मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग
पर्सा । मुस्लिम समुदाय भित्र रहेका दलितलाई अन्य दलितसरह आरक्षण दिन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले केन्द्र सरकारसँग माग गर्नुभएको छ ।
मानव सूचकाङ्कका आधारमा सबैभन्दा गरीब, बेरोजगार र शिक्षाको अवसरबाट बञ्चित रहेका मुस्लिम समुदायभित्रको दलितको जीवनस्तरलाई उकास्न सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
नेपाल हवारी (धोवी) कल्याण समिति पर्साले आज वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले हिन्दू समुदायभित्र रहेका विभिन्न जाति जस्तै मुस्लिम समुदायभित्र समेत दलित रहेको र उनको जीवनस्तर दयनीय अवस्थामा रहेकाले उनको जीवनस्तरलाई उकास्दै राज्यको मूल प्रवाहमा समावेश गर्ने दायित्व राज्यकै भएको बताउनुभयो ।
नेपाल हवारी (धोवी) कल्याण समिति पर्साले अध्यक्ष युसुफ सफिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई प्रतिनिधिसभाका सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्य जन्त अन्सारीलगायतका वक्ताले सम्बोधन गर्दै दलित सामुदायिक जीवनस्तरलाई उकास्न केन्द्र तथा प्रदेश सरकारले पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । रासस
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












