहरूलाई भेटायौँ ।
लिमी हुम्लाको सुन्दर बस्ती जाने हुनाले ४ हजार ५ सयको उचाई हाम्रो लागि कुनै कठिनाई बनेन । हिमतालबाट बगेर आएका साना खोलाको छङछङ आवाजलाई सुन्दा, सम्म परेको फाँटलाई देख्दा त्यहाँ ठूला–ठूला पाँचतारे होटेल स्थापना गरेको भए पर्यटकको गन्तव्यस्थल हुन्थ्यो होला भन्ने कल्पना गरेको थिएँ । बोटविरुवा, वन्यजन्तु लगायत अन्य अनुसन्धान केन्द्र स्थापना भएको भए कस्तो खालको आयआर्जन हुन्थ्यो होला भन्ने कौतुहलताले यात्रा अगाडि बढाई रह्यो । बाटोमा भेटिने जडिबुटी लगायत अन्य सुगन्धित फूलको मगमगाहट केहीसँग तुलना गरी साध्य छैन । वनै भरी बासनादार, शहरमा किनेको मेरो झोलाको परफ्युमभन्दा कडा बास्ना लगातार आइरहेको थियो । बाटोका पहाडमा र हिमालमा पाइने ढ्ङ्गा पनि बुट्टेदार, रंगिन, देख्दै रमाइलो, हेरिरहुँ लाग्ने, कुनै चित्रकारले कुँदेका बुट्टाभन्दा बढी आर्टेष्टिक र मनमोहक थिए ।
सुन्दर दृश्यको अवलोकन गर्दै हिंडेका कारण लखतरान भयौं । हामीसँग आएण्का सुरक्षाकर्मीहरू फोटो खिच्दै थिए । कोही भने सुरक्षाकर्मी यस्तो ककुर बस्ने ठाँउ भन्दै थिए । तर हामीलाई थकाई भन्दा आन्नद महसुस भएको थियो । डिबी लिम्बु १ महिनाभरी यही बस्न पाए हुन्थ्यो भन्ने सोच्दै हुुनुहुन्थयो । लिमीको तिल गाउँ बस्ने हामी तीन जनाको निर्णय भयो । हामीसँगै आएका सुरक्षाकर्मी रातारात महोत्सव स्थल हल्जी पुग्नपर्ने भएकोले उनीहरू लिमीको हल्जी गाउँतर्फ प्रस्थान गरे । बेलुका झण्डै ६ बज्न थालेको थियो । डिबी लिम्बु र झुमा लिम्बु बिस्तारै जाने निर्णय गदै थिए । मैले छिटो जानुपर्छ भनेपछि उहाँहरूले मेरो कुरा अस्वीकार गरेनन् । हामी लिमीको तिल गाउँ जाने बाटो लाग्यौ । तिल गाउँ पुग्दा अँध्यारो हुन थालेको थियो । म अगाडी नै गाउँ पुगे । त्यहाँ वृद्धा बालबच्चा र महिलाहरू मात्रै देखिन्थे ।
त्यहाँ एकजना वडा सदस्यकी श्रीमतिसँग भेट भयो । उहाँले आफ्नो घर लिनुभन्दा पहिला गाउँमा निर्माण गरिएको सामुदायिक भवनमा बास बसाल्ने निर्णय भएको थियो । १० मिनेट पछि डिबी लिम्बु र झुमा लिम्बु पुग्नुभयो । हामीले सोध्यो होटेल छैन, कतै भन्दा त्यहाँका स्थानीयहरूले छैन भने । पैसा तिर्छौँ, हामीलाई खाना, बासको व्यवस्था गरी दिनुप¥यो भनेर आग्रह गरेपछि वडासदस्यकी श्रीमतिले आफ्नो घरमा लिनुभयो । बेलुका हाम्रो बास त्यही तिल गाउँमा भयो । बेलुका ७ बजेतिर तिल गाउँमा कारोबार दैनिका जिल्ला संवाददाता स्रेशम राज रोकाया, गोरखापत्र दैनिक हुम्लाका संवाददाता राजन रावत, नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहोरा तिल गाउँ पुगेछछन् । बेलुका ७ बजेपछि तिल गाउँमा आउने जो कसैलाई पनि घर भित्र छिर्न अनुमति नदिने संस्कार रहेछ । त्यो गाउँमा बास नपाएपछि गाउँलेहरूले तान बुन्नका लागि बनाइएको ठाँउमा बास बस्न बाध्य भयौँ ।
बिहान सबेरै उठेपछि हामी बसेको घरकी दिदीले हिजो राती ३ जना कोही आएका थिए, बास नपाएर कहाँ बसेछन् भन्ने खबर गरिन । म बिहान उठेर गाउँ घुम्न जानुप¥यो भन्दै निस्केँ । ३ जना सार्थीहरू घरमा खाजा खान थालेका देखेँ । उनीहरूसँग सोधेपछि घरमै बास बसेको बताए । तर त्यो गलत बोलेका रहेछन् । हामीहरू बिहान पुरै गाउँको फोटो, भिडियो खिच्न थाल्यौं । तर उनीहरू तीन जना लिमीको हल्जी गाउँतिर हिंडिसके छन् । तर मलाई कसैले खबर गरेनन् । हिँडिसके छन् । तर म पनि सगै हिडथे होला । मसँग भएको डिबी लिम्बु र झुमा लिम्बुलाई छोडेर जान मन खल्लो महसुस भयो । त्यसपछि हामीहरूले खाना खायौँ । त्यसपछि हामी पनि हल्जी गाउँतिर हिंड्यौँ । र, बिच बाटोमा पुगेपछि हिल्साबाट बिहान हिंडेका नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा लामाको टोलीसँग भेट भयो । डिबी लिम्बु र झुमा लिम्बुलाई हिंड्न गाह्रो भयो । उनीहरूको एउटा झोला मैले लिएर गए । तपाईहरू बिस्तारै आउनुहोस् भने उहाँहरूले स्वीकार गर्नुभयो । म नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामाहरूसँगै हल्जी हिंडे ।
वास्तवमा हुम्लाको लिमी उपत्यका एक पटक सबैले पुग्नु पर्ने ठाउँ रहेछ । सुन्दर दृश्य, प्रकृती पनि कत्ति फुर्सदमा बनाएको ठाउँ जस्तो लाग्छ । जति बस्यो उती बस्न मन लाग्ने, जति हेर्यो हेर्न मन लाग्ने, जति रचना गर्यो रचना गर्न मन लाग्ने ठाउँ, साँच्चै स्वर्ग हेर्न कतै जानु छ भने लिमी पुगे हुन्छ । विश्वका मै हुँ भन्ने चित्रकारले पनि यस्तो दृश्य कोरेको, सोचेको पनि छैन होला, लिमी उपत्यका र यसको आसपासको क्षेत्रको दृश्यलाई मैले अन्तमा यती नै भने । मोनालिसाको तस्विरलाई विश्वका राम्रो चित्र भनेर सबैले भने तर चित्र भन्दा वास्तविकता अझ सुन्दर छ, लिमी उपत्यका । हाल चिनको मानसरोवर कैलाश यात्राको लागि पर्यटकले चिनमा नै जान आवश्यक नहुने ठहर लिमीको लाप्चाबाट देखिने दृश्यले देखाएको छ । लाप्चाबाट सिधै मानसरोवर र कैलाश प्रष्ट देखिने हुँदा लिमी उपत्यकाबाट नै दर्शन गर्नको लागि पर्यटकीय प्रबन्ध मिलाउन लागिएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












