३३ लाखको नमूना शौचालय अलपत्र
काठामान्डैां । झण्डै ३३ लाख रुपैयाँ खर्चिएर राप्ती नगरपालिका–७, वीरेन्द्रनगर चोकमा निर्माण गरिएको नमूना शौचालय सञ्चालन नहुँदै अलपत्र बनेको छ ।
वीरेन्द्रनगर आदर्श माविको जग्गामा विद्यालय, श्री साना किसान कृषि सहकारी संस्था, तत्कालीन वीरेन्द्रनगर गाविस र साविक जिविस चितवनको सहयोगमा निर्माण गरिएको शौचालय संस्थाहरुको आपसी खिचातानीका कारण अलपत्र बनेको हो ।शौचालयका झ्यालका सिसा फुटेका छन् भने भित्र लगाइएका टायल पनि तोडिएका छन् । शौचालय पछाडि वीरेन्द्रनगर चोक वरपर थुप्रिएको फोहर ल्याएर जलाउने गरिएको छ । माकुराको जालोले शौचालय ढाकिएको छ ।
पूर्व–पश्चिम राममार्गमा यात्रा गर्ने यात्रुहरुलाई नुहाउनसमेत मिल्ने गरी रिफ्रेसिङ सेन्टरका रूपमा चलाउने योजनासहित शौचालय निर्माण गरिएको थियो । शौचालय विगत ४ वर्षदेखि यतिकै अलपत्र छ । वडा नं. ७ कि वडाध्यक्ष सुमित्रा डल्लाकोटीले शौचालय सञ्चालन गर्ने विषयमा विद्यालय र सहकारीसँग कुराकानी भइरहे पनि अझै सञ्चालन गर्न नसकिएको बताइन् ।
‘मैले वडाध्यक्ष निर्वाचित भएदेखि नै यसलाई सञ्चालनमा ल्याउने र जिम्मा एउटा संस्थाले लिन निर्णय गराउन खोजे, तर प्रयासले सार्थकता पाएको छैन’, वडाध्यक्ष डल्लाकोटीले भनिन्, ‘नगरपालिकाको मेयरलाई पनि समस्याको बारेमा जानकारी गराएको छु, कति रकम लाग्छ वडाबाट हालेर भने पनि सञ्चालन गर्न तयार छु ।’
श्री साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलले पुसमा बस्ने सहकारीको साधारणसभा पछि शौचालय सञ्चालन सम्बन्धी निर्णय गरिने दाबी गरे । अहिलेसम्म किन सञ्चालन गर्न सक्नुभएन भन्ने प्रश्नमा अध्यक्ष पौडेलले कसले सञ्चालन गर्ने भन्ने नटुंगिदा अन्योल बढेको बताए ।स्थानीय भुवन दुलालले जनताको लगानीबाट चोकमा निर्मित शौचालय अलपत्र हुँदा नगरपालिकाकै बेइज्जत भएको बताए ।
Comments
अरु समाचार
-
आज र भोलि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाण्डौ । सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा गर्मी बढे पनि पूर्वी क्षेत्रमा आजदेखि गर्मी केही कम हुने मौसम पूर्वानुमान महाशाखाले...
-
आज पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै, देशभर जनचेतनामूलक कार्यक्रम आयोजना
काठमाडौँ । सरकारले वैशाख २ गते अर्थात अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (वेलनेस दिवस) का रूपमा मनाउने निर्णय गरेसँगै...
-
प्रदेश आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा
तनहुँ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको...
-
मोटरसाइकल दुर्घटनामा तीनजनाको ज्यान गयो , एक घाइते
सुदूरपश्चिम– धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको...
-
मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान हो तिल: डा. ओम मूर्ति अनिल
डा. ओम मूर्ति अनलीको सुझाव – जाडोमा हाडजोर्नी र इम्युनिटी बलियो बनाउन यसरी खानुहोस् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति...
-
हिमालयन गार्जियनले सुरु गर्यो विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र आधारित बीमा सेवा
काठमाडौं, पुष ३० (२०८२) । नेपालमा साहसिक पर्यटनको सुरक्षालाई एकीकृत, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित स्थापना गरिएको Himalayan Guardian Nepal...
-
जाजरकोटमा १८ जना कुष्ठरोगी, उपचार सुरु
सुर्खेत । जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ । जिल्लाभरका सात पालिकामा १८ जना कुष्ठरोगी फेला पारेर उपचार...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ...












