काङ्ग्रेस कोषाध्यक्षको राष्ट्रिय भेला धादिङमा हुने
काठमाडौँ । नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेला धादिङको गजुरीमा हुने भएको छ ।
कोषाध्यक्षको राष्ट्रिय समितिको आज बसेको बैठकले आगामी मङ्सिर १४ र १५ गते धादिङको गजुरी गाउँपालिकामा भेला गर्ने निर्णय गरेको हो ।
कोषाध्यक्षको राष्ट्रिय समितिका अध्यक्ष एवं काङ्ग्रेस काठमाडौँका कोषाध्यक्ष गोविन्द पुडासैनीले आगामी मङ्सिर २८ देखि पुस ३ गतेसम्म हुने महासमितिको बैठकमा दिने राय सुझाव र सल्लाहबारे छलफल गर्न गजुरी गाउँपालिकाको घाटबेंसीमा भेला आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
काङ्ग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले पार्टीलाई सशक्त ढङ्गले अगाडि बढाउँदै पार्टीभित्र रहेको गुटउपगुटको अन्त्यका लागि भेला महत्वपूर्ण हुने बताउनुभयो । भेलामा मुलुकभरका काङ्ग्रेस जिल्ला कोषाध्यक्षलाई आमन्त्रणसमेत गरिसकेको उहाँले जानकारी दिनुभयो ।
कोषाध्यक्षको राष्ट्रिय समितिको आयोजनामा हुने उक्त भेलाको नेपाली काङ्ग्रेस धादिङले संयोजकको भूमिका निर्वाह गर्नेछ । भेला आयोजना गर्नेबारे नेपाली काङ्ग्रेस धादिङ जिल्ला समितिको बैठकलेसमेत निर्णय गरिसकेको धादिङ काङ्ग्रेसका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले जानकारी दिनुभयो ।
यसअघि देशभरका कोषाध्यक्षको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौँ र दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा सम्पन्न भइसकेको जनाएको छ । रासस
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












