मोतीयाबिन्दुका ४३ बिरामीको निःशुल्क शल्यक्रिया
काठमान्डाैैं । स्याङ्जाको वालिङमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा परीक्षण शिविरमा मोतियाविन्दुका ४३ बिरामीको सफल शल्यक्रिया गरिएको छ । आँखा उपचार केन्द्र वालिङ र प्राथमिक स्वास्थ्य केन्द्र वालिङको व्यवस्थापन तथा हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न शिविरमा ४५० जना आँखाका बिरामीले आँखा परीक्षण गराएका आँखा उपचार केन्द्र वालिङका प्रमुख तेजबहादुर गुरुङले बताएका छन् ।
गत बिहीबारबाट शुरु भएको निःशुल्क शल्यक्रिया शिविरमा सर्जन डा हरिमाया गुरुङको नेतृत्वमा रहेको सात आँखारोग विशेषज्ञले सेवा प्रदान गर्नुका साथै बिरामीहरुलाई निःशुल्क औषधि तथा चश्मा वितरण गरिएको थियो । “आर्थिक अभावमा आँखासम्बन्धी समस्या भएर पनि उपचार गराउनबाट बञ्चित भएकालाई मध्यनजर गर्दै निःशुल्क शिविरको आयोजना गरिएको हो” आँखा उपचार केन्द्र वालिङका प्रमुख गुरुङले भने, “यो शिविरबाट आँखाका बिरामीले निःशुल्क रूपमा शल्यक्रिया गर्ने, औषधि, चश्मा तथा आँखाको सुरक्षाका लागि परामर्शसमेत पाएका छन् ।”
शिविरमा स्याङ्जाका वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका र दक्षिण पर्वतका केही भेगका आँखाका बिरामी शिविरबाट लाभान्वित भएका छन् ।
Comments
अरु समाचार
-
मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान हो तिल: डा. ओम मूर्ति अनिल
डा. ओम मूर्ति अनलीको सुझाव – जाडोमा हाडजोर्नी र इम्युनिटी बलियो बनाउन यसरी खानुहोस् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति...
-
हिमालयन गार्जियनले सुरु गर्यो विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र आधारित बीमा सेवा
काठमाडौं, पुष ३० (२०८२) । नेपालमा साहसिक पर्यटनको सुरक्षालाई एकीकृत, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित स्थापना गरिएको Himalayan Guardian Nepal...
-
जाजरकोटमा १८ जना कुष्ठरोगी, उपचार सुरु
सुर्खेत । जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ । जिल्लाभरका सात पालिकामा १८ जना कुष्ठरोगी फेला पारेर उपचार...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ...
-
ट्रकले ठक्कर दिँदा श्रीमतीको ज्यान गयो, श्रीमान् घाइते
विराटनगर । विराटनगरको बरगाछी चोक नजिकै ट्रकको ठक्करबाट एक जना महिलाको ज्यान गउको छ । ति महिलाको श्रीमान घाइते भएका...
-
आयुर्वेद चिकित्सकहरुले किन धन्वन्तरी जयन्तीलाई विशेष दिनका रुपमा लिन्छन् ?
काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी...
-
स्वास्थ्य सेवा विभागले गर्यो ५ थान थ्रीडी म्यामोग्राफी मेसिन वितरण, ३ हजार भन्दा बढी महिला लाभान्वित
काठमाडौं । स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि अत्याधुनिक प्रविधि मानिने थ्री डी (3D) म्यामोग्राफी सेवा अब राजधानी बाहिर पनि विस्तार...
-
मन्त्री बन्न ठिक्क परेकी मिश्रलाई अख्तियारले नभई स्वार्थ समूहले रोकेको खुलासा !
काठमाडाैं । स्वास्थ्यमनमन्त्रीका लागि सिफारिस भएर अन्तिममा रोकिएकी डा. संगिता मिश्रमाथि ठूलो मिडिया ट्रायलका साथै दलाली भएको खुलासा भएको छ...











