५२ संवैधानिक नियुक्तिः निर्देशनात्मक आदेशसहित रिट खारेजीको सम्भावना बलियो !
काठमाडाैं । ५२ संवैधानिक नियुक्तिमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने मिति तय गरिएको छ । बहुचर्चित ५२ संवैधानिक नियुक्तिको निर्णय कस्तो आउला ? यो आम चासोको विषयमा भएपनि यसबारे विभिन्न अड्कलबाजीहरु भइरहेका छन् ।
सर्वोच्चले संवैधानिक नियुक्तिविरुद्धको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गर्न सक्ने सम्भावना बलियो रहेको बताइन्छ ।
सर्वोच्च अदालतले आजका लगि तोकेको निर्णय सुनाउने दिनलाई विशेष ढंगले हेरिएको छ । मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीले प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटारमा दिनभर छलफल गरेको स्रोतको दाबी छ ।
न्यायाधीशहरुले संवैधानिक नियुक्तिविरुद्धको सुनुवाईको गृहकार्यका लागि तीब्र तयारी गरेको र यो मुद्दाको सुनुवाईलाई एकमत बनाउनका लागि लामो गृहकार्य गरेको स्रोतको दाबी छ । आज आउने फैसला कस्तो होला? भन्ने चासो चलिरहेको बेला केहि सम्भावित फैसला यस्ता हुनेमा कानूनका जानकारहरुले बताउने गरेका छन् ।
संवैधानिक नियुक्ति खारेज गर्दा राज्य संयन्त्रमा ठूलो संकट आउने र संवैधानिक पदहरु समेत ठूलो मात्रामा एकैपटक खाली हुने भएकाले सर्वोच्चले ५२ नियुक्तिलाई सदर गर्दै अबका नियुक्तिमा भने निर्देशनात्मक आदेश दिने सम्भावना रहेको बताइन्छ ।
संवैधानिक इजलाससामू केहि विकल्प छन, जुन आधार टेकेरै फैसला आउने सम्भावना बलियो देखिन्छ ।
१. रिट खारेज गर्दै नियुक्तिलाई पूर्ण सदर गर्ने ।
२. रिट जारी गर्दै सबै नियुक्ति बदर गर्ने ।
३. संसदीय सुनुवाइ प्रक्रिया गराउन निर्देशन दिँदै नियुक्ति कायमै राख्ने ।
४. भविष्यका लागि स्पष्ट कानुनी निर्देश दिँदै नियुक्तिलाई सदर गर्ने । रिट खारेज गर्ने ।
यी आधारमा तेश्रो र चाैथो विकल्पमा संवैधानिक इजलास पुग्ने धेरैको अनुमान छ ।
यो पनिः ५२ भाइको रिटमा बहस: नियुक्ति कानूनसम्मत भएको नायव महान्यायाधिवक्ता डा. घिमिरेद्वारा बलियो आधार प्रस्तुत
यो मुद्दाको बहसमा समेत सरकारी पक्षले दह्रो बहस गरेको थियो भने बहसकर्ताहरुले संवैधानिक पद रिक्तताको कल्पना नगरिएकाले तत्कालीन राजनीतिक परिस्थितिका कारण नियुक्ति प्रक्रिया अघि बढाउनैपर्ने अवस्थाका कारण नियुक्ति गरिएको दाबी गरेका थिए ।
संविधानले नै संवैधानिक रिक्तताको कल्पना नगरेकाले पनि यसका विभिन्न आयामबारे सर्वोच्चले ब्याख्या गर्ने ठानिएको छ । रिट जारी गर्दा ठूलो संवैधानिक रिक्तता सिर्जना हुनेछ । तत्काल अन्य नियुक्तिको सम्भावना पनि देखिन्न । यस्तोमा विभिन्न आयोगमा रिक्तता हुने र सरकारी काम कारबाहीमै ठूलो प्रभाव पर्ने भएकाले सर्वोच्चले रिट खारेज गर्दै अब हुने नियुक्तिका लागि निर्देशनात्मक आदेश दिनसक्ने सम्भावना धेरै छ ।
सम्बन्धित समाचारः चर्चित ५२ भाइको मुद्दा: रमनको जिकिरमाथि रमेशको दर्बिलो प्रहार
‘सर्वोच्चले पनि राज्य सञ्चालनलाई प्राथमिकता दिनुपर्ने हुन्छ । राज्य सञ्चालनमै समस्या सिर्जना हुने गरि आदेश दिने कुरा अस्वभाविक पनि हुने भएकाले स्वभाविक रुपले नै निर्देशनात्मक आदेश दिदै राज्यलाई ‘भ्याकुम’ नहुने गरि फैसला आउला ।’ एक कानूनका जानकारले न्यूज नेपालसंग भने ।
सर्वोच्च अदालतका पछिल्ला फैसलाहरूले सरकारलाई राज्य प्रशासन चलाउन बाधा नपुग्ने खालका देखिएकोले राज्यमै ‘भ्याकुम’ हुने गरी फैसला नआउने अनुमान धेरैको रहेको छ । यो रिटको सुनुवाइ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा भएको हो । सर्वोच्चले गत ३० माघमा रिटको सुनुवाइ थालेको थियो । रिटको सुनुवाइ जेठ १ गते सकिएको थियो ।
२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा संवैधानिक परिषद्ले अध्यादेशबाट संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धी ऐन संशोधन गरेर दुईपटकमा ५२ जना पदाधिकारीहरूको नाम सिफारिस गर्दै नियुक्ति प्रक्रिया अघि बढाएको थियो। तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाको अनुपस्थितिमा भएको उक्त निर्णयपछि संसद विघटनका कारण संसदीय सुनुवाइ हुन सकेको थिएन ।
यो पनिः ५२ संवैधानिक पदाधिकारी नियुक्तिको पक्षमा कसिलो संवैधानिक एवं कानूनी आधार प्रस्तुत
यो रिटको सुनुवाइ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा भएको हो । सर्वोच्चले गत ३० माघमा रिटको सुनुवाइ थालेको थियो । रिटको सुनुवाइ जेठ १ गते सकिएको थियो ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












