स्वास्थ्यचौकी चिकित्सकबिहीन
मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित खारानेटा स्वास्थ्यचौकी चिकित्सकबिहीन छ । पाँच शय्याको उक्त स्वास्थ्यचौकीमा चिकित्सक नहुँदा बिरामी मारमा परेका छन् । नेपाली सेनाको देवीदल गणले गत जेठमा उक्त स्वास्थ्यचौकी भवन निर्माण गरेको हो । करीब रु २० लाखको लागतमा शौचालय र स्नान कक्षसहित गाउँपालिका केन्द्र नजिकै सो स्वास्थ्यचौकी सञ्चालनमा आएको हो । नेपाली सेनाले स्वास्थ्यचौकी भवन निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।
चिकित्सक नहुँदा उपचारका लागि आउने बिरामी उपचार नगरिकनै फर्कने गरेका छन् । स्थानीयवासी धनमाया ओलीका अनुसार स्वास्थ्यचौकी सधैँ बन्द रहन्छ । “घर नजिकै अस्पताल बन्यो, चिकित्सक छैनन्”, उहाँले भन्नुभयो । यहाँका बिरामी सदरमुकाम सल्ले, दाङ, नेपालगञ्जलगायत ठाउँमा उपचारका लागि जान बाध्य छन् । त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी मानबहादुर खत्रीले आवश्यक दरबन्दी अनुसार कर्मचारी माग गरिएको बताउनुभयो ।
Comments
अरु समाचार
-
मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान हो तिल: डा. ओम मूर्ति अनिल
डा. ओम मूर्ति अनलीको सुझाव – जाडोमा हाडजोर्नी र इम्युनिटी बलियो बनाउन यसरी खानुहोस् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति...
-
हिमालयन गार्जियनले सुरु गर्यो विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र आधारित बीमा सेवा
काठमाडौं, पुष ३० (२०८२) । नेपालमा साहसिक पर्यटनको सुरक्षालाई एकीकृत, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित स्थापना गरिएको Himalayan Guardian Nepal...
-
जाजरकोटमा १८ जना कुष्ठरोगी, उपचार सुरु
सुर्खेत । जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ । जिल्लाभरका सात पालिकामा १८ जना कुष्ठरोगी फेला पारेर उपचार...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ...
-
ट्रकले ठक्कर दिँदा श्रीमतीको ज्यान गयो, श्रीमान् घाइते
विराटनगर । विराटनगरको बरगाछी चोक नजिकै ट्रकको ठक्करबाट एक जना महिलाको ज्यान गउको छ । ति महिलाको श्रीमान घाइते भएका...
-
आयुर्वेद चिकित्सकहरुले किन धन्वन्तरी जयन्तीलाई विशेष दिनका रुपमा लिन्छन् ?
काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी...
-
स्वास्थ्य सेवा विभागले गर्यो ५ थान थ्रीडी म्यामोग्राफी मेसिन वितरण, ३ हजार भन्दा बढी महिला लाभान्वित
काठमाडौं । स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि अत्याधुनिक प्रविधि मानिने थ्री डी (3D) म्यामोग्राफी सेवा अब राजधानी बाहिर पनि विस्तार...
-
मन्त्री बन्न ठिक्क परेकी मिश्रलाई अख्तियारले नभई स्वार्थ समूहले रोकेको खुलासा !
काठमाडाैं । स्वास्थ्यमनमन्त्रीका लागि सिफारिस भएर अन्तिममा रोकिएकी डा. संगिता मिश्रमाथि ठूलो मिडिया ट्रायलका साथै दलाली भएको खुलासा भएको छ...











