नेविसंघमा उमेर हद लगाउने निर्णय भएको छैन : नेता केसी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले नेविसंघमा उमेर हद लगाउने निर्णय नभएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले उक्त कुरा बताएका हुन् ।
पार्टीको विधानअनुसार प्रत्येक भातृ संगठनको विधान उनीहरू आँफैले बनाउने भएकोले नेविसंघमा उमेर हद पार्टीले तोक्ने कुरा आँफैमा विधानभन्दा सर्वथा उल्टो रहेको केसीको भनाई छ । यद्यपी उनले नेविसंघको उमेर हदको विषयमा पार्टीले निर्णय नगरेको जिकिर गरे । उनले भने, ‘यो विषय छलफलको विषय हो । अहिले उमेर हद लगाउने निर्णय भएको छैन ।’
उनले नेविसंघ, तरुण दललगायत भातृ संगठन र पार्टीमा पनि उमेर हद लगाउने हो भने आफू तयार रहेको सुनाए । उनले भने,‘म तयार छु । सरंक्षक बन्न तयार छु । तर, नेताको क्रियाशिलता हेर्नुपर्छ । भीजन हेर्नुपर्छ । सिर्जनात्मक शक्ति हेर्नुपर्छ ।’
केसीले नेविसंघको अधिवेशन गर्नुपर्नेमा जोड दिए । उनले टिके प्रथाबाट मनोनित गर्ने कुराको आफू विरोधी भएको पनि जनाए । उनले भने,‘टिके प्रथाको म हिजोपनि विरोधी थिएँ । आजपनि विरोधी नै हुँ । र, भोलि पनि विरोध गर्छु ।’ नेविसंघमा तदर्थ समिति बनाउने कुरा विकल्प हुनै नसक्ने उनको जिकिर छ । उनले भने,‘यसको एकमात्र विकल्प भनेको अधिवेशन गर्नुपर्छ । नेताको भजन मण्डलेलाई नेविसंको नेतृत्व सुम्पिनुहुँदैन् । नेविसंघलाई अब पंग्गु र व्यक्तिमुखी नबनाऔं ।’
Comments
अरु समाचार
-
इजरायलका राजदूतलाई परराष्ट्रमन्त्रीले भनिन्- विपिनको रिहाइका लागि पहल गरिदिनू
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायलका राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका...
-
सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा
काठमाडौं । कास्की जिल्ला अदालत क्षेत्रमा फेरि निषेधाज्ञा लगाइएको छ । सूर्य दर्शन सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेका...
-
कार्टरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा
काठमाडौं । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा लगिएको छ...
-
राजदूत तुम्बाहाम्फेद्वारा कोरियाली राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र
काठमाडौं । गणतन्त्र कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले त्यहाँ कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी...
-
अञ्जनीकुमार र दीपेन्द्रको चलखेल फेल, अन्ततः चारजना डीआईजीको पदावधि थप
काठमाडौं । ठूलो चलखेललाई किनारा लगाउँदै अन्ततः सरकारले सशस्त्र प्रहरी बलका चार जना डीआईजीको पदावधि एकवर्ष थप गरिदिएको छ ।...
-
चार जना डीआईजीको एक वर्ष पदावधि थपियो
काठमाडौं। सशस्त्र प्रहरी बलका चार जना डीआईजीको पदावधि एक वर्ष थपिएको छ । । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले कमल...
-
सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय लिन मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आकस्मिक...
-
संविधान संशोधन ०८७ मा मात्रै हुने ओलीको खुलासा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय...
-
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आइतबारदेखि सुरु भएको बैठक आज मंगलबार...