नेकपाद्वारा प्रशासनलाई ज्ञापनपत्र बुझाइयो
शव अझै बुझिएन
काठमान्डाै। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले रामनगर गाउँपालिका–४ बोहर्वामा दुईपक्षबीच भएको झडपमा गोली लागी मृत्यु भएको घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गरेको छ ।
झडपमा गोली लागेर रामविलास महतोको मृत्यु भएको थियो । घटनापछि भइरहेको कुप्रचार, घटनालाई अनावश्यकरुपमा उत्तेजित बनाउन गरिएका क्रियाकलाप, सुनियोजितरुपमा यस्ता घटना सिर्जना गर्न विगतदेखि भएका गतिविधि र राजनीतिक पूर्वाग्रह राखी गरिएको कुप्रचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको नेकपा सर्लाहीले जनाएको छ ।
नेकपा र नेपाली काङ्ग्रेसबीचको झडपमा घटना भएको भनी गरिएको प्रचार प्रायोजित हल्लामात्र रहेको नेकपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “घटना राजनीतिक नभई व्यक्तिगत रिसइबीका कारण भएको हो ।”
यही कात्तिक ११ गते एक सेवाग्राहीेले वडा नं ४ का वडाध्यक्ष रामनरेश महतोसँग नागरिकता बनाउन सिफारिश लिन जाँदा वडाध्यक्ष महतोले सिफारिश नदिएपछि सामान्य विवाद भएको र त्यसै विवादलाई लिएर गोली चल्दा घटनास्थलमा एक जनाको मृत्यु भएको विज्ञप्तिमा जनाएको छ ।
राजनीतिक प्रतिशोधका आधारमा घटनामा आफ्ना पार्टीका नेता शिवपुजन रायलाई फसाउन खोज्नु अत्यन्त खेदजनक रहेको नेकपा जिल्ला संयोजन कार्यदलका सदस्य रेवती पन्तले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।
यसै घटनाका सम्बन्धमा नेकपा सर्लाहीले आज प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा घटनाको दुई दिन अगाडि त्यस क्षेत्रका सङ्घीय सांसद एवं नेपाली काङ्ग्रेसका नेता अमरेशकुमार सिंह धनकौल गाउँपालिकाको हरकठवामा एक कार्यक्रम गरी नेकपा पार्टीका नेता कार्यकर्तालाई ठीक पार्ने भन्दै उत्तेजित भाषण गर्नु र त्यही योजनाअनुसार यो घटना भएको उल्लेख छ ।
घटनापछि सांसद सिंहकै निर्देशनमा सर्वसाधारणको उखुबारी, धानजस्ता कृषिबाली, ट्र्याक्टरमा आगजनी, घर र परालमा आगो लगाउने, पशुधन लुट्ने र सर्वसाधारणलाई आतङ्कित पार्ने जस्ता क्रियाकलापप्रति नेकपा गम्भीर भएको जनाएको छ ।
सङ्घीय सांसद एवं नेकपाका नेता रामेश्वर यादव, प्रदेश सांसद डिल्ली उप्रेती, वाग्मती नगरपालिका प्रमुख भरत थापा, हरिवन नगरपालिका प्रमुख गणेश प्रसार्इं, नेकपा केन्द्रीय तथा जिल्लास्तरका नेता आज जिल्ला प्रशासन कार्यालय सर्लाहीमा गई घटनामा सुनियोजितरुपमा आफ्नो कार्यकर्तालाई फसाउन खोजिएकोप्रति जिल्लाका सुरक्षा निकायका प्रमुखलाई ध्यानाकर्षण गराएको थियो ।
घटनाको सत्यतथ्य बुझी निष्पक्ष जाँचबुझ गर्न केन्द्रबाटै उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने मागसमेत नेकपाले गरेको छ ।
साथै घटनाका बारेमा सत्यतथ्य बाहिर ल्याउन पहल गर्न राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारवादी सङ्घसंस्थालाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
शव अझै बुझिएन
दुई पक्षबीचको झडपमा गोली लागेर कात्तिक १३ गते मङ्गलबार बिहान मृत्यु भएका रामनगर–४ बोहर्वाका ५५ वर्षीय रामविलास महतोको शव अझै परिवारले बुझेका छैनन् ।
मृतकलाई शहीद घोषणा गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहत प्रदान गर्नुपर्ने, आक्रमणमा संलग्न दोषीलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने लगायतका माग पूरा नभएसम्म शव नबुझ्ने नेपाली काङ्ग्रेसले अडान लिएको छ । उक्त घटनामा गोलीको छर्रा लागेर सात जना घाइते भएका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












