यमन ठूलो दुर्घटनाको खतरामा राष्ट्रसङ्घ
एडेन । विश्व शान्तिका लागि कार्यरत राष्ट्रसङ्घले यमनमा स्थायी शान्तिका लागि द्वन्द्वरत पक्षसँग आह्वान गरिरहेका समय राष्ट्रसङ्घ मानवीय सहायता प्रमुख मार्क लोककले शनिबार यमनमा ठूलो दुर्घटनाको खतरामा रहेको बताउनुभएको छ । सरकार पक्षधर समूहहरू तथा हुथी विद्रोहीबीच वन्दर्गाह शहर होडैडामा पछिल्ला दिनमा चर्किएको द्वन्द्वका कारण उक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई मानवीय सहयोगको खाँचो परिरहेका समय उहाँको भनाइ आएको हो ।
यमन महत्वपूर्ण दुर्घटनाको खतरामा रहेको छ, लोककले प्रभावित क्षेत्रको भ्रमण गरी फर्किनुभन्दा पहिले सञ्चारकर्मीसँग गरेको कुराकानीमा भन्नुभयो । उहाँले आफुले सन् २०१७को अक्टोबरमा यमनको भ्रमणमा गरेको र उक्त समयभन्दा अहिले यमनको स्थिति ज्यादै फरक रहेको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घले यसअघि पनि यमनमा मानवीय सङ्कट विश्वकै सबैभन्दा खराब अवस्थामा रहेको बताउँदै आएको छ ।
एडेनमा मैले भोकमरीको चपेटामा परेका बालबालिकामा रोग तथा खाद्यान्न अभाबका कारण निकै दुब्ला बालबालिकालाई देखेँ । हजारौँको सङ्ख्यामा रहेका उनीहरूले आफ्ना आँखा खोल्नसमेत नसक्ने अवस्थामा सार्वजनिक स्थलमा लडिरहेका ह्रदयविदारक घटनाहरू देखेँ । यहाँ तत्काल स्थायी शान्तिको स्थापना नगरिने हो भने यो अवस्था थप विकराल बन्ने देखिन्छ, उहाँले भन्नुभयो ।
यमनमा हुथी विद्रोही र सरकारबीचको द्वन्द्वका कारण १० हजारभन्दा बढी नागरिकहरूले ज्यान गुमाएका विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । तर विभिन्न मानव अधिकारवादी समूहले अहिलेसम्म यमनमा कम्तिमा ६० हजार नागरिकको ज्यान गुमेको बताउने गरेका छन् । यमनमा लाखौँ मानिस अन्तरिक तथा वाह्यरूपमा द्वन्द्वका कारण विस्थापित बनेका छन् ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











