बैतडीफमा खोरेत रोगको प्रकोप
काठमान्डाैं। बैतडीको डिलाशैनी गाउँपालिकाका केही वडामा पशुमा देखिने खोरेत रोगको प्रकोप देखिएको छ । वडा नं ३ को पङसेरा, गिरीबगड, बमरोडा र वडा नं ५ को दौंतलामा पशुमा खोरेत रोग देखा परेको डिलाशैनी गाउँपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक धर्मानन्द जोशीले जानकारी दिनुभयो । ती ठाउँमा करीब १५० गाईभैँसी तथा बाख्रामा खोरेत रोग देखा परेको उनले बताएका छन।
गाउँपालिकाका विभिन्न वडामा खोरेत रोगको प्रकोप देखिएपछि रिङ भ्याक्सिनेसनको काम शुरु गरिएको जोशीले जानकारी दिनुभयो । खोरेत रोगले महामारीको रुप लिएपछि अन्य ठाउँमा सर्न नपाओस् भन्नका लागि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीको सहयोगमा भ्याक्सिनेसन शुरु गरिएको हो । खोरेत रोगबाट पशु प्रभावित भएपछि किसान चिन्तित बनेका छन् ।
भाइरसका कारण पशुमा देखिने यो रोगले पशुको खुट्टा पाक्नेलगायतका लक्षण देखा पर्ने गरेका छन् । यो सरुवा रोग भएकाले अन्यत्र ठाउँबाट सरेको हुन सक्ने पशु प्राविधिकले बताएका छन् । खोरेत रोग लागेको पशुलाई निरोगी पशुको संसर्गबाट टाढा राख्नुपर्ने अन्यथा रोग बढी फैलिने खतरा हुने प्राविधिकले बताएका छन् ।
खोरेत रोग भाइरस(विषाणु)बाट लाग्ने सङ्क्रामक रोग हो । यो रोग खुरफाटा अथवा ओग्र्याउने पशुलाई मात्र लाग्दछ । खाना नखाने, ज्वरो धेरै आउने, मुख र खोर फाटेको ठाउँमा फोका आउँछन्, फोका फुटेर घाउ हुने गर्दछ । रोगी पशुले ¥याल काड्ने, खोच्याउने, हिँडडुल गर्न नसक्ने, ब्याउने पशु तुहिन सक्छ, दुधालु थाक्ने तथा उत्पादन घट्छ तथा साना बाच्छाबाच्छी मर्न सक्छन् ।
Comments
अरु समाचार
-
ट्रकले ठक्कर दिँदा श्रीमतीको ज्यान गयो, श्रीमान् घाइते
विराटनगर । विराटनगरको बरगाछी चोक नजिकै ट्रकको ठक्करबाट एक जना महिलाको ज्यान गउको छ । ति महिलाको श्रीमान घाइते भएका...
-
आयुर्वेद चिकित्सकहरुले किन धन्वन्तरी जयन्तीलाई विशेष दिनका रुपमा लिन्छन् ?
काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी...
-
स्वास्थ्य सेवा विभागले गर्यो ५ थान थ्रीडी म्यामोग्राफी मेसिन वितरण, ३ हजार भन्दा बढी महिला लाभान्वित
काठमाडौं । स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि अत्याधुनिक प्रविधि मानिने थ्री डी (3D) म्यामोग्राफी सेवा अब राजधानी बाहिर पनि विस्तार...
-
मन्त्री बन्न ठिक्क परेकी मिश्रलाई अख्तियारले नभई स्वार्थ समूहले रोकेको खुलासा !
काठमाडाैं । स्वास्थ्यमनमन्त्रीका लागि सिफारिस भएर अन्तिममा रोकिएकी डा. संगिता मिश्रमाथि ठूलो मिडिया ट्रायलका साथै दलाली भएको खुलासा भएको छ...
-
संगिता मिश्रलाई मन्त्री बन्न नदिन गगनदेखि विकास देवकोटाको षडयन्त्र छताछुल्ल !
काठमाडाैं । स्वास्थ्य मन्त्रीमा अघि सारिएकी डा. संगिता मिश्रलाई मन्त्री बन्न नदिनका लागि षडयन्त्र शुरु भएको छ । अन्तरिम सरकारकी...
-
४६१ घाइतेको सिभिल अस्पतालले गर्यो उपचार, निर्देशक रेग्मीले भने– सबै जनशक्ति अहोरात्र उपचारमा छन्
काठमाडौं । काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल) ले जेन जी आन्दोलनका क्रममा घाइते भएकाहरुको प्रभावकारी उपचार सेवा प्रदान गरिहेको छ...
-
जेनजी प्रदर्शनपछि अहिलेसम्म ३० जनाको मृत्यु, हजारभन्दा बढी घाइतेको उपचार
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजीको प्रदर्शनपछि अहिलेसम्म ३० जनाको मृत्यु भएको जनाएको छ। एक हजारभन्दा बढी घाइतेहरूको उपचार...
-
जेन जी आन्दोलन अपडेटः १५ प्रदर्शनकारीको ज्यान गयो
काठमाडौं । पछिल्लो समय यो समाचार तयार पारुन्जेलसम्म ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको छ...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












