सफ्टबैंक मोबाइल, २१ अर्ब डलरको आइपीओ जारी
टोकियो । जापानमा टेलिकम क्षेत्रको विशाल कम्पनी सफ्टबैंकले अर्को महिना जापानमा २१ अर्ब डलरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । वर्षौंपछि जापानमा यति ठूलो परिमाणको सेयर निष्कासन गर्ने यो प्रविधि क्षेत्रको पहिलो कम्पनी हो ।
आइपीओ मार्फत सङ्कलन हुने रकमलाई सफ्टबैंकले विश्वभर फैलिएका आफ्ना कम्पनी र परियोजनामा लगानी गर्ने सफ्टबैंकले जनाएको छ । यो आइपीओ डिसेम्बर १९ मा खुल्नेछ र प्रति सेयर मूल्य १३ डलर तोकिएको छ । यो सेयर सफ्टबैंकको मोबाइल युनिटको मात्र हो ।
स्थानीय सञ्चार माध्यमका अनुसार सेयर जारी गरेपश्चात सफ्टबैंकको मोबाइल युनिटको मूल्य ७१ खर्ब ८० अर्ब जापानी येन पुग्नेछ । गत फेब्रुअरीमा नै कम्पनीले आइपीओ निष्कासन गर्ने घोषणा गरेको थियो । उक्त घोषणामा आइपीओ जारी गरेपश्चात मोबाइल युनिटमा “व्यापक व्यवस्थापकीय स्वतन्त्रता” प्राप्त हुने बताइएको थियो ।
सफ्टबैंकले सोमबार गरेको घोषणामा सेयर सूचीकरणले मुख्य संस्थापक कम्पनी एसबीजी र यसको जापानी मोबाइल युनिटको भूमिकालाई स्पष्ट गर्नेछ । “एसबीजीले विश्वभर छरिएर रहेका कम्पनीमा लगानी विस्तार गरिरहेको छ, र समूहको दूरसंचार व्यवसायका क्षेत्रमा सफ्टबैंक मुख्य कम्पनी हो,” वक्तव्यमा भनिएको छ ।
सेयर सूचीकरण पश्चात सफ्टबैंकले मोबाइल युनिटका क्षेत्रमा ६३ दशमलब १४ प्रतिशत हिस्सा ओगट्नेछ ।
प्रमुख कार्यकारी अधिकृत मासायोशी सोनको नेतृत्वमा सफ्टबैंकले शुरुआती दिनहरुमा सफ्टवेयरका क्षेत्रमा कार्य गरेपनि हाल लगानी कम्पनीको रुपमा अगाडि बढेको छ । सफ्टबैंकको १०० अर्ब डलरको भिजन फन्डको प्रयोग गरी सोनले हाल चल्तीका प्रविधि कम्पनीहरु उबेर, स्लाक, वीवर्क र एनभिडियामा लगानी गरेका छन् ।
यो रकमको झण्डै आधा हिस्सा साउदी अरेबियाबाट प्राप्त भएको छ, तर पत्रकार जमाल खशोग्जीको हत्या पश्चात सफ्टबैंकसँग साउदी अरेबियाको सम्बन्ध र लगानीका बारेमा प्रश्न उठ्न थालेको छ ।
यही महिनाको शुरुमा सोनले पत्रकार खशोग्जीको हत्याको भत्र्सना गर्नुभएको थियो तर उहाँले साउदी अरेबियासँगको व्यावसायिक सम्बन्ध यथावत राख्ने बताउनुभएको छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












