रङ्गशाला निर्माणका लागि महापुराण
फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका वडा नं २ एकतीनमा रङ्गशाला निर्माणका लागि श्रीमद् भागवत सप्ताह महापुराण आयोजना गरिएको छ ।
फालेलुङ–२ एकतीनमा निर्माण थालिएको फालेलुङ रङ्गशालाको ऋण चुक्ता गर्न तथा निर्माण सम्पन्नताका लागि सहयोग सङ्कलन गर्ने उद्देश्यका साथ बिहीबारदेखि महापुराण आयोजना गरिएको हो ।
जिल्लाकै नमूना रङ्गशालाका रुपमा विकास गर्ने उद्देश्यका साथ निर्माण थालिएको उक्त रङ्गशालाका लागि २० रोपनी जग्गा खरीद भइसकेको छ । उक्त जग्गा खरीदवापतको रकम भुक्तानी गर्ने, रङ्गशाला निर्माणको कार्यलाई अघि बढाउने, शिवगङ्गा, आगेजुङ, महादेवस्थान, जोरपोखरीलगायत पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यका साथ महापुराण आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिनुभयो ।
महापुराणको पूर्वमन्त्री एवं सांसद गगनकुमार थापाले शुभारम्भ गर्नुभयो । सो अवसरमा सांसद थापाले धार्मिक कार्यमार्फत खेलकूद क्षेत्रको विकासमा लगानी गर्ने प्रयत्न गरिनु प्रशंसनीय रहेको बताउनुभयो ।
उहाँले धार्मिक सहिष्णुता अभिवृद्धि, खेलकूद र पर्यटन प्रवद्र्धनमा महापुराण सफल हुने विश्वास व्यक्त गर्नुभयो । महापुराणमा पण्डित होमनाथ ढुङ्गेल प्रमुख कथावाचक रहनुभएको छ ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












