नेकपाद्वारा प्रशासनलाई ज्ञापनपत्र बुझाइयो
शव अझै बुझिएन
काठमान्डाै। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले रामनगर गाउँपालिका–४ बोहर्वामा दुईपक्षबीच भएको झडपमा गोली लागी मृत्यु भएको घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गरेको छ ।
झडपमा गोली लागेर रामविलास महतोको मृत्यु भएको थियो । घटनापछि भइरहेको कुप्रचार, घटनालाई अनावश्यकरुपमा उत्तेजित बनाउन गरिएका क्रियाकलाप, सुनियोजितरुपमा यस्ता घटना सिर्जना गर्न विगतदेखि भएका गतिविधि र राजनीतिक पूर्वाग्रह राखी गरिएको कुप्रचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको नेकपा सर्लाहीले जनाएको छ ।
नेकपा र नेपाली काङ्ग्रेसबीचको झडपमा घटना भएको भनी गरिएको प्रचार प्रायोजित हल्लामात्र रहेको नेकपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “घटना राजनीतिक नभई व्यक्तिगत रिसइबीका कारण भएको हो ।”
यही कात्तिक ११ गते एक सेवाग्राहीेले वडा नं ४ का वडाध्यक्ष रामनरेश महतोसँग नागरिकता बनाउन सिफारिश लिन जाँदा वडाध्यक्ष महतोले सिफारिश नदिएपछि सामान्य विवाद भएको र त्यसै विवादलाई लिएर गोली चल्दा घटनास्थलमा एक जनाको मृत्यु भएको विज्ञप्तिमा जनाएको छ ।
राजनीतिक प्रतिशोधका आधारमा घटनामा आफ्ना पार्टीका नेता शिवपुजन रायलाई फसाउन खोज्नु अत्यन्त खेदजनक रहेको नेकपा जिल्ला संयोजन कार्यदलका सदस्य रेवती पन्तले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।
यसै घटनाका सम्बन्धमा नेकपा सर्लाहीले आज प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा घटनाको दुई दिन अगाडि त्यस क्षेत्रका सङ्घीय सांसद एवं नेपाली काङ्ग्रेसका नेता अमरेशकुमार सिंह धनकौल गाउँपालिकाको हरकठवामा एक कार्यक्रम गरी नेकपा पार्टीका नेता कार्यकर्तालाई ठीक पार्ने भन्दै उत्तेजित भाषण गर्नु र त्यही योजनाअनुसार यो घटना भएको उल्लेख छ ।
घटनापछि सांसद सिंहकै निर्देशनमा सर्वसाधारणको उखुबारी, धानजस्ता कृषिबाली, ट्र्याक्टरमा आगजनी, घर र परालमा आगो लगाउने, पशुधन लुट्ने र सर्वसाधारणलाई आतङ्कित पार्ने जस्ता क्रियाकलापप्रति नेकपा गम्भीर भएको जनाएको छ ।
सङ्घीय सांसद एवं नेकपाका नेता रामेश्वर यादव, प्रदेश सांसद डिल्ली उप्रेती, वाग्मती नगरपालिका प्रमुख भरत थापा, हरिवन नगरपालिका प्रमुख गणेश प्रसार्इं, नेकपा केन्द्रीय तथा जिल्लास्तरका नेता आज जिल्ला प्रशासन कार्यालय सर्लाहीमा गई घटनामा सुनियोजितरुपमा आफ्नो कार्यकर्तालाई फसाउन खोजिएकोप्रति जिल्लाका सुरक्षा निकायका प्रमुखलाई ध्यानाकर्षण गराएको थियो ।
घटनाको सत्यतथ्य बुझी निष्पक्ष जाँचबुझ गर्न केन्द्रबाटै उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने मागसमेत नेकपाले गरेको छ ।
साथै घटनाका बारेमा सत्यतथ्य बाहिर ल्याउन पहल गर्न राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारवादी सङ्घसंस्थालाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
शव अझै बुझिएन
दुई पक्षबीचको झडपमा गोली लागेर कात्तिक १३ गते मङ्गलबार बिहान मृत्यु भएका रामनगर–४ बोहर्वाका ५५ वर्षीय रामविलास महतोको शव अझै परिवारले बुझेका छैनन् ।
मृतकलाई शहीद घोषणा गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहत प्रदान गर्नुपर्ने, आक्रमणमा संलग्न दोषीलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने लगायतका माग पूरा नभएसम्म शव नबुझ्ने नेपाली काङ्ग्रेसले अडान लिएको छ । उक्त घटनामा गोलीको छर्रा लागेर सात जना घाइते भएका थिए ।
Comments
अरु समाचार
-
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको...
-
समानुपातिकतर्फको मतगणना सम्पन्न, रास्वपाले ल्यायो ५१ लाख ३९ हजार भोट
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा...
-
दुई हजार ८९० उम्मेदवारको जमानत जफत, धरौटी रकम जोगाउन कति भोट ल्याउनुपर्छ ?
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी...
-
प्रधानन्यायाधीशका लागि सिफारिस ६ न्यायाधीश को हुन् ?
काठमाडौं । सर्वोच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका...
-
निर्वाचन अपडेटः समानुपातिकतर्फ एक करोड सात लाख मत गणना
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन...
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...












