ताजा समाचार

लेवानडोस्कीको ह्याट्रिकको मद्दतले पोल्याण्डको प्रभावशाली जित

काठमाडौं, २८ जेठ । विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा पोल्याण्ड विजयी भएको छ । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतमा पोल्याण्डले रोमानियालाई ३–१ ले हराउँदै विजयी भएको हो । पोल्याण्डका लागि लेवानडोस्कीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरे ।

२९ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै लेवानडोस्कीले पोल्याण्डलाई अग्रता दिलाए । ५७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले अग्रता दोब्बर पारे । ६२ औं मिनेटमा पाएको अर्को पेनाल्टीमा गोल गर्दै लेवानडोस्कीले ह्याट्रिक पूरा गरे ।

७७ औं मिनेटमा रोमानियाका स्टान्कुले एक गोल फर्काएपछि पोल्याण्ड ३–१ ले विजयी भयो । जितपछि ६ खेलबाट १६ अंक जोडेको पोल्याण्ड समूहको शीर्ष स्थानमा छ ।

राति नै भएको खेलमा अर्मेनियालाई ४–१ हराएको मन्टेनेग्रो १० अंकसहित दोस्रो स्थानमा छ । मन्टेनेग्रोको जितमा जोभेटिकले ह्याट्रिक गरे भने बेक्युराजले एक गोल गरे । अर्को खेलमा डेनमार्कले काजखस्तानलाई ३–१ ले हरायो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org