यमनमा अमेरिकी ड्रोन आक्रमण, सर्वसाधारण नै बढी मारिए
काठमान्डाै । संयुक्तराज्य अमेरिकाले यमनमा सक्रिय अल–कायदा समूहलाई दबाउने उद्देश्य राखेर ड्रोन (मानवरहीत विमान) युद्ध छेडेको १६ वर्ष पुगिसकेको छ । तर यो अभियानको मूल्य रहस्यमय देखिएको छ, अर्थात् ड्रोनबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट मारिने अधिकांश सर्वसाधारण छन् ।
ड्रोन आक्रमणबाट मारिएका व्यक्तिहरुको पहिचान, संख्या र आबद्धताका बारेमा पर्याप्त प्रमाणको अभाव छ । तर यसै वर्षमात्र गरिएका ड्रोन आक्रमणको संख्या विश्लेषण गर्दा मारिएका कम्तीमा ३० जना अल–कायदासँग आबद्ध नरहेको एपीको अध्ययनले देखाएको छ ।
अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले मृतकको संख्याका बारेमा कुनै विश्लेषण सार्वजनिक गरेको छैन, तर एउटा स्वतन्त्र अध्ययनमा यमनमा यस वर्षमात्र ड्रोन आक्रमणबाट लडाकू र गैर–लडाकू दुवै गरी करिब ८८ जना मारिएको जनाएको छ ।
एपीले अपुष्ट नै भएपनि एउटा गणना सार्वजनिक गरेको छ । यी ड्रोन आक्रमणबाट प्रायः सर्वसाधारण नै बढी मारिने गरेको पाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि ड्रोन आक्रमणमा अझ तिब्रता आएको छ । खोज पत्रकारिता ब्यूरोका अनुसार, दुई वर्षकै अवधिमा यमनमा झण्डै एकसय ७६ वटा आक्रमण भएका छन् जबकी ओबामा प्रशासनका आठ वर्षमा एकसय ५४ वटा ड्रोन आक्रमण भएका थिए ।
प्रत्यक्षदर्शी, परिवार, आदिवासी नेताहरु र अधिकारकर्मीसँगको अन्तर्वार्ताका आधारमा अध्ययन गर्दा ड्रोन आक्रमणबाट मारिनेमा २४ जना सर्वसाधारण नागरिक र कम्तीमा ६ जना सरकारी फौजमा आबद्ध सैनिक रहेका छन् ।
यमनको गृहयुद्धमा ड्रोनको प्रयोगका बारेमा धेरैलाई चासो समेत छैन । साउदी गठबन्धनले इरान समर्थित हुथी बिद्रोही विरुद्ध गरेको हवाई आक्रमणको छायाँमा ड्रोन आक्रमण परेको छ । साउदी आक्रमणकै कारण यमनको गृहयुद्धमा ५७ हजारभन्दा बढी नागरिक र लडाकूहरुको मृत्यु भइसकेको छ । द्वन्द्वका कारण हजारौंको भोकमरिका कारण अकालमा ज्यान गएको छ ।
तुलनात्मक रुपमा हेर्दा, यमनमा अमेरिकी ड्रोनका कारण भएको मृत्यु सयको हाराहारीमा छ । तर, ड्रोनबाट भएको मृत्युको यथार्थ विवरण खोजी गर्नेक्रम शुरु भएको छ । खोज पत्रकारिता ब्यूरोले सन् २००९ देखि २०१६ को अवधिमा ड्रोन आक्रमणबाट एक हजार २० जनाको मृत्यु भएको जनाएको छ । सन् २०१७ र १८ मा २०५ जनाको मृत्यु भइसकेको छ । अर्को संस्था आम्र्ड कन्फ्लीक्ट लोकेसन एन्ड इभेन्ट डाटा प्रोजेक्टका अनुसार पछिल्ला दुई वर्षको अवधिमा ३३१ जनाको मृत्यु भएको छ ।
यमनमा विभिन्न समूह एकअर्कासँग भिडन्त गरिरहेकाले ड्रोन आक्रमणबाट मारिने व्यक्तिको यथार्थ विवरण सङ्कलनमा कठिनाइ हुने गरेको छ । अल–कायदाले पछिल्लो समय हुथी विद्रोही विरुद्ध सङ्घर्ष गरिरहेको छ । हुथी विरुद्ध अमेरिका समर्थित गठबन्धनले आक्रामक कारबाही जारी राखेको छ ।
यमनका पहाडी इलाकाहरुमा लुकेर बस्ने अल–कायदा समूहका गतिविधिलाई सीमित गर्न अमेरिकी ड्रोन कारबाही केही सफल रहेको मानिन्छ । उनीहरुलाई ठुल्ठूला सभाहरु गर्न तथा मोबाइल फोनको प्रयोग गर्न पनि ड्रोनको उपयोगले सहयोग गरेको छ । अल–कायदाले अन्ततः दक्षिणी यमन छाडेको छ, तर हतियार राख्न र गोप्य सम्झौता बमोजिम युएईबाट रकम लिन पाउँछ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












