केदारनाथ मेला शुरु
अछाम । लगातार १० दिनसम्म चल्ने अछाम जिल्लाकै सबैभन्दा ठूलो केदारनाथ मेला सोमबारबाट शुरु भएको छ । कात्तिक शुक्ल पञ्चमीदेखि चतुर्दशीसम्म केदारनाथ देवताको पूजाआजा गरी मनाइने मेलालाई ‘जामाको जात्रा’ नामले पनि पुकारिने गरिन्छ।
जिल्लाको कमलबजार नगरपालिका–७ जामा गाउँमा लाग्ने यस मेलाले छुट्टै महत्व बोकेको यस क्षेत्रका जानकार बताउँछन् । लगातार १० दिनसम्म केदारनाथ र छडाल देवताको धेवर लगाई त्रयोदशीका दिन खला नाच्ने छडाल देवताका धामी झङ्करे ढोलीले बताउनुभयो ।
यस वर्ष तिथिको घटबढका कारण मङसिर ५ गते खला नाच्ने र ६ गते केदारमाडाँैमा होम गरिने पुजारी मनिराम खतिवडाले जानकारी दिनुभयो । डोटेली संस्कृतिमा आधारित देवता नाच हेर्न छिमेकी डोटी, सुर्खेत, दैलेख र कैलाली जिल्लासमेतबाट दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।
अछाममा १० दिनसम्म लाग्ने एकमात्र ऐतिहासिक महत्वको केदारनाथ मेलाको यस क्षेत्रमा महत्व थप बढ्दै गएको स्थानीयवासी बताउँछन् । केदारनाथ देवताको पूजापाठ गर्दा अन्न, सन्तान र पशुलाभ हुने धार्मिक एवं ऐतिहासिक विश्वास रहिआएको केदारनाथका मूलधामी इन्द्रे कामीले बताउनुभयो ।
धार्मिक तथा सांस्कृतिक महत्वका यस्ता चाडपर्वको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षण गर्न सके यस क्षेत्रको विकासले गति लिनसक्ने भन्दै यसतर्फ स्थानीय सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने स्थानीय भीम खतिवडाको भनाइ छ ।
देउसी भैलोको रकम विद्यालयलाई
अछामको चौरपाटी गाउँपालिका–२ सोकटमा विद्यालयको स्तरोन्नतिका लागि खेलिएको देउसी भैलो कार्यक्रमबाट रु पाँच लाख छ हजार सङ्कलन भएको छ । आठ सय २० जना विद्यार्थी अध्ययनरत दशपल्ले माविको कक्षा १२ सम्म सञ्चालन गर्न तथा विद्यालयको अवस्था सुधार गर्ने उद्देश्यसहित सोकटका स्थानीय सरोकारवाला, शिक्षक, विद्यार्थी अभिभावक मिलेर सामूहिक रुपमा देउसी भैलो खेलेर उक्त रकम सङ्कलन गरेका हुन् ।
चौरपाटी गाउँपालिकाका सबै वडाका टोल टोल, स्थानीय बजार र जिल्लाको मुख्य व्यापारी केन्द्र साँफेबगरमा वडाबाट चार टोली विभाजन गरी देउसी भैलो खेलिएको थियो । सङ्कलित रकमले विद्यालयको भौतिक अवस्था सुधारका लागि पहल गरिने स्थानीय झंकर साउदले बताउनुभयो ।रासस
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...











