५२ संवैधानिक नियुक्तिमा सर्वोच्चको ऐतिहासिक फैसला: न्यूज नेपालको पूर्वसूचना सही
काठमाडाैं । सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ संवैधानिक नियुक्ति खारेजीको माग गर्दै दायर भएका रिटहरु खारेज गर्दै नियुक्ति सदर गर्ने फैसला गरेको छ ।
संवैधानिक पदाधिकारीहरूको नियुक्ति सर्वोच्च अदालतको संवैधानिक इजलासबाट सदर हुने गरी फैसला आउने कानूनी पक्ष र बहसमा राखिएका तर्कको विश्लेषण गर्दै न्यूज नेपाल डटकमले दाबी गर्दै आए जसरी गएराति संवैधानिक इजलासले गरेको ऐतिहासिक फैसलाले पूर्णरूपमा पुष्टि गरेको छ।
नियुक्तिको ब्रेकिङ समाचार शीर्षकः BREAKING NEWS:अख्तियारको प्रमुखमा प्रेम कुमार राई,आयुक्तमा किशोर सिलवाल र जयबहादुर चन्द सिफारिस
सर्वोच्च अदालतको संवैधानिक इजलासले सार्वजनिक गरेको फैसलामा संवैधानिक निकायहरू जस्तै अख्तियार, राष्ट्रिय मानव अधिकार आयोग, निर्वाचन आयोग लगायतका चार वर्षअघि नियुक्त ५२ जना पदाधिकारीहरूको नियुक्ति सदर गरेको हो ।
न्युज नेपाल डटकमले संवैधानिक इजलासमा यो मुद्दाको सुनुवाइदेखि फैसला आउँदासम्म निरन्तर अपडेट गरेको थियो ।
संवैधानिक, कानूनी, तथ्यगत एवं इजलासमा भएको वहससमेतलाई आधार मानी हेर्दा रिट खारेज हुने र ५२ जनाको नियुक्ति सदर हुने समाचार एवं विश्लेषणहरू न्यूज नेपाल डकमले पटकपटक प्रकाशित गरेको थियो ।
संवैधानिक इजलासमा रिट निवेदकको बहस सामु महान्यायाधिवक्ताको तर्फको बहस प्रभावकारी रहेको सूचना तथा विश्लेषण पनि न्युज नेपालले मात्रै गरेको थियो । त्यसै गरी निजी कानून व्यवसायीहरूमा पनि रिट निवेदकभन्दा ५२ जना संवैधानिक नियुक्ति पाएकाहरूका कानून व्यवसायीहरूको ओजिलो र औचित्यपूर्ण रहेको तथ्य पनि न्युज नेपालले मात्रै पस्किएको थियो । साँच्चिकै महान्यायाधिवक्ता रमेश बडाल, नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरे र सञ्जीवराज रेग्मी तथा वरिष्ठ अधिवक्ताहरू सुशील पन्तसमेतले दर्बिलो बहस गरेका थिए ।
न्यूज नेपाल अनलाइनले मिति २०७८ मंसिर ३० मा अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई तथा सदस्यहरूमा किशोर सिलवाल र जयबहादुर चन्दको रिफारिस भएको समाचार पनि ब्रेक गरेको थियो ।
संवैधानिक इजलासको यो फैसला नेपालको संवैधानिक इतिहासमा एक महत्त्वपूर्ण माइलस्टोन भएको छ ।
खासगरी अख्तियारको निष्पक्ष, तटस्थ एवं प्रभावकारी सक्रियता बढेसँगै देश लुटनेहरूको निदहराम भएको अवस्था थियो । यो अवस्थामा संवैधानिक अंगमा चार वर्षअघि भएको नियुक्ति बदर गराउन बलियो लबिङ भइरहेको थियो । तर न्यायपालिकाले त्यस्ता लबिङहरूबाट अबिचलित भएर आफ्नै फैसला सुनाएको छ ।
यो फैसलासँगै तत्कालका लागि मुलुकमा संवैधानिक रिक्तता र शून्यताको अवस्था आउने जोखिम टरेको छ । साथै, अख्तियारसहित राज्यका संवैधानिक अंगहरूलाई थप प्रभावकारी बन्न बाटो पनि फराकिलो बनाएको छ ।
संवैधानिक अंगहरूले काम गर्न नसक्दा राज्य पंगु सरह हुनजान्छ । यही तथ्यलाई बुझेर न्युज नेपालले हिजो पनि यो विषयमा निरन्तर खोज, खबरदारी एवं विश्लेषण गर्दै आएको थियो । अबका दिनमा पनि संवैधानिक अंगहरूको प्रभावकारीताको क्षेत्रमा न्युज नेपाल सक्रिय रहने छ ।
सम्बन्धित समाचार शीर्षकः सर्वोच्चद्वारा ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर
५२ संवैधानिक नियुक्तिः आजै निर्णय सुनाउदै सर्वोच्च, ५ न्यायाधीशले अन्य मुद्दा नहेर्ने
५२ संवैधानिक नियुक्तिः निर्देशनात्मक आदेशसहित रिट खारेजीको सम्भावना बलियो !
५२ भाइको रिटमा बहस: नियुक्ति कानूनसम्मत भएको नायव महान्यायाधिवक्ता डा. घिमिरेद्वारा बलियो आधार प्रस्तुत
चर्चित ५२ भाइको मुद्दा: रमनको जिकिरमाथि रमेशको दर्बिलो प्रहार
५२ संवैधानिक पदाधिकारी नियुक्तिको पक्षमा कसिलो संवैधानिक एवं कानूनी आधार प्रस्तुत
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...












