ताजा समाचार

कतारले ओपेकको सदस्यता त्याग्ने

दोहा । खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरूको सङ्गठन ‘ओपेक’ को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा केन्द्रित गर्ने घोषणा गरेका हुन् ।

काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भने,“कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको छ ।” उनले कतारले तेल उत्पादनलाई निरन्तरता दिने भएपनि ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने जानकारी दिए । कतार विश्वमै तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातक मुलुक हो ।  “हामीसँग तेलको त्यति ठूलो सम्भावना छैन, हामी यथार्थपरक हुनै पर्दछ ।

हाम्रो क्षमता नै ग्यास हो,” मन्त्री साद अल–काबीले भने । सन् १९६१ मा कतार ओपेकको सदस्य भएको थियो । रासस/ एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org