ताजा समाचार

नेपाल भलिबल संघका अध्यक्ष र महासचिव नेदरल्यान्ड टुर अवलोकन भ्रमणमा

काठमाडौं, ३० जेठ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्द नेदरल्यान्ड प्रस्थान गरेका छन् । नेदरल्यान्ड भलिबल संघको निमन्त्रणामा अध्यक्ष शर्मा र महासचिव चन्द मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बुधबारदेखि नेदरल्यान्डमा सुरु हुने विश्व लिग भलिबल र विश्व बिच भलिबल टुरको अवलोकनका लागि शर्मा र चन्द त्यसतर्फ प्रस्थान गरेका हुन् । विश्व लिग भलिबल र बिच भलिबल टुर जुन १८ सम्म सञ्चालन हुनेछ । नेदरल्यान्ड बसाइँका क्रममा डच प्रशिक्षक म्याट भान विजलसँग सम्झौता हुने महासचिव चन्दले जानकारी दिए ।

नेपाल भलिबल संघको विशेष अनुरोधमा विश्व भलिबलको सर्वोच्च संस्था एफआइभीबीले आफ्ना इन्स्ट्रक्टर म्याट भान विजललाई नेपाल पठाउन लागेको हो । ६ दिने नेदरल्यान्ड बसाइँका क्रममा अध्यक्ष शर्मा र महासचिव चन्दले नेदरल्यान्डको भलिबल एकेडमी, जिम र अन्य भौतिक पूर्वाधारको पनि अवलोकन गर्ने कार्यक्रम रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org