ताजा समाचार

सुआरेजले गोल गरेर मेसीलाई उछिने

नोउ क्याम्प,२८ पुस ।  लुइस सुआरेजले बार्सिलोनाका लागि सय गोल गर्ने कीर्तिमान पुरा गरेका छन्। उनले कोपा डेल रेअन्तर्गत एथलेटिक बिलबाओविरूद्धको खेलमा ३५ मिनेटमा गोल गर्दै बार्सिलोनाबाट सय गोल गर्ने कीर्तिमान बनाए । बुधबार राति बिलबाओलाई ३–१ ले पराजित गर्ने क्रममा बार्सिलोना ४–३ गोलको अग्रता बनाउदै कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गर्यो। पहिलो लेगको खेलमा बिलबाओ २–१ ले विजयी भएको थियो।

इङ्लिस क्लब लिभरपुलबाट बार्सिलोनामा अनुबन्धित भएका सुआरेजले १ सय २० खेलमा सय गोल पुरा गरेका हुन्। सय गोल पुरा गर्ने क्रममा उरुग्वेका स्ट्राइकरले लिओनल मेसीलाई पनि उछिनेका छन्। मेसीले १ सय ८८ खेल खेल्दै बार्सिलोनाका लागि सय गोल पुरा गरेका थिए।

सुआरेज बार्सिलोनाबाट छिटो सय गोल पुरा गर्ने तेस्रो खेलाडी बन्न पुगेका छन्। यसअघि मारियानो मार्टिनले ९९ खेलमा सय गोल पुरा गरेका थिए। यस्तै, हंगेरीका लाज्लो कुबालाले १ सय ३ खेलमा सय गोल पुरा गर्ने कीर्तिमान बनाएका थिए।एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org