रुख काटेर पैसा कमाउने मनस्थिति यो सरकारसँग छैन : वनमन्त्री बस्नेत
काठमाडौँ । वनमन्त्री शक्ति बहादुर बस्नेतले विकास गर्दा वातावरणीय पर्यावरणलाई पनि ध्यानमा राखिने बताएका छन् । उनले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधार बनेपछिमात्रै रुख कटानको अनुमति दिने पनि स्पष्ट पारे ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । बस्नेतले विमानस्थल मुलुकको आवश्यकता भएपनि कमभन्दा कम वातावरणीय क्षतिमा निर्माण सक्नुपर्ने बताएका हुन् ।
क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको टोलीसँग कुरा गर्दै उनले भने,‘वातावरण र विकासबीचको सन्तुलन मिलाएर मात्रै अगाडि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण छ ।’ रुख काटेर पैसा कमाउने मनस्थिति यो सरकारसँग नभएको पनि उनले स्पष्ट पारे ।
मन्त्री बस्नेतले ‘हरियो बन, नेपालको धन’ भन्ने नारालाई सार्थकता तुल्याउनेगरि आफूले काम गरिरहेको पनि विश्वास दिलाए । उनले भने,‘हाम्रो देश भुगोल र जनसंख्याको दृष्टिकोणले मझौला खालको देश हो । तर, प्राकृतिक साधान र स्रोत, र जैविक विविधताको दृष्टिकोणले धनि छ । हामीले विगतमा बनलाई सेवा क्षेत्रको रुपमा लियौं । तर, हामीले अहिले उत्पादनशील क्षेत्रमा बदल्नेगरि काम गरिरहेका छौं ।’
नेपालका निकुञ्जहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउनेगरि काम भैरहेको पनि उनले विश्वास दिलाए । उनले भने,‘समग्र सबै क्षेत्रबाट काम भैरहेको छ ।’
उनले सरकार गठन भएको भर्खरै ७ महिना पूरा भएर यता आएको बताउँदै यो छोटो अवधिमै सरकारको समिक्षा गर्ने बेला नभएको पनि जिकिर गरे । ‘साँढे ३ सय कानुनहरु निर्माण गर्यौं । हामीले धेरै कामहरु गर्नुपर्नेछ । तर, अहिले नै मुल्यांकन गर्ने बेला भएको छैन । आवश्यक कामहरु भैरहेको छ । अब देखिनेगरि काम हुन्छन् ।’–उनले थपे ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












