५२ संवैधानिक नियुक्तिः निर्देशनात्मक आदेशसहित रिट खारेजीको सम्भावना बलियो !
काठमाडाैं । ५२ संवैधानिक नियुक्तिमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने मिति तय गरिएको छ । बहुचर्चित ५२ संवैधानिक नियुक्तिको निर्णय कस्तो आउला ? यो आम चासोको विषयमा भएपनि यसबारे विभिन्न अड्कलबाजीहरु भइरहेका छन् ।
सर्वोच्चले संवैधानिक नियुक्तिविरुद्धको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गर्न सक्ने सम्भावना बलियो रहेको बताइन्छ ।
सर्वोच्च अदालतले आजका लगि तोकेको निर्णय सुनाउने दिनलाई विशेष ढंगले हेरिएको छ । मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीले प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटारमा दिनभर छलफल गरेको स्रोतको दाबी छ ।
न्यायाधीशहरुले संवैधानिक नियुक्तिविरुद्धको सुनुवाईको गृहकार्यका लागि तीब्र तयारी गरेको र यो मुद्दाको सुनुवाईलाई एकमत बनाउनका लागि लामो गृहकार्य गरेको स्रोतको दाबी छ । आज आउने फैसला कस्तो होला? भन्ने चासो चलिरहेको बेला केहि सम्भावित फैसला यस्ता हुनेमा कानूनका जानकारहरुले बताउने गरेका छन् ।
संवैधानिक नियुक्ति खारेज गर्दा राज्य संयन्त्रमा ठूलो संकट आउने र संवैधानिक पदहरु समेत ठूलो मात्रामा एकैपटक खाली हुने भएकाले सर्वोच्चले ५२ नियुक्तिलाई सदर गर्दै अबका नियुक्तिमा भने निर्देशनात्मक आदेश दिने सम्भावना रहेको बताइन्छ ।
संवैधानिक इजलाससामू केहि विकल्प छन, जुन आधार टेकेरै फैसला आउने सम्भावना बलियो देखिन्छ ।
१. रिट खारेज गर्दै नियुक्तिलाई पूर्ण सदर गर्ने ।
२. रिट जारी गर्दै सबै नियुक्ति बदर गर्ने ।
३. संसदीय सुनुवाइ प्रक्रिया गराउन निर्देशन दिँदै नियुक्ति कायमै राख्ने ।
४. भविष्यका लागि स्पष्ट कानुनी निर्देश दिँदै नियुक्तिलाई सदर गर्ने । रिट खारेज गर्ने ।
यी आधारमा तेश्रो र चाैथो विकल्पमा संवैधानिक इजलास पुग्ने धेरैको अनुमान छ ।
यो पनिः ५२ भाइको रिटमा बहस: नियुक्ति कानूनसम्मत भएको नायव महान्यायाधिवक्ता डा. घिमिरेद्वारा बलियो आधार प्रस्तुत
यो मुद्दाको बहसमा समेत सरकारी पक्षले दह्रो बहस गरेको थियो भने बहसकर्ताहरुले संवैधानिक पद रिक्तताको कल्पना नगरिएकाले तत्कालीन राजनीतिक परिस्थितिका कारण नियुक्ति प्रक्रिया अघि बढाउनैपर्ने अवस्थाका कारण नियुक्ति गरिएको दाबी गरेका थिए ।
संविधानले नै संवैधानिक रिक्तताको कल्पना नगरेकाले पनि यसका विभिन्न आयामबारे सर्वोच्चले ब्याख्या गर्ने ठानिएको छ । रिट जारी गर्दा ठूलो संवैधानिक रिक्तता सिर्जना हुनेछ । तत्काल अन्य नियुक्तिको सम्भावना पनि देखिन्न । यस्तोमा विभिन्न आयोगमा रिक्तता हुने र सरकारी काम कारबाहीमै ठूलो प्रभाव पर्ने भएकाले सर्वोच्चले रिट खारेज गर्दै अब हुने नियुक्तिका लागि निर्देशनात्मक आदेश दिनसक्ने सम्भावना धेरै छ ।
सम्बन्धित समाचारः चर्चित ५२ भाइको मुद्दा: रमनको जिकिरमाथि रमेशको दर्बिलो प्रहार
‘सर्वोच्चले पनि राज्य सञ्चालनलाई प्राथमिकता दिनुपर्ने हुन्छ । राज्य सञ्चालनमै समस्या सिर्जना हुने गरि आदेश दिने कुरा अस्वभाविक पनि हुने भएकाले स्वभाविक रुपले नै निर्देशनात्मक आदेश दिदै राज्यलाई ‘भ्याकुम’ नहुने गरि फैसला आउला ।’ एक कानूनका जानकारले न्यूज नेपालसंग भने ।
सर्वोच्च अदालतका पछिल्ला फैसलाहरूले सरकारलाई राज्य प्रशासन चलाउन बाधा नपुग्ने खालका देखिएकोले राज्यमै ‘भ्याकुम’ हुने गरी फैसला नआउने अनुमान धेरैको रहेको छ । यो रिटको सुनुवाइ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा भएको हो । सर्वोच्चले गत ३० माघमा रिटको सुनुवाइ थालेको थियो । रिटको सुनुवाइ जेठ १ गते सकिएको थियो ।
२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा संवैधानिक परिषद्ले अध्यादेशबाट संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धी ऐन संशोधन गरेर दुईपटकमा ५२ जना पदाधिकारीहरूको नाम सिफारिस गर्दै नियुक्ति प्रक्रिया अघि बढाएको थियो। तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाको अनुपस्थितिमा भएको उक्त निर्णयपछि संसद विघटनका कारण संसदीय सुनुवाइ हुन सकेको थिएन ।
यो पनिः ५२ संवैधानिक पदाधिकारी नियुक्तिको पक्षमा कसिलो संवैधानिक एवं कानूनी आधार प्रस्तुत
यो रिटको सुनुवाइ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा भएको हो । सर्वोच्चले गत ३० माघमा रिटको सुनुवाइ थालेको थियो । रिटको सुनुवाइ जेठ १ गते सकिएको थियो ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











